NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Vikas Hydropower Limited Opens First Phase of IPO from Today (Jestha 6)
    विकास हाइड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओ निष्कासन सुरु, जेठ ६ गतेदेखि आवेदन खुला
    Investor
    1 min read
    Published on May 20, 2025
    NEPSE trading

    विकास हाइड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओ निष्कासन सुरु, जेठ ६ गतेदेखि आवेदन खुलाVikas Hydropower Limited Opens First Phase of IPO from Today (Jestha 6)

    विकास हाइड्रोपावर लिमिटेडले आज (२०७८/०२/०६) देखि पहिलो चरणको आईपीओ निष्कासन तथा बिक्री प्रक्रिया सुरु गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूलाई लक्षित गर्दै आईपीओ जारी गरेको हो।

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृत ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँ बराबरको चुक्तापुँजीमध्ये ४९ प्रतिशत, अर्थात् ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर कम्पनीले निष्कासन गर्न लागेको हो।

    यस चरणमा कम्पनीले कुल ९ लाख ९ हजार १०१ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको छ। तीमध्ये:

    • ३ लाख ६३ हजार ६४० कित्ता गोरखा जिल्लाको धार्चे गाउँपालिका–वडा नं. ४ र ५ (अति प्रभावित क्षेत्र) का स्थायी बासिन्दाका लागि हो।

    • ५ लाख ४५ हजार ४६१ कित्ता धार्चे गाउँपालिकाको वडा नं. १, २, ३, ६ र ७ (प्रभावित क्षेत्र) का बासिन्दाका लागि हो।

    त्यस्तै, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि ३ लाख ५४ हजार ५५० कित्ता साधारण शेयर निष्कासन गरिएको छ। यी शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

    लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

    • आयोजना प्रभावित बासिन्दाका लागि आवेदन खुला रहने म्याद: छिटोमा जेठ २० गते, ढिलोमा असार ४ गतेसम्म।

    • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने जेठ २० गतेभित्र अनिवार्य रूपमा आवेदन दिनुपर्नेछ।

    यस बाहेक, कम्पनीले:

    • ७० हजार ९१० कित्ता शेयर कर्मचारीका लागि,

    • १ लाख ७७ हजार २७५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित राखेको छ।

    • २९ लाख ४२ हजार ७६० कित्ता शेयर भने सर्वसाधारणका लागि आगामी चरणमा निष्कासन गरिनेछ।

    यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा प्रभु क्यापिटल लिमिटेड ले लिएको छ।

    यस आईपीओ मार्फत विकास हाइड्रोपावरले आयोजना वित्तीय व्यवस्थापनलाई बलियो बनाउने र सर्वसाधारणलाई स्वामित्वमा सहभागी गराउने लक्ष्य लिएको जनाएको छ।

    Vikas Hydropower Limited has opened the first phase of its Initial Public Offering (IPO) from Jestha 6, 2082 (May 20, 2025). The company is issuing shares specifically for project-affected local residents and Nepali citizens working abroad.

    The company received approval from the Securities Board of Nepal (SEBON) to issue 49% of its issued capital — totaling NPR 44.54 crore out of the total NPR 90.91 crore — through the IPO. This translates to 44,54,596 units of ordinary shares.

    Out of this, 909,101 shares will be offered to residents affected by the project, at a face value of NPR 100 per share. Among them:

    • 363,640 shares are allocated to highly affected residents of Wards 4 and 5 of Dharche Rural Municipality in Gorkha district.

    • 545,461 shares are allocated to residents of Wards 1, 2, 3, 6, and 7 of the same municipality.

    Similarly, 354,550 shares have been reserved for Nepali citizens working abroad under the foreign employment quota.

    Eligible applicants from both groups can apply for a minimum of 10 units and up to a maximum of 10,000 units of shares.

    • The IPO for project-affected locals will close as early as Jestha 20 and as late as Ashad 4.

    • For Nepalis working abroad, the application deadline is Jestha 20.

    Additionally, the company has:

    • Reserved 70,910 shares for employees, and

    • 177,275 shares for mutual funds.

    The remaining 2,942,760 shares will be issued to the general public in a later phase.

    The issue and sales management of this IPO is being handled by Prabhu Capital Limited.

    Through this IPO, Vikas Hydropower aims to strengthen its financial foundation and promote public ownership in its hydropower project.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026