शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने शुरु मिति: २०८३/०३/२१ गते, बिहीबार
शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने अन्तिम मिति: २०८३/०४/०१ गते, शुक्रबार
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको (१००:१०) को अनुपातमा हकप्रद शेयरहरु बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा देहाय बमोजिमको शेयरहरुका लागि आवेदन नपरेकोले प्रचलित कानून तथा धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २१ मा भएको व्यवस्था बमोजिम प्रथम पटक मिति २०८३/०२/२१ गते देखि मिति २०८३/०३/०८ गते सम्म लिलाम बढाबढ गरि बिक्री गर्न बोलपत्र आव्हान गर्दा साविकका संस्थापक शेयरधनीहरुबाट दरखास्त प्राप्त हुन नआएको हुदाँ निष्काशन कम्पनीका संचालक समितिको निर्णय अनुसार उक्त शेयरहरु खरिद गर्न इच्छुक यस कम्पनीका विद्यमान संस्थापक तथा योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०८३/०४/०१ गते शुक्रबार (बैंकिङ्ग समयसम्म) देहाय बमोजिमको स्थानहरुमा आइपुग्ने गरी प्रति कित्ता के कति दरमा शेयर लिन कबुल गर्ने हो तपशिलमा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आव्हान गरिन्छ ।
बोलपत्रद्वारा बिक्री गरिने संस्थापक समूहको अवितरित हकप्रद शेयरको विवरण
संस्थापक समूहहर्फ : ६३,८४७ कित्ता
क्र.स. बोलपत्र आवेदन फाराम पाइने र बुझाउने स्थान (संकलन केन्द्रहरु)
१. श्री लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौ ।
२. श्री लक्ष्मी सन्राइज बैंक लिमिटेड शाखा कार्यालयहरु: कोशी प्रदेश: विराटनगर-हनुमानदास सडक, मधेश प्रदेश: वीरगञ्ज-आदर्शनगर, जनकपुर-भानुचोक, बागमती प्रदेश: हेटौंडा-पारिजात पथ, नारायणघाट-बालकुमारी चोक, गण्डकी प्रदेश: पोखरा-न्युरोड, लुम्बिनी प्रदेश: बुटवल-मिलन चोक, नेपालगञ्ज-न्युरोड, कर्णाली प्रदेश: वीरेन्द्रनगर-वीरेन्द्रचोक, सुदुरपश्चिम प्रदेश: धनगढी-शहीद गेट
तपशिल शर्तहरु :
- बोलपत्र आवेदन फाराम माथि उल्लेखित संकलन केन्द्रहरुबाट रु.१००।- (अक्षरेपी एक सय मात्र) नगद भुक्तानी गरी प्राप्त गर्न सकिनेछ ।
- शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.१००।- (अक्षरेपी एक सय मात्र) तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरिद गर्न चाहेमा सोका लागि छुट्टा छुट्टै शिलबन्दी खाम भित्र आवेदन दिनुपर्नेछ । लगानी व्यवस्थापकले आफ्ना ग्राहकहरुको नामबाट आवेदन गर्दा आफ्नो आधिकारिक पत्र मार्फत तोकिए अनुरुपको सूची बनाई सम्पूर्ण आवेदकहरुको लागि गरिने लगानी रकम लगानी व्यवस्थापकले एउटा चेक मार्फत पेश गर्न सक्नेछ । कबोल गर्ने दर दशमलव पछिको दुई अंक मात्र मान्य हुनेछ ।
- बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दरको अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कबोल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको व्यहोरालाई मान्यता दिईनेछ ।
- बोलपत्रदाताले बोलपत्रमा आफ्नो नाम, ठेगाना, हितग्राही खाता नं., आफ्नो खाता रहेको बैंकको नाम र खाता नं., टेलिफोन नम्बर लगायत बोलपत्र आवेदन फाराममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ ।
- बोलपत्र पेश गर्दा न्यूनतम १,००० कित्ता तथा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा आवेदन दिनुपर्नेछ । नेपाल बीमा प्राधिकरणले तोकेको प्रति व्यक्ति सिमाका अधिनमा रहने गरी अधिकतम ६३,८४७ कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ । रु. ५ लाखसम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा र रु. ५ लाख भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो स्थायी लेखा नं. (PAN No.) आवेदन फाराममा उल्लेख गर्नुपर्नेछ ।
- संस्थापक समूहको शेयर खरिद गर्न इच्छुक खरिदकर्ताहरुले नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशनको व्यवस्था
...बमोजिम तोकिएको Fit & Proper Test को विवरण, कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचीमा समावेश नभएको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र वा दाखिला गरेको निस्सा, आयस्रोत खुल्ने कागजातको प्रमाणित प्रतिलिपि, स्थायी लेखा नम्बर (PAN) को प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ । विद्यमान संस्थापक शेयरधनीको हकमा उक्त प्रमाणपत्र संलग्न गर्नुपर्ने छैन।
७. शेयर आवेदन फारम नेपाली तथा अंग्रेजी भाषामा पूर्ण रुपले भरी बोलपत्रदाताले बोलपत्र आवेदन साथ आफुले खरिद गर्न चाहेको शेयरको जम्मा मूल्यको हुन आउने सम्पूर्ण रकम मिति २०८३।०४।०१ दिउँसो ३:०० बजे भित्र तल उल्लेख गरेबमोजिम बैंक खातामा जम्मा हुने गरी धरौटी बापत जम्मा गरेको सक्कल भौचर (Deposit Slip) संलग्न गर्नु पर्नेछ । चेकको माध्यमबाट आवेदन गर्नेको हकमा LS CAPITAL-UNITED AJOD INSURANCE RIGHT को नाममा जारी गरिएको नेपाल क्लियरिङ्ग हाउस लि. को सदस्य भएको बैंक तथा वित्तीय संस्थामा Good For Payment गरिएको A/C Payee Cheque/Manager's Cheque संलग्न गर्नुपर्नेछ । सो नभएको चेकलाई मान्यता दिईने छैन । साथै Good For Payment गर्दा लाग्ने शुल्क आवेदक स्वयंले व्यहोर्नु पर्नेछ तथा रु. २ लाख भन्दा बढी रकमको Good For Payment को चेक जम्मा गर्नेको हकमा चेक क्लियरिङ्ग शुल्क बापतको रकम बोलपत्र आवेदन फारमका साथ बुझाउनु पर्नेछ ।
बैंक खाताको नाम खाता नं.
लक्ष्मी सनराइज बैंक लि., भाटभटेनी, काठमाण्डौ LS CAPITAL-UNITED AJOD INSURANCE RIGHT ९७०१५१२३३०३४००१
- बोलपत्रदाताहरुले Connect IPS मार्फत समेत रकम जम्मा गरी पेश गर्न सकिनेछ । यसरी Connect IPS मार्फत बोलपत्र पेश गर्न चाहने बोलपत्रदाताहरुले यस कम्पनीको नाममा लक्ष्मी सनराइज बैंक लिमिटेड, भाटभटेनी, काठमाण्डौमा रहेको खाता नं. ९७०१५१२३३०३४००१ (LS CAPITAL-UNITED AJOD INSURANCE RIGHT) मा Connect IPS मार्फत रकम जम्मा गरी सो को प्रमाण पुष्टि गर्ने कागजात Connect IPS भौचर संलग्न गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
- बोलपत्रदाता संगठित संस्था/फर्म/कम्पनी भएमा कम्पनी दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र तथा शेयर खरिद गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णय तथा अख्तियारनामाको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
- बोलपत्र आवेदन पेश गर्दा शिलबन्दी खाम बाहिर संस्थापक शेयर खरिदको लागि “युनाईटेड अजोड इन्स्योरेन्स लिमिटेड (संस्थापक समूह)” उल्लेख गरी शिलबन्दी खाममा पेश गर्नुपर्नेछ ।
- प्राप्त शिलबन्दी बोलपत्रहरु तोकिएका संकलन केन्द्रहरुबाट बिक्री प्रबन्धकको कार्यालयमा प्राप्त भए पश्चात सार्वजनिक सूचना प्रकाशित गरी बोलपत्र खोल्ने मिति, समय र स्थानको बारेमा जानकारी गराईनेछ ।
- काबु बाहिरको परिस्थिति पर्न गई बिक्री प्रबन्धकको कार्यालयमा समयमा बोलपत्र प्राप्त हुन नसकेमा सो व्यहोरा नियामक निकायलाई जानकारी गराई निर्देशन बमोजिम गरिनेछ । साथै, काबु बाहिरको परिस्थिति पर्न गई कुनै संकलन केन्द्रबाट बोलपत्र फाराम पठाउन नसकिने भएमा/आवेदन फाराम प्राप्त नभएमा वा नष्ट भएमा नियामक निकायको राय लिएर मात्र लिलाम बढाबढको प्रक्रिया अगाडि बढाईनेछ ।
- बोलपत्रदाताले कुनै शर्त राखी पेश गरेको बोलपत्रलाई मान्यता दिईने छैन ।
- शेयर बाँडफाँड गर्दा सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ । यसबाट पनि शेयर बिक्री गर्दै जाँदा बाँकी शेयरहरु माग भएको भन्दा बढी आवेदकहरुले बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा अन्तिम मूल्यमा दुई वा दुई भन्दा बढी आवेदनहरु पर्न गएमा बोलकबोलबाट बाँकी शेयरहरु माग भएको शेयर संख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडफाँड गरिने छ । प्राप्त बोलपत्रहरु कुनै कारण खुलाई वा नखुलाई पूर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कम्पनीको संचालक समितिमा निहित रहने छ ।
- बोलपत्र आवेदनहरुमध्ये बाँडफाँडमा नपरेको शेयर वापत जम्मा भएको रकम धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा तोकिएको समयावधिमा Connect IPS मार्फत आवेदकहरुको बैंक खातामा सोझै फिर्ता भुक्तानी गर्ने व्यवस्था गरिनेछ । यस्तो फिर्ता गरिने रकममा कुनै ब्याज प्रदान गरिने छैन । Connect IPS मा लाग्ने शुल्क आवेदक आफैले व्यहोर्नु पर्नेछ ।
- यस सूचना बमोजिम निष्काशन गरिएको शेयरका लागि लिलाम बढाबढ गर्दा सबै शेयर खरिदका लागि दरखास्त नपरे पनि आवेदन परेको शेयर सम्बन्धित आवेदकलाई बाँडफाँड गरी बाँकी रहेको शेयर पुनः लिलाम बढाबढ गरी बिक्री गरिनेछ ।
- यस सूचना बमोजिम प्राप्त बोलपत्र आवेदकहरुलाई शेयर बिक्री गर्ने वा नगर्ने वा आवेदनमा माग गरेको भन्दा कम शेयर बाँडफाँड गर्ने तथा बोलपत्र आवेदन तथा शेयर बाँडफाँड सम्बन्धी कुनै द्विविधा वा विवाद उत्पन्न भएमा सो को अन्तिम निर्णय गर्ने अधिकार यस संस्थाको सञ्चालक समितिमा रहनेछ ।




