NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Unilever Nepal’s Profit Drops by 43% as Sales Revenue Declines
    युनिलिभर नेपालको नाफा ४३% ले घट्यो, बिक्री आम्दानीमा आएको कमीले परिणाम प्रभावित
    Investor
    1 min read
    Published on November 14, 2025
    NEPSE TRADING

    युनिलिभर नेपालको नाफा ४३% ले घट्यो, बिक्री आम्दानीमा आएको कमीले परिणाम प्रभावितUnilever Nepal’s Profit Drops by 43% as Sales Revenue Declines

    युनिलिभर नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ प्रतिशत नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको खुद नाफा यस अवधिमा ३० करोड रुपैयाँ मा सीमित भएको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा नाफा ५२ करोड ६९ लाख रुपैयाँ थियो।

    नाफामा आएको ठूलो गिरावटको प्रमुख कारण कम्पनीको बिक्री तथा सञ्चालन आम्दानीमा आएको कमी हो। गत वर्षको पहिलो त्रैमासमा २ अर्ब २५ करोड रुपैयाँ आम्दानी भए पनि यस वर्ष सोही आम्दानी घटेर २ अर्ब रुपैयाँमा खुम्चिएको विवरणमा उल्लेख छ।

    यता, कम्पनीको कुल खर्च भने सामान्य रूपमा बढेको छ। गत वर्ष १ अर्ब ६३ करोड रुपैयाँ रहेको खर्च यो वर्ष बढेर १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। कच्चा पदार्थको लागत बढ्नु यस खर्च वृद्धि‍को मुख्य कारण मानिएको छ।

    नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (EPS) पनि घटेको छ। पहिलो त्रैमासमा EPS ३२६ रुपैयाँ मात्र रहेको छ भने कम्पनीको वार्षिक EPS १,८८४ रुपैयाँ छ। गत वर्ष यसै अवधिमा वार्षिक EPS २,०९६ रुपैयाँ थियो, जसले कम्पनीको नाफा क्षमतामा आएको दबाब झल्काउँछ।

    यसैबीच, कम्पनीको प्रतिसेयर नेटवर्थ भने वृद्धि भएको छ। गत वर्ष ५,८३६ रुपैयाँ रहेको नेटवर्थ यो वर्ष बढेर ६,०३३ रुपैयाँ पुगेको छ। ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको युनिलिभर नेपालको सञ्चित आम्दानी ५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।

    सेयर बजारमा युनिलिभर नेपाललाई सबैभन्दा उच्च मूल्य भएको कम्पनीका रूपमा चिनिन्छ। हाल यसको सेयर मूल्य प्रतिकित्ता ४६ हजार ५ सय रुपैयाँ मा कारोबार भइरहेको छ।

    Unilever Nepal has reported a 43% decline in net profit in the first quarter of the current fiscal year. According to the company’s financial report, the net profit for the period stands at Rs. 30 crore, compared to Rs. 52 crore 69 lakh in the same quarter last fiscal year.

    The sharp decline in profit is primarily due to a drop in sales and operating income. The company’s revenue, which was Rs. 2.25 billion in the first quarter of last year, has contracted to Rs. 2 billion in the current review period.

    Meanwhile, the company’s total expenses have slightly increased. Total expenses rose from Rs. 1.63 billion last year to Rs. 1.66 billion this year, largely driven by the rising cost of raw materials.

    With profit declining, the company’s Earnings Per Share (EPS) has also fallen sharply. The EPS for the first quarter stands at Rs. 326, while the annualized EPS is Rs. 1,884. In the same period last year, the annualized EPS was Rs. 2,096, indicating pressure on the company’s profitability.

    Despite falling profit, the company’s net worth per share has increased, rising from Rs. 5,836 last year to Rs. 6,033 this year. Unilever Nepal, with a paid-up capital of Rs. 9 crore 21 lakh, has accumulated earnings of Rs. 5.43 billion.

    Unilever Nepal remains one of the most valuable companies in the Nepalese stock market. Its shares are currently trading at Rs. 46,500 per unit.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026