ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड आज सम्पन्न भएको छ। उक्त बाँडफाँड काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान सम्पन्न गरिएको हो।
कम्पनीले जेठ १४ गतेदेखि २० गतेसम्म कुल ३२ लाख ९६ हजार ५ सय ५.१९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। आईपीओमा अत्यधिक आवेदन परेपछि गोलाप्रथामार्फत सेयर बाँडफाँड गरिएको हो।
बाँडफाँडको नतिजा निम्न माध्यमबाट हेर्न सकिन्छः
सनराइज क्यापिटलको वेबसाइट: https://lscapital.com.np/ipo
मेरोसेयर पोर्टल (CDSC): http://meroshare.cdsc.com.np/#/login
आईपीओ नतिजा हेर्ने CDSC को आधिकारिक साइट: http://iporesult.cdsc.com.np
बाँडफाँडमा पर्न सफल आवेदकहरुले सम्बन्धित माध्यममार्फत आफ्नो आवेदन विवरण हेरी नतिजा थाहा पाउन सक्नेछन्।





