NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Vijaya Laghubitta to Issue FPO Starting from Poush 21
    विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने
    Top
    1 min read
    Published on December 24, 2025
    NEPSE TRADING

    विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्नेVijaya Laghubitta to Issue FPO Starting from Poush 21

    विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले पुस २१ गतेदेखि थप सार्वजनिक निष्काशन (FPO) जारी गर्ने भएको छ। संस्थापक र सर्वसाधारण शेयरधनीबीच ७०ः३० को शेयर स्वामित्व अनुपात कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो। साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरपछि लघुवित्तको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको छ भने मर्जरपश्चात संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ प्रतिशत र २५.६१ प्रतिशत रहेको थियो। सो अनुपात समायोजन गर्न लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर एफपीओमार्फत निष्काशन गर्न लागेको हो, जसको कुल रकम ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबर हुनेछ।

    एफपीओ निष्काशन पुस २४ गते छिटोमा बन्द हुनेछ भने ढिलोमा माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। इक्रा नेपालबाट गरिएको रेटिङमा लघुवित्तले ‘इक्राएनपी इस्यूअर रेटिङ बी एटदरेट’ प्राप्त गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् भने सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    Vijaya Laghubitta Bittiya Sanstha Limited (VLBS) is set to issue a Further Public Offering (FPO) starting from Poush 21. The microfinance institution is issuing the FPO to maintain a 70:30 shareholding ratio between promoters and the general public. Following the merger between former Naya Sarathi Laghubitta and Vijaya Laghubitta, the company’s paid-up capital reached NPR 745.04 million, with promoter and public shareholding standing at 74.39 percent and 25.61 percent respectively. To rebalance this ratio, the institution is issuing 466,817 ordinary shares at a par value of NPR 100 per share, amounting to a total issue size of NPR 46.68 million.

    The FPO will close as early as Poush 24 and no later than Magh 5. Investors can apply for a minimum of 10 shares and a maximum of 1,000 shares. ICRA Nepal has assigned the company an “ICRANP Issuer Rating B (At Rating),” indicating a high level of risk in meeting its financial obligations on time. NMB Capital Limited has been appointed as the issue and sales manager. Eligible investors can apply through the C-ASBA system via SEBON-authorized banks and financial institutions, as well as through the ‘Mero Share’ online platform developed by CDS and Clearing Limited.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026