NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Vijaya Laghubitta’s FPO Allotment Completed
    विजय लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न, ४६ हजार ६८१ लगानीकर्ताले पाए १०–१० कित्ता
    Investor
    1 min read
    Published on January 20, 2026
    NEPSE TRADING

    विजय लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न, ४६ हजार ६८१ लगानीकर्ताले पाए १०–१० कित्ताVijaya Laghubitta’s FPO Allotment Completed

    काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड ले पुस २१ गतेदेखि पुस २४ गतेसम्म निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) को बाँडफाँट आज बिहान सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमवि क्यापिटल का अनुसार एफपीओमा सहभागी ४६ हजार ६ सय ८१ जना लगानीकर्ताले १०–१० कित्ता शेयर प्राप्त गरेका छन् भने तीमध्ये ७ जनाले थप १–१ कित्ता शेयरसमेत पाएका छन्।

    लगानीकर्ताले एफपीओको नतिजा बिक्री प्रबन्धक एनएमवि क्यापिटल, मेरोसेयर एकाउन्ट तथा सीडीएस एन्ड क्लियरिङ ले सञ्चालन गरेको वेबसाइटमार्फत हेर्न सक्नेछन्। यसका साथै कम्पनीको आधिकारिक वेबसाइटबाट पनि नतिजा सार्वजनिक गरिएको छ।

    एफपीओअन्तर्गत लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर निष्काशन गरेको थियो। यसबाट संस्थाले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखेको थियो।

    संस्थापक र सर्वसाधारण शेयरधनीबीचको स्वामित्व अनुपात ७०ः३० कायम गर्न उद्देश्यले लघुवित्तले एफपीओ निष्काशन गरेको हो। यसअघि सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्तबीच मर्जर सम्पन्न भएपछि संस्थाको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको थियो।

    मर्जरपछि संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात ७४.३९ः२५.६१ प्रतिशत कायम भएकाले उक्त असन्तुलन समायोजन गर्न थप साधारण शेयर निष्काशन गरिएको लघुवित्तले जनाएको छ। एफपीओ बाँडफाँटसँगै संस्थापक–सर्वसाधारण स्वामित्व संरचना नियामकीय मापदण्डअनुसार सन्तुलित हुने अपेक्षा गरिएको छ।

    Kathmandu — Vijaya Laghubitta Financial Institution Limited has completed the allotment of its Follow-on Public Offering (FPO), which was open for subscription from January 4 to January 7 (Poush 21 to Poush 24). According to the issue manager, NMV Capital, the allotment was carried out this morning.

    As per the allotment details, 46,681 applicants have been allotted 10 shares each, while an additional seven investors received one extra share each. The allocation was conducted in accordance with the applicable regulatory framework and oversubscription norms.

    Investors can check their FPO allotment results through the issue manager NMV Capital, their Meroshare accounts, and the website operated by CDS and Clearing. The results are also available on the company’s official website.

    Under the FPO, Vijaya Laghubitta issued a total of 466,817 ordinary shares at a par value of NPR 100 per share. Through this issuance, the institution aims to raise NPR 46.68 million in paid-up capital.

    The microfinance company had launched the FPO to maintain the regulatory ownership ratio of 70 percent promoter shareholding and 30 percent public shareholding. Following the merger between Sarathi Laghubitta Financial Institution and Vijaya Laghubitta, the company’s paid-up capital increased to NPR 745.04 million.

    After the merger, the shareholding ratio stood at 74.39 percent for promoters and 25.61 percent for the general public. The FPO was issued to correct this imbalance and align the ownership structure with regulatory requirements.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026