तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन आज साउन ११ गते अन्तिम दिन रहेको छ। यसअघि साउन ४ गतेसम्म आवेदन दिने समय तोकिएको थियो, तर तोकिएको समयसम्म पर्याप्त आवेदन नपरेपछि म्याद थप गर्दै आजसम्मको लागि समय प्रदान गरिएको हो।
कम्पनीले हाल कायम ४० करोड रुपियाँ चुक्ता पुँजीको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
सीडीएससीका अनुसार शनिबार साँझसम्म २६ हजार ४८३ जना आवेदकबाट जम्मा २२ लाख ५५ हजार १८३ कित्ताका लागि आवेदन परिसकेको छ।
हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गरेको थियो, जसअनुसार जेठ ४ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन्।
यस हकप्रद निष्कासनबाट कम्पनीले ४० करोड रुपियाँ संकलन गर्ने लक्ष्य लिएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ।





