एचएलआई लार्ज क्याप फण्डको इकाइ बाँडफाँट
Author
NEPSE TRADING

हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले सञ्चालन गरेको ‘एचएलआई लार्ज क्याप फण्ड’को इकाइ बाँडफाँट भदौ ३० गते सम्पन्न भएको छ।
कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म बिक्री खुला गरेको उक्त योजना अत्यधिक मागसहित सम्पन्न भएको हो। प्रतिइकाइ १० रुपियाँ अंकित दरमा कुल ४ अर्ब रुपियाँबराबरको ४० करोड इकाइ निष्काशन गरिएकोमा, बीजपुँजी स्वरूप ५० प्रतिशत अर्थात् २ अर्ब रुपियाँ बराबरको २० करोड इकाइ कोष प्रवद्र्धक हिमालयन लाइफ इन्स्योरेन्सलाई सुरक्षित गरिएको थियो। बाँकी न्यूनतम २ अर्ब रुपियाँबराबरको २० करोड इकाइ भने सर्वसाधारणका लागि खुला गरिएको थियो।
बिक्री अवधिभर सर्वसाधारणबाट अत्यधिक आवेदन परेको कारण, ५ अर्ब रुपियाँ बराबरको ५० करोड इकाइ कायम गरी रीतपूर्वक आवेदन दिने सबै आवेदकलाई बाँडफाँट गरिएको बिक्री प्रबन्धक हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले जनाएको छ।
यो योजना हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने कम्पनीको पहिलो बन्दमुखी योजना हो, जसको अवधि इकाइ बाँडफाँटको मितिबाट १० वर्ष रहनेछ।