·
इरानमाथि अमेरिकी आक्रमण: राष्ट्रिय ऋण ३९ ट्रिलियन डलरमा, नागरिकमाथि आर्थिक दबाब
Author
NEPSETRADING

अमेरिकाले इरानमाथि आक्रमण गरेसँगै ठूलो आर्थिक नोक्सानी भोग्नु परेको छ। यस नोक्सानीले अमेरिकाको राष्ट्रिय ऋण ३९ ट्रिलियन डलरको ऐतिहासिक स्तर पार गरेको छ। अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएको केही हप्तामै यो तथ्यांक सार्वजनिक भएको हो। बढ्दो ऋणको प्रभाव अमेरिकी नागरिकमाथि स्पष्ट देखिनेछ। घर र कारजस्ता सामान खरिद गर्न ऋण लिँदा उच्च ब्याज तिर्नुपर्ने, व्यवसायमा लगानीका लागि उपलब्ध पुँजी घट्दा ज्याला कटौती हुन सक्ने, र वस्तु तथा सेवाको मूल्य बढ्न सक्ने चेतावनी जारी गरिएको छ। यस युद्धले दीर्घकालीन रूपमा अमेरिकीलाई अत्यधिक ऋण लिने र ब्याज भुक्तानी गर्ने प्रवृत्तिमा बाध्य पारेर भविष्यमा कठिन वित्तीय निर्णय लिनु पर्ने परिस्थितिमा पुर्याउने विश्लेषकहरूले बताएका छन् ।



