NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Latest
    3. Vietnamese Real Estate Tycoon Truong My Lan’s Appeal Begins
    मनी लन्ड्रिङको दोषी भियतनामी रियल स्टेट टाइकुन ट्रुङ माई लानको अपिल सुरु
    Latest
    2 min read
    Published on March 26, 2025
    NEPSE trading

    मनी लन्ड्रिङको दोषी भियतनामी रियल स्टेट टाइकुन ट्रुङ माई लानको अपिल सुरुVietnamese Real Estate Tycoon Truong My Lan’s Appeal Begins

    मनी लन्ड्रिङको दोषी ठहरिएकी भियतनामी रियल स्टेट टाइकुन ट्रुङ माई लानको अपिल मङ्गलबारदेखि सुरु भएको छ। ६८ वर्षीया लानलाई सन् २०२४ अप्रिलमा साइगन वाणिज्य बैङ्क (एससिबी) बाट पैसा चोरी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो। उनले उक्त फैसलाविरुद्ध अपिल गरेकी थिइन्, तर अदालतले सजाय घटाउने कुनै आधार नभएको बताएको थियो। यद्यपि, चोरी गरिएको सम्पत्तिको तीन चौथाइ फिर्ता गरेमा मृत्युदण्डबाट बच्न सक्ने अदालतको भनाइ थियो।

    अक्टोबरमा भएको दोस्रो मुद्दामा लानलाई मनी लन्ड्रिङ र अन्य अपराधका लागि आजीवन कारावासको सजाय सुनाइएको थियो। हाल उनी त्यही फैसलाविरुद्ध अपिल गरिरहेकी छन्। राज्य मिडियाका अनुसार यो अपिल अप्रिल २१ (वैशाख ८, २०८२) सम्म चल्नेछ र उनको बचाउमा आठ वकिलले बहस गर्नेछन्। लानलाई १७ अर्ब ७० करोड डलर मनी लन्ड्रिङ, ४ अर्ब ५० करोड डलरको गैरकानूनी सीमापार कारोबार र १ अर्ब २० करोड डलर ठगी गरेको अभियोगमा दोषी ठहर गरिएको छ।

    मङ्गलबार हो ची मिन सिटीको अदालतमा सुरु भएको उच्च–प्रोफाइल सुनुवाइमा लान प्रहरी अधिकारीहरूसँग कुराकानी गर्दै सहज देखिएकी थिइन्। प्रहरीको घेरामा उनकी भतिजी पनि उपस्थित थिइन्, जसलाई अक्टोबरमा सम्पत्ति ठगीको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो। लानका पति चु न्याप कीले भने मनी लन्ड्रिङको दुई वर्षको सजाय स्वीकार गरेका छन् र उनी यो सुनुवाइमा उपस्थित भएका छैनन्।

    अदालतले लानलाई ‘मुख्य योजनाकार’ को संज्ञा दिएको छ। “उनले परिष्कृत तरिकाले पटक–पटक अपराध गरिन्, जसले गम्भीर परिणाम निम्त्यायो,” अदालतको ठहर छ। यो मुद्दामा अन्य ३३ अभियुक्तलाई पनि २ देखि २३ वर्षसम्मको जेल सजाय सुनाइएको थियो, जसमध्ये २७ जनाले सजायविरुद्ध अपिल गरेका छन्।

    पहिलो सुनुवाइमा लानलाई १२ अर्ब ५० करोड डलर हिनामिना गरेको दोषी ठहर गरिएको थियो। तर अभियोजन पक्षले यो ठगीले २७ अर्ब डलरको क्षति पुर्‍याएको दाबी गरेको छ, जुन भियतनामको सन् २०२३ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ६ प्रतिशत हो। लानसँग एससिबीमा कागजी रूपमा ५ प्रतिशत मात्र सेयर रहे पनि अदालतले उनले परिवार, साथी र कर्मचारीमार्फत ९० प्रतिशत नियन्त्रण गरेको निष्कर्ष निकालेको छ।

    यस ठगीबाट बैंकमा बचत राख्ने दशौँ हजार व्यक्तिले आफ्नो पैसा गुमाएका छन्। यसले भियतनामको साम्यवादी सरकारलाई स्तब्ध बनाएको छ भने पीडितहरूले दुर्लभ विरोध प्रदर्शन गरेका थिए। लानको यो मुद्दा भियतनामको इतिहासमा सबैभन्दा ठूलो वित्तीय घोटाला मानिएको छ।

    The appeal of Truong My Lan, a Vietnamese real estate tycoon convicted of money laundering, began on Tuesday. The 68-year-old was sentenced to death in April 2024 for embezzling funds from Saigon Commercial Bank (SCB). She was found guilty of orchestrating a $27 billion fraud, one of the largest financial scandals in Vietnam’s history. Lan appealed the death penalty, but the court found no grounds to reduce her sentence. However, it noted that she could escape execution if three-quarters of the stolen assets were returned.

    In a separate case in October, Lan was sentenced to life imprisonment for money laundering and other crimes. She is now appealing that verdict. According to state media, the appeal process will continue until April 21, 2025, with eight lawyers representing her defense. Lan has been convicted of laundering $17.7 billion, engaging in $4.5 billion worth of illegal cross-border transactions, and embezzling $1.2 billion.

    During Tuesday’s high-profile hearing in Ho Chi Minh City, Lan appeared at ease, conversing with police officers while awaiting the court session. Surrounded by security, her niece was seated behind her; the niece received a five-year prison sentence in October for property fraud. Lan’s husband, Chu Nap Kee, who accepted a two-year sentence for money laundering, was absent from the courtroom for the first time in this case.

    The court has labeled Lan the “mastermind,” stating, “She committed crimes repeatedly in a sophisticated manner, leading to particularly severe consequences.” In this case, 33 other defendants were also sentenced by the Ho Chi Minh City court, receiving prison terms ranging from 2 to 23 years. Of them, 27 have appealed their sentences, according to state media.

    In her initial trial in April, Lan was found guilty of misappropriating $12.5 billion, though prosecutors claim the total damage from her fraud amounted to $27 billion—equivalent to roughly 6% of Vietnam’s 2023 GDP. Although Lan officially held only a 5% stake in SCB, the court determined she effectively controlled 90% of the bank through family, friends, and employees.

    Tens of thousands of depositors who had savings in SCB lost their money due to the fraud, shocking Vietnam’s communist government and sparking rare public protests by affected victims. Lan’s case is considered the country’s largest financial scandal to date.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026