
हिमालयन पावर पार्टनर लिमिटेडको ५०% हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिनToday Marks Final Day to Apply for 50% Rights Shares of Himalayan Power Partner Limited
हिमालयन पावर पार्टनर लिमिटेड (HPPL) ले निष्काशन गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज जेठ ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर ०.५ कित्ता अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो, जसको कुल मूल्य ५३ करोड २७ लाख रुपैयाँभन्दा बढी रहेको छ। कम्पनीले हकप्रद प्रयोजनका लागि चैत १० गते बुकक्लोज गरेकाले चैत ९ गतेसम्म नेप्सेमा शेयर कायम रहेका लगानीकर्ताले आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गर्दै वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गरेको छ। हकप्रद बिक्री प्रबन्धक Global IME Capital Limited रहेको छ भने आवेदन ग्लोबल आइएमई बैंकका विभिन्न शाखा, सि–आस्बा सदस्य बैंक तथा ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइनबाट पनि दिन सकिनेछ। हाल १ अर्ब ६ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको चुक्ता पूँजी हकप्रद बाँडफाँटपछि १ अर्ब ५९ करोड रुपैयाँभन्दा माथि पुग्नेछ । हकप्रदबाट संकलित रकम सहवित्तीयकरण ऋण भुक्तानीमा प्रयोग गरिने कम्पनीले जनाएको छ ।
Himalayan Power Partner Limited (HPPL) has announced that today, Jestha 6, is the final day for investors to apply for its 50 percent rights shares. The company is issuing rights shares in the ratio of 0.5 new shares for every 1 existing share held, offering 5.327 million units at a face value of Rs. 100 each, worth more than Rs. 532.7 million in total. The company had closed its book on Chaitra 10 for the rights issue purpose, making shareholders who held shares until Chaitra 9 eligible to apply. CARE Ratings Nepal has assigned the company a ‘CARE-NP Double B Minus’ issuer rating, indicating a moderate risk in meeting financial obligations on time. The issue and sales manager is Global IME Capital Limited, and applications can be submitted through designated bank branches, C-ASBA member banks and financial institutions, as well as online via the ‘Mero Share’ platform. The company’s current paid-up capital of over Rs. 1.06 billion will increase to around Rs. 1.59 billion after the allotment of the rights shares. According to the company, the proceeds raised from the issue will be utilized to repay consortium loans taken from several banks and financial institutions.




