·

आज लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Author

NEPSE TRADING

आज लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज मंसिर २९ गते, सोमबार, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शन को आगामी वार्षिक साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। यी दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पुस १ गते बुक क्लोज गर्दैछन्। लक्ष्मी सनराइज बैंकले पुस १४ गते काठमाडौँमा २५औँ वार्षिक साधारण सभा आयोजना गरी १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ। त्यसैगरी, कालिञ्चोक दर्शनले पुस १५ गते काठमाडौँमा ११औँ वार्षिक साधारण सभा आयोजना गरी ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ, साथै बोनसपछि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

Related News