·

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ पुस २१ देखि खुला

Author

NEPSE TRADING

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ पुस २१ देखि खुला

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) मार्फत साधारण शेयर बिक्रीमा ल्याउने भएको छ। संस्थापक र सर्वसाधारण शेयरधनीबीच ७०ः३० को स्वामित्व अनुपात कायम गर्न लघुवित्तले एफपीओ निष्कासन गर्न लागेको हो।

सारथि लघुवित्त वित्तीय संस्था र विजय लघुवित्तबीच मर्जर सम्पन्न भएपछि लघुवित्तको चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको छ। मर्जरपश्चात संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात ७४.३९ः२५.६१ प्रतिशत कायम भएकाले सो असन्तुलन समायोजन गर्न थप साधारण शेयर सार्वजनिक गर्न लागिएको लघुवित्तले जनाएको छ।

एफपीओअन्तर्गत लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर निष्कासन गर्नेछ। यसबाट संस्थाले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।

शेयर निष्कासन छिटोमा पुस २४ गते र ढिलोमा माघ ५ गतेसम्म खुला रहनेछ। इच्छुक सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

Related News