·

युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर : ५ प्रतिशत बोनस सेयर घोषणा

Author

NEPSE TRADING

युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर : ५ प्रतिशत बोनस सेयर घोषणा

काठमाडौं — युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर तथा त्यसको कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार उक्त लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ ।

Related News