
Top
1 min read
NEPSETRADING
अरनिको राजमार्गको बाह्रबिसे–कोदारी सडक स्तरोन्नति कार्य सुरुUpgradation Work of Bhrabishe–Kodari Road on Arniko Highway Commences
काठमाडौँ – अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति कार्य सुरु भएको छ। वर्षातले क्षतिग्रस्त भएको यो सडक स्तरोन्नति गर्न सडक विभागले अर्थ मन्त्रालयसँग २ अर्ब ३७ करोड रुपैयाँको स्रोत सहमति लिएर काम अघि बढाएको हो। सडक डिभिजन चरिकोटले ठेक्का प्रक्रिया सम्पन्न गरी गत मंसिरमा निर्माण कम्पनी एमएस एनएस गाल्वा जेभीसँग १ अर्ब ३४ करोडमा सम्झौता गरी निर्माण कार्य सुरु गरेको छ।सडक स्तरोन्नतिअन्तर्गत बाह्रबिसेदेखि कोदारीसम्मको २६ किलोमिटर सडक डबल लेन बनाइनेछ। डबल लेन सडक निर्माणका लागि आवश्यक स्ट्रक्चर निर्माणको काम धमाधम भइरहेको छ। हाल पहिरो जोखिम क्षेत्रका लागि ज्ञाविन वाल र प्वाम्ट निर्माण भइरहेको छ। सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार हालसम्म भौतिक प्रगति ७ प्रतिशत रहेको छ।निर्माण कम्पनी एमएस एनएस गाल्वा जेभीका सञ्चालक गौरी उप्रेतीले भने, "निर्माणमा कुनै अवरोध नआए समयमै काम सम्पन्न हुनेछ।" ठेक्का सम्झौता मंसिर १ गते भएको र मंसिर २० गतेदेखि साइटमा काम सुरु गरिएको उनले बताए। निर्माण सामग्री र अन्य तयारीमा कुनै समस्या नभए निर्माण समयमा नै सम्पन्न हुने सम्भावना रहेको उनको भनाइ छ।
Kathmandu – The upgradation of the Bhrabishe–Kodari section of the Arniko Highway has officially started. To repair the road damaged by monsoon rains, the Department of Roads secured a budget approval of NPR 2.37 billion from the Ministry of Finance. Road Division Chirikot completed the tender process and signed a contract worth NPR 1.34 billion with the construction company MS NS Galwa JV last Mangsir to commence the work.The 26-kilometer road section from Bhrabishe to Kodari will be upgraded to a double-lane road. Construction of essential structures for the double-lane is underway, particularly in landslide-prone areas where retaining walls and pavements are being built. According to Narayandatta Bhandari, Chief of Road Division Chirikot, the physical progress so far is 7 percent.MS NS Galwa JV director Gauri Upreti stated that the project is on track and will be completed on time if there are no obstacles. The contract was signed on Mangsir 1, and construction began on Mangsir 20. Upreti added that with no issues in material supply or other preparations, the project is expected to be completed within the scheduled timeframe.




