मिति: २०८३/०४/१५
चलानी नं: USHL-06-2083-84
श्री नेपाल धितोपत्र बोर्ड
खुमलटार, ललितपुर ।
श्री नेपाल स्टक एक्सचेञ्ज लिमिटेड
सिंहदरबार प्लाजा, काठमाडौ ।
श्री सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड
पुतलीसडक, काठमाडौ ।
विषय: हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्त गरिएको ।
महोदय,
यस कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु २२,००,००,००० को १:१ (१ बराबर १) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीको मिति २०८२ असोज ९ गते बसेको नवौँ वार्षिक साधारण सभाले स्वीकृत गरेको हुदाँ सोही अनुसार हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनको लागि कम्पनीको मिति २०८३।०४।१४ गते बसेको संचालक समितिको निर्णयबाट हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गर्ने निर्णय गरेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।
बोधार्थ
१) श्री माछापुच्छ्रे क्यापिटल लिमिटेड, बागदरबार, काठमाडौँ ।
भवदीय,
श्री बिर बहादुर घले
प्रबन्ध संचालक




