नवौँ, दशौँ र एघारौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३/०६/०३ गते)
श्री आदरणीय शेयरधनी महानुभावहरू,
यस कम्पनीको मिति २०८३/०६/०२ गते शुक्रवार दिउँसो ३:३० बजे बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार आ.व. २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ अर्थात् नवौँ, दशौँ र एघारौँ वार्षिक साधारण सभा तथा सञ्चालकको निर्वाचन निम्न मिति, स्थान र समयमा गर्ने भएको हुँदा उक्त वार्षिक साधारण सभामा भाग लिन, प्रस्तावित निम्न लिखित विषयमा छलफल र मतदान गर्नको लागि शेयरधनी स्वयं उपस्थित हुन वा प्रतिनिधि मुकरर गरी पठाइदिनुहुन सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारीको लागि कम्पनी ऐन, २०६३ को दफा ६७ (२) बमोजिम यो सूचना प्रकाशित गरिएको छ।
सभा हुने मिति, स्थान र समय :
मिति : २०८३/०६/२७ गते मंगलबार (तदनुसार अक्टोबर १३, २०२६)
स्थान : स्मार्ट दरबार प्रा.लि., शंखपार्क काठमाण्डौँ।
समय : विहान १०:०० बजे।
छलफलका लागि प्रस्तावित विषय:
(क) सामान्य प्रस्तावहरू:
(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व. २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने सम्बन्धमा।
(२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरि पारित गर्ने सम्बन्धमा।
(३) आ.व. २०८१/०८२ र २०८२/०८३ लेखापरीक्षकको नियुक्ति र सोको पारिश्रमिक अनुमोदन गर्ने सम्बन्धमा।
(४) आ.व. २०८३/०८४ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा।
(५) सञ्चालक समिति गठन गर्ने सम्बन्धमा।
(ख) विशेष प्रस्तावहरू:
(१) कम्पनीको ठेगाना परिवर्तन गर्ने सम्बन्धमा।
(२) कम्पनीको पूँजी संरचना परिवर्तन गर्ने सम्बन्धमा।
(३) हकप्रद शेयर खरिद गर्ने सम्बन्धी हक हस्तान्तरण गर्ने सम्बन्धमा।
(४) कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा।
(५) एक शेयर बराबर एकको अनुपातमा हकप्रद शेयर जारी गर्ने सम्बन्धमा।
(६) प्रस्तावित संसोधन सम्बन्धमा नियमनकारी निकायहरूबाट कुनै फेरबदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोको कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा।
(ग) विविध।
(घ) एक महिला सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने सम्बन्धमा।
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव
साधारण सभा सम्बन्धी अन्य जानकारी :
१) सभामा उपस्थित हुने शेयरधनी महानुभावहरूले आ-आफ्नो D-MAT खाताको विवरण वा शेयरधनी प्रमाण पत्रको प्रतिलिपिको साथमा स्पष्ट परिचय खुल्ने परिचयपत्र अनिवार्य रुपमा लिई आउनुहुन अनुरोध गरिन्छ। शेयरधनी बाहेकको व्यक्ति वा समूहलाई सभा हलमा प्रवेश गर्न दिइने छैन।
२) कम्पनीको शेयर दाखिल खारेज गर्ने कार्य (Book Close) मिति २०८३/०६/१५ गते विहीवार एक दिन बन्द रहने छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८३/०६/१४ गतेसम्म कारोबार भई प्रचलित कानून बमोजिम यस कम्पनीको शेयर रजिष्ट्रार श्री हिमालयन क्यापिटल लि. एचबिएल कर्पोरेट विल्डिङ्ग, कमलादी, काठमाडौंबाट प्राप्त शेयर दाखिल खारेजको आधारमा शेयरधनी दर्ता किताबमा कायम रहेका शेयरधनीहरूले मात्र यस सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्नेछन्।



