बिहीबार, जेठ २९ गते, नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन हो। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि भोली, जेठ ३० गते बुक क्लोज गर्न लागेको हो।
आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले हालको चुक्ता पूँजीको आधारमा प्रति १० कित्ता साधारण शेयरको सट्टामा ४ कित्ता नयाँ शेयर जारी गर्दैछ, जुन ४० प्रतिशत हकप्रद शेयर हो।
नेपाल इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ।





