काठमाडौँ — नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५७ पैसा कायम भएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४४ पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६८ पैसा तोकिएको छ।
केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०० रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११६ रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३४ पैसा र बिक्रीदर २२ रुपैयाँ ४३ पैसा र साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २० पैसा र बिक्रीदर ११ रुपैयाँ २५ पैसा रहेको छ।
खाडी मुलुकतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०३ पैसा तथा युएई दिराम एकको खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा कायम छ। यस्तै, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३७ पैसा, कुवेती दिनार एकको खरिददर ४८२ रुपैयाँ १० पैसा र बिक्रीदर ४८४ रुपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३९४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ४७ पैसा तथा ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ४९ पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत् छ। आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन हुन सक्ने र वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।


