पुँजी बजार सुदृढीकरणका लागि प्रविधि र सुशासनमा प्रशिक्षण कार्यक्रम सम्पन्न
Author
NEPSE trading

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको संयुक्त पहलमा पूँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन विषयमा एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा ब्रोकर तथा डिलर कम्पनीहरूका प्रमुख कार्यकारीहरू र आईटी कर्मचारीहरूको उल्लेखनीय सहभागिता थियो। कार्यक्रममा नियामक र प्रविधिगत विषयमा कार्यपत्रहरू प्रस्तुत गरिँदा, बजारलाई पारदर्शी, सुरक्षित र दिगो बनाउने विषयमा गहन छलफल भयो।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठ, नेप्सेका सीईओ चुडामणि चापागाई, स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाललगायतका वक्ताहरूले पूँजी बजार सुधारमा प्रविधिको भूमिका, नियमन सुदृढीकरण र लगानीकर्ता सुरक्षाका बारेमा धारणा राखे।
नेपाल राष्ट्र बैंक, CDSC र नेप्सेका प्रतिनिधिहरूद्वारा सञ्चालन प्रणाली, कानुनी पक्ष र सेटलमेन्ट प्रक्रियाबारे प्राविधिक प्रस्तुति दिइएको कार्यक्रमलाई समग्र पूँजी बजार सुधारतर्फको सकारात्मक प्रयासका रूपमा हेरिएको छ।