NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Latest
    3. U.S. Crypto Firm Gemini Expands Into Australia, Launches Localized Exchange Services
    अमेरिकी क्रिप्टो कम्पनी ‘Gemini’ अष्ट्रेलियामा विस्तार, स्थानीय प्रयोगकर्ताका लागि नयाँ सेवा सुरु
    Latest
    1 min read
    Published on October 9, 2025
    NEPSE TRADING

    अमेरिकी क्रिप्टो कम्पनी ‘Gemini’ अष्ट्रेलियामा विस्तार, स्थानीय प्रयोगकर्ताका लागि नयाँ सेवा सुरु U.S. Crypto Firm Gemini Expands Into Australia, Launches Localized Exchange Services

    काठमाडौं – विश्वप्रसिद्ध क्रिप्टोकरन्सी एक्सचेन्ज कम्पनी Gemini ले अष्ट्रेलियामा आफ्नो औपचारिक सञ्चालन सुरु गरेको छ। कम्पनीले नयाँ शाखा ‘Gemini Intergalactic Australia’ स्थापनासँगै अष्ट्रेलियाली बजारका लागि स्थानीय प्रयोगकर्तामुखी डिजिटल मुद्रा कारोबार सेवा सुरु गरेको हो।

    Gemini का एशिया–प्रशान्त क्षेत्रका प्रमुख साद अहमद का अनुसार अष्ट्रेलियामा डिजिटल मुद्राप्रति बढ्दो चासो र लगानीले कम्पनीलाई त्यहाँ स्थायी रूपमा प्रवेश गर्न प्रोत्साहित गरेको हो। उनले भने, “अष्ट्रेलियाली बजारमा हाम्रो केही संस्थागत ग्राहक पहिल्यै छन्। त्यही वृद्धि र सम्भावनालाई देख्दै हामीले स्थानीय टिम गठन गरेर अष्ट्रेलियाका प्रयोगकर्ताका लागि छुट्टै प्लेटफर्म विकास गर्ने निर्णय गरेका हौं।”

    हाल अष्ट्रेलियामा क्रिप्टो प्रयोग दर ३१ प्रतिशतमा पुगेको छ, जुन अघिल्लो वर्षको २८ प्रतिशतभन्दा उच्च हो। यो तथ्यांक ‘Australian Independent Reserve Cryptocurrency Index’ ले सार्वजनिक गरेको हो।

    न्यूयोर्कमा मुख्यालय रहेको Gemini कम्पनीको नेतृत्व जुडुवा भाइ टायलर र क्यामेरन विन्कलभस ले गरेका छन्। कम्पनीले हालै न्यासड्याक (NASDAQ) मा ४२५ मिलियन डलर बराबरको सेयर बिक्री गर्दै सार्वजनिक सूचीकरण गरेको थियो।

    Gemini ले अष्ट्रेलियामा सुरु गरेको नयाँ शाखा Australian Transaction Reports and Analysis Centre (AUSTRAC) मा दर्ता गरिएपछि स्थानीय नियमनअनुसार क्रिप्टो कारोबार गर्ने अनुमति प्राप्त गर्नेछ। यसअघि अष्ट्रेलियाली प्रयोगकर्ताहरू Gemini को अन्तर्राष्ट्रिय प्लेटफर्ममार्फत सेवा लिँदै आएका थिए। अब भने कम्पनीले स्थानीय स्तरमै सञ्चालन र ग्राहक सेवा विस्तार गर्ने तयारी गरेको जनाएको छ।

    विश्लेषकहरूका अनुसार अष्ट्रेलियामा पछिल्लो समय ब्लकचेन प्रविधि, बिटक्वाइन र डिजिटल मुद्राप्रति युवाहरूको आकर्षण तीव्र रूपमा बढेको छ। Gemini को आगमनले यस क्षेत्रमा प्रतिस्पर्धा र लगानीको नयाँ गति ल्याउने अपेक्षा गरिएको छ।

    Global cryptocurrency exchange Gemini has officially expanded into Australia, launching a new branch named “Gemini Intergalactic Australia.” The company aims to provide locally tailored crypto trading services for Australian users as part of its growing presence in the Asia-Pacific region.

    According to Saad Ahmed, Gemini’s Head of Asia-Pacific, the company’s decision to establish a local operation was driven by Australia’s rising demand and increasing institutional participation in digital assets.

    “We already have institutional clients from Australia,” Ahmed said. “Seeing the market’s growth potential, we decided to build a local team and platform designed specifically for Australian users.”

    Recent data from the Australian Independent Reserve Cryptocurrency Index shows that crypto adoption in Australia has risen to 31%, up from 28% a year earlier — highlighting the nation’s growing interest in digital assets and blockchain technology.

    Headquartered in New York, Gemini is led by twin billionaires Tyler and Cameron Winklevoss. The company recently listed on Nasdaq after raising $425 million through an initial public offering (IPO).

    With the launch of its Australian arm, Gemini will operate under local regulations after registering with the Australian Transaction Reports and Analysis Centre (AUSTRAC) as an approved digital currency provider.
    Previously, Australian users accessed Gemini’s services through its global platform. Now, the exchange will manage localized operations, regulatory compliance, and customer support directly from Australia.

    Analysts believe Gemini’s entry into Australia will further boost competition and innovation in the region’s rapidly evolving crypto and blockchain ecosystem, as more investors and young users turn toward digital assets.

    #Gemini #CryptoExchange #Australia #Blockchain #DigitalAssets #WinklevossTwins #CryptoMarket #AUSTRAC #Nasdaq #CryptoAdoption #GlobalFinance

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026