NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. US Imposes Additional 25% Tariff on Indian Goods, Exports Likely to Suffer
    अमेरिकाले भारतमाथि २५ प्रतिशत अतिरिक्त कर : नयाँ महसुल बुधबार (अगस्ट २७) बिहान ९:३१ बजेदेखि लागू
    Top
    1 min read
    Published on August 27, 2025
    NEPSE TRADING

    अमेरिकाले भारतमाथि २५ प्रतिशत अतिरिक्त कर : नयाँ महसुल बुधबार (अगस्ट २७) बिहान ९:३१ बजेदेखि लागू US Imposes Additional 25% Tariff on Indian Goods, Exports Likely to Suffer

    अमेरिकाले भारतमाथि थप २५ प्रतिशत कर लगाउने आधिकारिक घोषणा गरेको छ। मंगलबार जारी आदेशअनुसार भारतीय समय अनुसार यो नयाँ महसुल बुधबार (अगस्ट २७) बिहान ९:३१ बजेदेखि लागू हुने भएको हो।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि अगस्ट ६ मा रुसबाट तेल खरिदको जरिवाना स्वरूप उक्त शुल्क घोषणा गरेका थिए। साथै, अगस्ट ७ देखि व्यापार घाटालाई कारण देखाउँदै भारतबाट आउने सामानमा २५ प्रतिशत कर थपिएको थियो। यससँगै अमेरिकामा निर्यात हुने भारतीय सामानमा कुल कर दर ५० प्रतिशतसम्म पुग्नेछ।

    नयाँ आदेशमा उल्लेख भएअनुसार सूचीमा रहेका वस्तुहरूमा यो कर लागू हुनेछ। ती वस्तुहरू प्रत्यक्ष प्रयोगका लागि अमेरिका ल्याइएका वा गोदामबाट निकालिएका दुवै अवस्थामा लागू हुने जनाइएको छ।

    विशेषज्ञहरूका अनुसार यस निर्णयले भारतीय गहना, कपडा, अटोमोबाइल र समुद्री खानाजस्ता उद्योगहरूको नाफा घटाउनेछ। अमेरिकासँग व्यापार सम्झौता नभए वा भन्सार शुल्क नघटाए करिब ४८ अर्ब अमेरिकी डलर बराबरको भारतीय निर्यात प्रत्यक्ष असरमा पर्नेछ।

    तर, आईटी, औषधि र इलेक्ट्रोनिक उद्योग भने यस करको दायरामा पर्दैनन्। इलेक्ट्रोनिक्सलाई धारा २३२ अन्तर्गत छुट दिइएकाले स्मार्टफोन जस्ता उत्पादनमा तत्काल असर नपर्नेछ। फार्मास्युटिकल उत्पादनमा हाल शून्य प्रतिशत कर कायम छ, यद्यपि ट्रम्पले आगामी १८ महिनाभित्र ट्यारिफ बढाउने चेतावनी दिएका छन्।

    एनबीसीको रिपोर्टअनुसार भारतबाट अमेरिकामा सबैभन्दा धेरै गहना, कपडा, मेसिनरी र रसायन निर्यात हुन्छन्। ५० प्रतिशतसम्मको नयाँ ट्यारिफले यी वस्तुहरू अमेरिकामा महँगो बनाउने भएकाले अर्डरमा कमी आउने सम्भावना छ। अर्डर घट्दा उत्पादन कटौती गर्नुपर्ने र त्यसले रोजगारीमा कटौती (लेअफ) हुनसक्ने चेतावनी विज्ञहरूले दिएका छन्। तर, कुन क्षेत्रमा कति रोजगारी गुम्ने हो भन्नेबारे यकिन अनुमान अझै गर्न सकिएको छैन।

    The United States has officially announced an additional 25% tariff on goods imported from India. According to Tuesday’s order, the new duty will come into effect from Wednesday (August 27) at 9:31 AM Indian Standard Time.

    US President Donald Trump had earlier, on August 6, declared this tariff as a penalty for India’s oil imports from Russia. Later, on August 7, he cited the trade deficit with India as another reason for imposing a 25% duty. With the latest move, the total tariff on Indian exports to the US will now rise to as high as 50%.

    The order specifies that the listed items will be subject to the tariff, whether brought directly for consumption in the US or released from bonded warehouses.

    Experts warn that the decision will hit several industries, particularly jewelry, textiles, automobiles, and seafood, reducing their profit margins. Without a trade deal or tariff concessions from Washington, nearly USD 4.8 billion worth of Indian exports could be directly impacted.

    However, the IT, pharmaceutical, and electronics sectors remain exempt. Electronics currently fall under Section 232 exemptions, meaning smartphones from companies like Apple and Samsung will not be affected. Pharmaceuticals also enjoy a 0% tariff at present, though Trump has threatened to raise it to 150% and later 250% within 18 months. IT services, being part of the service sector, are also outside the scope of the 50% tariff.

    According to NBC, India’s top exports to the US include jewelry, textiles, machinery, and chemicals. The higher tariffs will make these goods more expensive in the US, likely reducing demand. As a result, Indian manufacturers may be forced to cut production, potentially leading to layoffs. Analysts caution, however, that it is still difficult to estimate how many jobs may be lost across different sectors.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026