·
युनियन हाइड्रोपावरको विशेष साधारण सभा वैशाख ६ गते, हकप्रद र नाम परिवर्तन प्रस्ताव एजेन्डामा
Author
NEPSE TRADING

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेड ले विशेष साधारण सभा (SGM) वैशाख ६ गते आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा ललितपुरस्थित धोबीघाटमा बिहान ११ बजे भौतिक तथा भर्चुअल (जुम) माध्यमबाट एकसाथ सञ्चालन गरिनेछ।सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गरी नाम परिवर्तन गर्ने, उद्देश्य थप गर्ने तथा हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धी विशेष प्रस्तावहरू पेश गरिने कार्यसूची रहेको छ। साथै आवश्यक अधिकार प्रत्यायोजन लगायतका अन्य विषयमा पनि छलफल हुने कम्पनीले जनाएको छ।कम्पनीले सकेसम्म धेरै शेयरधनीको सहभागिता सुनिश्चित गर्न भौतिक र अनलाइन दुवै माध्यमबाट सभा सञ्चालन गर्ने व्यवस्था गरेको जनाएको छ। भर्चुअल माध्यमबाट सहभागी हुन चाहने शेयरधनीले समयमै कम्पनीसँग सम्पर्क गरी आवश्यक विवरण (Meeting ID र Password) प्राप्त गर्नुपर्नेछ।सभामा सहभागी हुनका लागि शेयरधनीहरूले परिचय खुल्ने प्रमाणपत्र वा डिम्याट खाता विवरण साथमा ल्याउनुपर्नेछ। साथै, प्रतिनिधिमार्फत सहभागिता जनाउन चाहनेहरूले प्रोक्सी फाराम कम्पनी कानुनअनुसार भरी तोकिएको समयभित्र दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २६ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। उक्त मितिसम्म कायम रहेका शेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।




