काठमाडौँ — सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज (मंसिर ९ गते, बुधबार) अन्तिम अवसर रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि दुवै कम्पनीले भोलि मंसिर १० गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र लाभांश र सभामा सहभागिताको हक पाउनेछन्।
सोनापुर मिनरल्स एण्ड आयलले मंसिर २३ गते बुधबार दाङको घोराहीस्थित होटल माला इनमा बिहान १० बजे १९ औँ वार्षिक साधारण सभा डाकेको छ। सभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत गरी कुल ५.२६३ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। साथै, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण अनुमोदन र लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्तावसमेत पारित गरिनेछ।
यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि मंसिर २३ गते नै काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे ४० औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। उक्त सभाले सेयरधनीलाई कर सहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका अतिरिक्त स्ट्याण्डर्ड चार्टर्डको सभाले लेखापरीक्षक नियुक्तिसँगै सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डासमेत टुंगो लगाउनेछ।
Kathmandu — Today (Wednesday, Mangsir 9) marks the final opportunity to secure the proposed dividends from Sonapur Minerals and Oil Limited and Standard Chartered Bank. As both companies are closing their shareholder books tomorrow, Mangsir 10, for their upcoming Annual General Meetings (AGMs) and dividend distribution, only shareholders who trade and hold shares on the Nepal Stock Exchange (NEPSE) up to today will be eligible to receive the dividends and attend the assemblies.
Sonapur Minerals and Oil Limited has called its 19th AGM for Wednesday, Mangsir 23, starting at 10:00 AM at Hotel Mala Inn in Ghorahi, Dang. The assembly will endorse a proposal to distribute a total cash dividend of 5.263 percent on the current paid-up capital, comprising a 5 percent cash dividend and 0.263 percent for tax purposes. Additionally, the meeting will approve loans taken from banks and financial institutions and appoint an auditor.
Similarly, Standard Chartered Bank has convened its 40th AGM on the same day, Mangsir 23, at 9:00 AM at the Army Officers' Club in Bhadrakali, Kathmandu. The meeting will approve a proposal to distribute a 16 percent cash dividend (inclusive of tax) to its shareholders.
Beyond the dividend endorsement and auditor appointment, Standard Chartered Bank's assembly will also finalize the election of one director to represent public shareholders on the bank's Board of Directors.