
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ७% बोनस शेयर र नगद लाभांश घोषणाUnited Modi Hydropower Limited Announces 7% Bonus Share and Cash Dividend
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (UMHL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो। विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सो दरमा लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।
United Modi Hydropower Limited (UMHL) has announced dividends to its shareholders from the profit of the last fiscal year. The company has decided to distribute 7 percent bonus shares based on its paid-up capital along with 0.36842 percent cash dividend for tax purposes. The decision was approved by the board of directors in its meeting held on Falgun 8. The proposed dividend will be distributed after receiving approval from the Electricity Regulatory Commission and endorsement by the upcoming Annual General Meeting.




