NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Trade Tower Limited’s IPO Plan: Raising Public Funds to Pay Bank Debt and Repair Infrastru...
    ट्रेड टावर लिमिटेडले सर्वसाधारणबाट उठाउने पैसाले बैंकको ऋण तिर्ने र छानो मर्मत गर्ने
    Investor
    2 min read
    Published on May 19, 2025
    NEPSE trading

    ट्रेड टावर लिमिटेडले सर्वसाधारणबाट उठाउने पैसाले बैंकको ऋण तिर्ने र छानो मर्मत गर्नेTrade Tower Limited’s IPO Plan: Raising Public Funds to Pay Bank Debt and Repair Infrastructure

    राजधानीको व्यावसायिक भवन सञ्चालक कम्पनी ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि करिब ३३ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई झण्डै ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गरिसकेको छ। अब भने बाँकी ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

    कम्पनीले जारी गरेको विवरणअनुसार, आईपीओबाट संकलित रकममध्ये ७५ प्रतिशत अर्थात् ३० करोड रुपैयाँ लक्ष्मी सनराइज बैंकबाट लिएको कर्जा र ब्याज भुक्तानीमा खर्च गर्नेछ। त्यसपछि बाँकी रकममध्ये ९ करोड रुपैयाँ होटल क्रिस्टल पशुपति विस्तारमा, र ७१ लाख रुपैयाँ थापाथलीस्थित भवनको डोम र छानो मर्मतमा खर्च गर्ने बताइएको छ।

    ट्रेड टावर लिमिटेडले काठमाडौंको थापाथली र गौशालामा व्यापारिक भवन निर्माण गरी भाडामा दिँदै आएको छ। कम्पनीले भनेका अनुसार, भवन निर्माणमा लिएको बैंक ऋण तिर्नकै लागि आईपीओ निष्कासन गरिएको हो।

    कम्पनीको आर्थिक विवरण हेर्दा पछिल्ला वर्षमा नाफा भने बढ्दो क्रममा देखिन्छ। २०७८/७९ मा कम्पनीले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा २०८१/८२ को पुस मसान्तसम्ममा सो रकम बढेर ५ करोड ६० लाख रुपैयाँ पुगेको छ। तथापि, प्रति शेयर नेटवर्थ भने क्रमशः घट्दो क्रममा देखिएको छ। २०७८/७९ मा प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँभन्दा बढी रहेकामा २०८३/८४ मा घटेर ८८ रुपैयाँ ५६ पैसा मा सीमित हुने प्रक्षेपण गरिएको छ।

    आईपीओमा ICRA नेपालले दिएको BB- रेटिङले कम्पनीको दायित्व बहन क्षमतामा 'औसत जोखिम' रहेको देखाउँछ। यसले कम्पनीलाई मध्यम स्तरको जोखिमयुक्त लगानीको रूपमा परिभाषित गर्छ।

    ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। जेठ १९ गतेसम्म आवेदन खुला रहनेछ भने सो अवधिमा पूर्ण बिक्री नभएमा जेठ २८ गतेसम्म म्याद थप हुनेछ। आईपीओको बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।


    ट्रेड टावरको आईपीओ नयाँ योजना वा प्रवर्द्धनका लागि नभई, अघिल्लो ऋण र संरचना मर्मतका लागि हो। यसले कम्पनीको अल्पकालीन वित्तीय व्यवस्थापनमा राहत त दिन सक्छ, तर लगानीकर्ताका लागि दीर्घकालीन लाभको सुनिश्चितता भने छैन। नाफा र प्रतिशेयर आम्दानी (EPS) मा वृद्धि देखिए पनि नेटवर्थमा आएको गिरावटले लगानीकर्तालाई सतर्क गराउँछ।

    नोट : पछिल्लो समय झट्टै खोलिएका र कमजोर व्यवस्थापन भएका कम्पनीहरूले पनि आईपीओ ल्याउने र सर्वसाधारणमा शेयर जारी गर्ने प्रवृत्ति बढेको देखिन्छ। यस्ता कम्पनीहरूमा आईपीओ भर्दा प्रारम्भमा नाफा हुने भए पनि दोस्रो बजारमा कारोबार सुरु भएपछि यिनीहरूले बजारमा नकारात्मक अवस्था सिर्जना गर्ने सम्भावना धेरै हुन्छ।

    Trade Tower Limited is set to issue an Initial Public Offering (IPO) worth nearly NPR 330 million to the general public starting Jestha 14 (May 27, 2025). Previously, the company had already issued about NPR 39.7 million worth of shares to Nepali citizens working abroad. Now, it plans to issue the remaining 3,296,505 units of shares at a face value of NPR 100 per share.

    According to the company’s prospectus, a major portion of the raised capital — NPR 300 million, or 75% of the total proceeds — will be used to repay bank loans and interest to Laxmi Sunrise Bank. Additionally, NPR 90 million will go toward expanding Hotel Crystal Pashupati, adding new rooms and wellness facilities such as a sauna and spa. The remaining NPR 7.1 million will be used to repair the roof and dome of the Trade Tower building located in Thapathali, Kathmandu.

    Trade Tower Limited operates commercial buildings in Thapathali and Gaushala, leasing the spaces to businesses. The company stated that it had taken large loans during the construction of these complexes, and the IPO is being issued primarily to clear those debts.

    Financial Performance

    According to the published financials, the company’s net profit has been rising:

    • In FY 2078/79, the net profit was NPR 13.8 million

    • By mid-FY 2081/82 (Poush), it had increased to NPR 56 million

    However, the net worth per share has shown a declining trend:

    • From NPR 103.63 in FY 2078/79

    • Projected to fall to NPR 88.56 by FY 2083/84

    Despite growing profit and EPS, this decline in net worth per share suggests a dilution of shareholder value due to increased capital without a proportional growth in assets.

    Credit Rating & Risk

    ICRA Nepal has rated the IPO with “ICRA NP BB-”, which indicates:

    • Moderate risk

    • The company has average capacity to meet its financial obligations, but external or internal shocks could affect repayment ability

    This is not an investment-grade rating, and it implies a cautious investment profile for potential investors.

    IPO Details

    • Total public shares offered: 3,296,505 units

    • Price per share: NPR 100

    • Minimum application: 10 shares

    • Maximum application: 1,000 shares

    • Application period: From Jestha 14 to Jestha 19 (extended till Jestha 28 if under-subscribed)

    • Issue manager: Laxmi Sunrise Capital Limited

    • Application via: C-ASBA, MeroShare platform

    This IPO is not aimed at business expansion, but rather financial cleanup — clearing old debts and maintaining existing infrastructure. The company's operational growth hinges on rental income and a modest expansion into the hospitality sector.

    While the company has improved its profit margins and EPS over recent years, shrinking net worth per share and a non-investment grade credit rating indicate that retail investors should weigh risk carefully. This offering appears better suited for investors with moderate-to-high risk tolerance and a long-term horizon.

    "Recently, there has been a growing trend of newly formed and poorly managed companies bringing IPOs and offering shares to the general public. While investing in such IPOs may seem profitable initially, once these shares start trading in the secondary market, they often create negative impacts on the overall market sentiment."

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026