NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. US Dollar Hits Record High, Nepali Rupee Slips to Historic Low
    अमेरिकी डलर ऐतिहासिक उच्चमा, नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा
    Investor
    3 min read
    Published on December 16, 2025
    NEPSE TRADING

    अमेरिकी डलर ऐतिहासिक उच्चमा, नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामाUS Dollar Hits Record High, Nepali Rupee Slips to Historic Low

    काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेसँगै नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । यो नेपाली मुद्राका लागि हालसम्मकै कमजोर विनिमय दर हो ।

    नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग स्थिर विनिमय दरमा बाँधिएकाले भारतीय रुपैयाँ अमेरिकी डलरसँग कमजोर बन्दा त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा परेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर लगातार बलियो बन्दै जाँदा नेपाली मुद्रा समेत दबाबमा परेको देखिन्छ ।

    विनिमय दर कसरी निर्धारण हुन्छ ?

    नेपाल र भारतबीच १ भारतीय रुपैयाँ बराबर १.६० नेपाली रुपैयाँको स्थिर विनिमय दर व्यवस्था कायम छ । तर अन्य विदेशी मुद्रासँगको विनिमय दर भने भारतीय रुपैयाँको अवस्थाका आधारमा निर्धारण गरिन्छ । यस कारण भारतीय रुपैयाँ डलरसँग कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर देखिने गर्छ ।

    अर्थशास्त्रीहरूका अनुसार नेपाली मुद्राको उतार–चढाव स्वतन्त्र माग–आपूर्तिभन्दा बढी भारतीय मुद्रा र भारतीय अर्थतन्त्रमा निर्भर छ । त्यसैले भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली मुद्रा समेत स्वतः दबाबमा पर्छ ।

    भारतीय रुपैयाँ डलरसँग किन कमजोर हुँदैछ ?

    भारतीय रुपैयाँ पछिल्लो समय अमेरिकी डलरसँग निरन्तर कमजोर बन्दै गएको छ । बलियो अमेरिकी डलर, विदेशी लगानीको बहिर्गमन, बढ्दो व्यापार घाटा र आयातमा उच्च निर्भरता यसको मुख्य कारण मानिन्छ ।

    अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को कडा मौद्रिक नीतिका कारण डलर विश्व बजारमा बलियो बनेको छ । यसले सुरक्षित लगानीको खोजीमा रहेका लगानीकर्ताहरूलाई डलरतर्फ आकर्षित गरेको छ, जसका कारण भारतबाट विदेशी संस्थागत लगानी बाहिरिएको छ र भारतीय रुपैयाँमाथि थप दबाब सिर्जना भएको छ ।

    त्यसैगरी, भारतको तेल, सुन र इलेक्ट्रोनिक्समा उच्च आयात निर्भरता हुँदा व्यापार घाटा बढ्दै गएको छ । आयात भुक्तानीका लागि डलरको माग बढ्दा रुपैयाँ कमजोर बनेको हो । भारत–अमेरिका व्यापार सम्बन्धी अनिश्चितता र विश्वव्यापी आर्थिक जोखिमले पनि मुद्रा बजारलाई प्रभावित बनाइरहेको छ ।

    डलर किन बलियो हुँदैछ ?

    विश्वव्यापी आर्थिक अनिश्चितता, युद्ध तथा भू–राजनीतिक तनावका कारण लगानीकर्ताहरू अमेरिकी डलरलाई ‘सेफ हेभन’ मुद्राका रूपमा रोजिरहेका छन् । फेडरल रिजर्भले ब्याजदर लामो समयसम्म उच्च राख्ने संकेत गरेपछि डलरमा लगानी झनै आकर्षक बनेको छ ।

    त्यस्तै, विकासोन्मुख देशहरूमा आयात भुक्तानी, विदेशी ऋण सेवा र ऊर्जा खरिदका लागि डलरको माग उच्च रहँदा यसको मूल्य अझै चर्किएको देखिन्छ ।

    डलर महँगिँदा नेपालको अर्थतन्त्रमा पर्ने असर

    डलरको मूल्य बढ्दा नेपालको अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै प्रभाव देखिन्छ । सकारात्मक पक्षमा रेमिट्यान्स, पर्यटन र निर्यातबाट हुने आम्दानीको रुपैयाँ मूल्य बढ्छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रकमको मूल्य बढ्दा विदेशी मुद्राको सञ्चिति सुदृढ हुन सहयोग पुग्न सक्छ ।

    तर नकारात्मक असर अझ गम्भीर देखिन्छ । आयात–निर्भर अर्थतन्त्र भएकाले पेट्रोलियम पदार्थ, औषधि, मेसिनरी लगायतका वस्तुको आयात महँगो हुँदै महँगी बढ्ने जोखिम रहन्छ । इन्धन मूल्य बढ्दा यातायात, ढुवानी र उद्योग क्षेत्रको लागत समेत बढ्नेछ ।

    डलर महँगिँदा आयात घट्ने सैद्धान्तिक मान्यता भए पनि नेपालमा आयात हुने अधिकांश वस्तु अत्यावश्यक भएकाले आयात खासै घट्दैन । बरु आयात महँगो हुँदा व्यापार घाटा अझै बढ्ने सम्भावना रहन्छ ।

    यसका साथै, डलरमा लिइएका वैदेशिक ऋणको भार बढ्ने, भुक्तानी सन्तुलनमा दबाब पर्ने र महँगी नियन्त्रण गर्न कडा मौद्रिक नीति अपनाउँदा ब्याजदर बढ्ने तथा निजी लगानी सुस्त हुने जोखिम पनि देखिन्छ ।

    अर्थविद्हरूका अनुसार डलरको मूल्य वृद्धि रेमिट्यान्स र निर्यातका लागि केही राहत भए पनि उच्च आयात निर्भरता, कमजोर उत्पादन क्षमता र बढ्दो व्यापार घाटाका कारण नेपालका लागि यो अवस्था चुनौतीपूर्ण बनेको छ । अर्थतन्त्रको आधार बलियो नबनेसम्म बलियो डलरबाट प्राप्त हुने लाभलाई प्रभावकारी रूपमा उपयोग गर्न नेपाललाई कठिनाइ रहने उनीहरूको निष्कर्ष छ ।

    Kathmandu — The Nepali rupee has fallen to its weakest level in history as the US dollar surged to a record high. According to Nepal Rastra Bank, the exchange rate on Tuesday was fixed at Rs 144.88 per US dollar for buying and Rs 145.48 for selling, marking the lowest point ever for the domestic currency.

    The sharp depreciation of the Nepali rupee is largely attributed to its fixed exchange rate arrangement with the Indian rupee. As the Indian currency weakens against the US dollar, the Nepali rupee is automatically affected. In recent weeks, the strengthening of the dollar in the global market has intensified pressure on the Nepali currency as well.

    How is the exchange rate determined?

    Nepal maintains a fixed exchange rate regime with India, pegging the Nepali rupee at 1.60 per Indian rupee. However, exchange rates with other foreign currencies are determined based on the Indian rupee’s performance. As a result, when the Indian rupee depreciates against the US dollar, the Nepali rupee also weakens correspondingly.

    Economists point out that fluctuations in the Nepali currency are influenced more by the Indian rupee and India’s economic conditions than by Nepal’s own demand-and-supply dynamics. This structural dependency makes the Nepali rupee highly sensitive to developments in the Indian economy.

    Why is the Indian rupee weakening against the dollar?

    The Indian rupee has been under sustained pressure against the US dollar due to multiple factors. A strong dollar, rising capital outflows, widening trade deficits, and heavy dependence on imports are cited as key reasons behind the depreciation.

    The US Federal Reserve’s tight monetary stance has strengthened the dollar globally, prompting investors to move toward safer assets. This has led to increased outflows of foreign institutional investment from India, further weakening the rupee. Additionally, India’s high dependence on imports such as oil, gold, and electronics has widened the trade deficit, increasing demand for dollars and putting further pressure on the currency.

    Uncertainty surrounding global economic conditions and trade relations between major economies has also contributed to volatility in the foreign exchange market.

    Why is the dollar strengthening?

    Global economic uncertainty, ongoing conflicts, and geopolitical tensions have driven investors toward the US dollar as a safe-haven currency. Signals from the US Federal Reserve that interest rates may remain higher for a prolonged period have further boosted demand for the dollar.

    At the same time, developing economies face strong dollar demand for import payments, foreign debt servicing, and energy purchases. With limited supply and sustained global demand, the dollar’s value has continued to rise.

    Impact of a stronger dollar on Nepal’s economy

    A rising dollar has both positive and negative implications for Nepal’s economy. On the positive side, remittance inflows, tourism earnings, and export revenues increase in rupee terms. Higher remittance receipts from Nepalis working abroad could help strengthen foreign exchange reserves.

    However, the negative effects appear more pronounced. As an import-dependent economy, Nepal faces higher costs for petroleum products, medicines, machinery, and essential goods, increasing inflationary pressure. Rising fuel prices also raise transportation, logistics, and industrial production costs.

    Although economic theory suggests that a stronger dollar should reduce imports, Nepal’s imports largely consist of essential goods, making them difficult to curb. As a result, higher import bills could further widen the trade deficit instead of narrowing it.

    Moreover, external debt denominated in US dollars becomes more expensive, placing pressure on debt servicing and the balance of payments. Efforts to control inflation through tighter monetary policy could push interest rates higher, slowing private-sector investment and overall economic activity.

    Economists note that while a strong dollar may offer short-term relief through higher remittance and export earnings, Nepal’s heavy import dependence, weak domestic production base, and persistent trade deficit make the situation challenging. Without strengthening economic fundamentals, Nepal may struggle to fully benefit from a strong dollar, they warn.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026