NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Violent Protests Cause Billions in Economic Losses, Durga Prasai Leads Royalist Rampage
    हिंसात्मक प्रदर्शनले अर्थतन्त्रमा अर्बौंको क्षति, दुर्गा प्रसाईंको नेतृत्वमा राजावादीको उग्रता
    Investor
    2 min read
    Published on March 29, 2025
    NEPSE trading

    हिंसात्मक प्रदर्शनले अर्थतन्त्रमा अर्बौंको क्षति, दुर्गा प्रसाईंको नेतृत्वमा राजावादीको उग्रताViolent Protests Cause Billions in Economic Losses, Durga Prasai Leads Royalist Rampage

    शुक्रबार काठमाडौं उपत्यकामा भएको हिंसात्मक प्रदर्शनले देशको अर्थतन्त्रमा गम्भीर असर पारेको छ। राजसंस्था पुनर्स्थापनाको माग गर्दै सडकमा उत्रिएको समूहको नेतृत्व मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ दुर्गा प्रसाईंले गरेका थिए। प्रदर्शनका क्रममा निजी सम्पत्ति, व्यवसाय, सवारीसाधन र सञ्चारमाध्यममा व्यापक तोडफोड र आगजनी भएपछि स्थिति नियन्त्रणबाहिर पुगेको हो। दुई जनाको ज्यान गएको र सात जना घाइते भएको यो घटनाले देशभर त्रास फैलाएको छ।

    तीनकुने क्षेत्रबाट सुरु भएको प्रदर्शनले छोटो समयमै उग्र रूप लियो। प्रदर्शनकारीले प्रहरीले तोकेको घेरा तोड्ने प्रयास गरेपछि झडप सुरु भएको थियो। प्रहरीमाथि ढुंगामुढा प्रहार भएपछि प्रहरीले अश्रुग्यास र बल प्रयोग गर्नुपरेको प्रहरी स्रोतले बताएको छ। दुर्गा प्रसाईंको गाडीले प्रहरीको अवरोध भत्काउँदै अगाडि बढेपछि प्रदर्शनकारीको हौसला बढेको देखिन्छ। तीनकुने, कोटेश्वर, बानेश्वर, बालकुमारी र नरेफाँट क्षेत्रमा प्रदर्शनकारीले सयौं सवारीसाधनमा आगजनी गरेका छन् भने निजी भवनहरूमा अन्धाधुन्द तोडफोड गरेका छन्।

    प्रदर्शनको निशानामा परेको तीनकुनेस्थित मार्बल हाउसमा आगजनी भएको छ भने त्यसको छेउछाउका अन्य घरहरूमा पनि ढुंगा प्रहारबाट क्षति पुगेको छ।

    हिंसात्मक समूहले भाटभटेनी सुपर स्टोरमा लुटपाट गर्नुका साथै कोटेश्वर र बालकुमारी क्षेत्रका अन्य पसल र घरहरूमा आक्रमण गरेको छ। जडीबुटीस्थित सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा पनि आगजनी भएको छ, जसले सरकारी सम्पत्तिमा समेत ठूलो क्षति पुर्‍याएको छ। यस्तै, अन्नपूर्ण पोस्ट र कान्तिपुर टेलिभिजनको कार्यालयमा तोडफोडको प्रयास भएको छ। सञ्चारमाध्यममाथिको यो आक्रमणले अभिव्यक्ति स्वतन्त्रतामाथि पनि प्रश्न उठाएको छ।

    राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) ५७ खर्ब रुपैयाँभन्दा माथि छ। यस्तो अर्थतन्त्रमा एक दिनको बन्द वा आन्दोलनले कम्तीमा ३ देखि ४ अर्ब रुपैयाँको नोक्सानी हुने अनुमान गरिन्छ। तर, शुक्रबारको प्रदर्शनमा भएको तोडफोड, आगजनी, लुटपाट र सार्वजनिक यातायातको अवरोधको हिसाब जोड्दा यो क्षति अर्बौं रुपैयाँ पुगेको सरकारी अधिकारीहरूको प्रारम्भिक आकलन छ।

    दुर्गा प्रसाईंले विगत लामो समयदेखि बैंकहरूप्रति भ्रामक जानकारी फैलाउँदै ऋण नतिर्ने अभियान चलाउँदै आएका छन्। उनको उक्साहटमा भएको यो हिंसात्मक प्रदर्शनले उनको गतिविधिमाथि थप प्रश्न उठाएको छ। राजसंस्था पुनर्स्थापनाको मागलाई लिएर उनले नेतृत्व गरेको यो आन्दोलनले शान्तिपूर्ण भनिए पनि हिंसात्मक रूप लिएको छ।

    हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले थप सुरक्षा बल परिचालन गरेको छ। गृह मन्त्रालयले घटनाको छानबिन सुरु गरेको जनाएको छ भने दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यद्यपि, यो घटनाले निजी सम्पत्तिको सुरक्षा र देशको आर्थिक स्थायित्वमा गम्भीर चुनौती खडा गरेको छ।

    A wave of violent protests rocked Kathmandu Valley on Friday, inflicting severe damage on the nation’s economy. Led by medical entrepreneur and self-proclaimed "commander" of the Joint People’s Movement Committee, Durga Prasai, the demonstrations demanding the restoration of the monarchy spiraled into chaos, with widespread destruction of private property, businesses, vehicles, and media houses. The unrest claimed two lives and left seven people injured, spreading fear across the country.

    Escalation of Violence

    The protests began in the Tinkune area and quickly escalated into violence. Demonstrators attempted to breach police barricades, leading to clashes. Stones were hurled at security forces, prompting police to respond with tear gas and physical intervention, according to police sources. The situation worsened when Prasai’s vehicle broke through the police cordon, emboldening the crowd. The unrest spread to areas like Koteshwor, Baneshwor, Balkumari, and Narephat, where protesters set fire to hundreds of vehicles and vandalized private buildings indiscriminately.

    The violence kicked off with an attack on the Marble House in Tinkune, where arson left the building in ruins. Nearby properties also suffered significant damage from stone-pelting. Local resident Nayan Pandit described the ordeal: “We were inside our home when the protesters started throwing stones. The outer part of my house is completely destroyed. It’s something we never imagined.”

    Assault on Private Businesses and Media

    The rampaging mob looted the Bhathbateni Super Store and attacked shops and homes in Koteshwor and Balkumari. A government-owned facility, the Herbs Production and Processing Company in Jadibuti, was also torched, causing substantial losses to public property. Media outlets were not spared either, with attempts to vandalize the offices of Annapurna Post and Kantipur Television, raising concerns over press freedom.

    Economic Fallout

    The economic toll of the unrest has been staggering. According to the National Statistics Office, Nepal’s Gross Domestic Product (GDP) exceeds 5.7 trillion rupees. Experts estimate that a single day of shutdown or protest typically costs the economy between 3 to 4 billion rupees. However, Friday’s widespread arson, vandalism, looting, and disruption of public transportation are believed to have pushed the losses into the tens of billions, based on preliminary government assessments.

    Rajesh Kumar Agrawal, President of the Confederation of Nepalese Industries, condemned the violence as unlawful and anarchic. “In a democracy, peaceful protest is a right, but no one has the liberty to destroy private property or engage in looting. This incident has caused immense losses to businesses and posed a serious threat to the nation’s economic stability,” he said.

    Durga Prasai’s Controversial Role

    Durga Prasai has long been a polarizing figure, accused of spreading rumors against banks and encouraging a campaign to default on loans. His leadership in this violent protest has further intensified scrutiny of his actions. While framed as a movement for monarchy restoration, the demonstration’s descent into violence has cast doubt on its intentions and methods.

    Government Response and Next Steps

    To quell the unrest, the government deployed additional security forces across the affected areas. The Home Ministry has announced an investigation into the incidents and vowed strict action against those responsible. However, the events have exposed vulnerabilities in protecting private property and maintaining economic stability amid such upheavals.

    As the dust settles, the nation grapples with the aftermath of a day that not only claimed lives but also dealt a severe blow to its economic and social fabric.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026