NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Today Is the Final Day to Apply for Darma Khola Hydropower Limited’s IPO
    दरमखोला हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    Investor
    1 min read
    Published on August 4, 2025
    NEPSE TRADING

    दरमखोला हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिनToday Is the Final Day to Apply for Darma Khola Hydropower Limited’s IPO

    दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिन आज साउन १९ गते आइतबार अन्तिम दिन रहेको छ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक चरणमा आईपीओ निष्काशन गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि २४ लाख २३ हजार १८५ कित्ता साधारण शेयर निष्काशन गरेको हो।

    यो शेयर कम्पनीको १ अर्ब ३ करोड ५ लाख रुपैयाँको जारी पूँजीको ३८.३३ प्रतिशत हो। यसमध्ये १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीयहरूका लागि र २ लाख ९१ हजार ९५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकिएको छ। त्यस्तै, कम्पनीका कर्मचारीहरूका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर छुट्याई बाँडफाँट गरिसकिएको छ।

    सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

    आईपीओ निष्काशनको लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई “IRN BB-” रेटिङ प्रदान गरेको छ, जसले औसत जोखिम रहेको संकेत गर्दछ।

    कम्पनीले निर्माण गरिरहेको ९.६ मेगावाट क्षमताको दरम खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ छ। आयोजनाको विद्युत अनुमतिपत्रमा अझै २८ वर्ष बाँकी रहेको छ भने लगानी फिर्ता हुने अवधि ९.८३ वर्ष र डिस्काउन्टेड पेब्याक अवधि १७.९० वर्ष रहेको छ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाबाट आवेदन दिन सक्नेछन्।

    Today, Shrawan 19, is the last day to apply for the ordinary shares (IPO) issued by Darma Khola Hydropower Limited, which opened for public subscription on Shrawan 15.

    After issuing IPOs to locals of the project-affected area and Nepali citizens working abroad, the company has now opened 2,423,185 ordinary shares for general public investors. This represents 38.33% of the company's issued capital of Rs. 1.03 billion.

    Of the total approved shares, 1,030,500 shares were already issued to locals, and 291,950 shares were issued to migrant workers. Similarly, 58,390 shares were allotted to the company’s employees and 145,975 shares to mutual funds.

    Public investors can apply for a minimum of 10 shares and a maximum of 50,000 shares.

    For this IPO, ICRA Nepal has assigned the rating “IRN BB-,” indicating a moderate level of risk regarding the company’s ability to fulfill its obligations.

    The company is developing a 9.6 MW Darma Khola Hydropower Project with an estimated total cost of Rs. 2.38 billion. The per-megawatt cost is estimated at Rs. 247.9 million. The project’s electricity generation license is valid for another 28 years. The simple payback period is estimated at 9.83 years, and the discounted payback period is 17.90 years.

    Laxmi Sunrise Capital Limited is the issue and sales manager for this IPO. Interested investors can apply through all C-ASBA member banks and financial institutions approved by the Securities Board of Nepal (SEBON) and their designated branches.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026