NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. What is a Bull Market ?
    बुल बजार के हो ?
    Investor
    3 min read
    Published on July 21, 2024
    Subas Chandra Dhungana

    बुल बजार के हो ? What is a Bull Market ?

    बुल बजार भनेको एक यस्तो बजार हो जहाँ शेयरका मूल्यहरू निरन्तर बढिरहेका हुन्छन्, जसले खरिद गर्न लगानीकर्ताहरूलाई प्रोत्साहित गर्दछ। बजारले २०% भन्दा माथि वृद्धि देखाउँदा यसलाई बुल बजार मानिन्छ। बुल बजारले लगानीकर्ता र कारोबारीहरूमा आत्मविश्वास बढाउँछ र किनमेल गर्न अभिप्रेरित गर्छ।

    बुल बजारको यात्रा

    बुल बजारको यात्रा हिमाल आरोहण जस्तै हो। हिमाल चढ्नु अगाडि आरोहीले आफूलाई त्यहाँको मौसमसँग बानी पार्नुपर्ने हुन्छ, जसलाई बेस क्याम्प भनिन्छ। बजारको बेस क्याम्प भनेको साइडवेयज बजार हो, जहाँ बजारले केहि समय व्यतीत गर्दछ।

    जब बजारले आफ्नो आधार बनाउँछ, अनि बुल बजारको सुरुवात हुन्छ। बजारमा साना-तिना करेक्सनहरू आउँछन्, जसले अर्को र्यालीको लागि तयार गर्छ।

    बुल, बियर र साइडवेयज चक्र

    बुल, बियर र साइडवेयज बजारको चक्र निरन्तर चलिरहन्छ। नेप्सेमा यो चक्र यसरी देखियो:

    1. १९९७-२०००-२००४: बुल ४० महिना, बियर १६ महिना, साइडवेयज २४ महिना।

    2. २००४-२००८-२०१२: बुल ५२ महिना, बियर ३४ महिना, साइडवेयज १० महिना।

    3. २०१२-२०१६-२०१९: बुल ५२ महिना, बियर २९ महिना, साइडवेयज १२ महिना।

    4. २०१९-२०२१-२०२४: बुल २० महिना, बियर १० महिना, साइडवेयज २३ महिना।

    नेप्सेमा बुल बजारको इतिहास

    1. बुल १ (१९९७-२०००): नेप्से १०० बाट ५४५ सम्म पुगेर ४४५% वृद्धि।

    2. बुल २ (२००४-२००८): नेप्से १९५ बाट ११७५ सम्म पुगेर ५०२% वृद्धि।

    3. बुल ३ (२०१२-२०१६): नेप्से ३०० बाट १८८८ सम्म पुगेर ५३०% वृद्धि।

    4. बुल ४ (२०१९-२०२१): नेप्से ११०९ बाट ३१९८ सम्म पुगेर १८८% वृद्धि।

    लिडर कम्पनीहरू

    बुल बजारमा लिडर कम्पनीहरू महत्वपूर्ण भूमिका खेल्छन्। यी कम्पनीहरूले बजारको अन्य कम्पनीहरूभन्दा बढी वृद्धि देखाउँछन्। लिडर कम्पनीहरूलाई फण्डामेन्टल र टेक्निकल विश्लेषणबाट चिनिनु पर्छ। लिडर कम्पनी लामो समय सस्तोमा बस्न सक्दैन।

    केहि बुलिश टिप्सहरु

    १. बुलको भरपुर आनन्द लिन बियरमा आफुलाई तयारी गर्नुपर्छ: - अघिल्लो बुल भित्रका घटनाक्रमलाई सम्झनुहोस्। सबै बुल एकै किसिमका हुँदैनन् तर धेरै समानताहरू हुन्छन्। अघिल्लो बुलमा गरेका गल्तीहरू यो पटक नगर्नुहोस्।

    २. समयसीमा र वृद्धि फरक हुन सक्छ: - बजार जहिले उस्तै किसिमले चल्न खोज्छ तर धेरै लगानीकर्तालाई यो भ्रम हुन्छ कि यो पटक फरक हुनेछ।

    ३. ठिक समयमा पसेर ठिक समयमा निस्कनुहोस्: - बुल बजारमा समयमै पसेर समयमै निस्कन सकिएन भने बुल कागलाई बेल पाक्यो न हर्ष न बिस्मात झैँ हुनेछ।

    ४. विनिङ माइन्डसेट राख्नुहोस्: - आफ्नो प्लानिङ/इन्भेस्टिङ स्ट्राटेजी मात्र होइन, तपाईंमा विनिङ माइन्डसेट छ कि छैन भन्नेले पनि निर्धारण गर्छ।

    ५. उल्टो अवसरको खोजी गर्नुहोस्: - बुल बजारमा बेच्ने र बियर बजारमा किन्ने मौका दिइरहेको हुन्छ तर हामीले उल्टो अवसरको खोजी गर्नुपर्छ।

    ६. टेम्प्लेट बनाउनुहोस्: - किन्ने र बेच्ने आधार स्पष्ट गर्नुपर्ने हुन्छ। आफ्नो किनबेचको जर्नल बनाउनुहोस्।

    ७. वर्स्ट केस सिनारियोको योजना बनाउनुहोस्: - बजारको नतिजा र्यान्डम हुन्छ। वर्स्ट केस सिनारियोको लागि पनि योजना बनाउनुहोस्।

    ८. ट्रेडर/इनभेस्टर के हो भन्ने निर्धारण गर्नुहोस्: - होल्डिङ अवधि र जोखिम क्षमता पहिल्यै निर्धारण गर्नुहोस्।

    ९. बजारलाई प्रेडिक्टभन्दा रिएक्ट गर्नुहोस्: - बजारको चाल अनुसार रिएक्ट गर्न सिक्नुहोस्।

    १०. टेक्निकल र फन्डामेन्टल विश्लेषणको सन्तुलन: - केवल टेक्निकल वा फन्डामेन्टल विश्लेषणमा निर्भर नगर्नुहोस्।

    ११. स्मार्ट मनीलाई पछ्याउनुहोस्: - बिग मनी (स्मार्ट मनी) लाई गाली नगर्नुहोस्, उनीहरुलाई पछ्याउनुहोस्।

    १२. मल्टिब्यागर स्टक खोज्नुहोस्: - मल्टिब्यागर स्टक (लिडर) खोज्न प्रयास गर्नुहोस्।

    १३. स्टप लस राख्नुहोस्: - टार्गेट अघि स्टप लस राखेर मात्र ट्रेड गर्नुहोस्।

    १४. ककरोच इफेक्टलाई फलो गर्नुहोस्: - ककरोच देखिएमा त्यहाँ अरू धेरै हुन सक्छन् भनेजस्तै कुनै सेक्टरको कुनै कम्पनी चलेको छ भने अरू पनि चल्न सक्छन्।

    १५. सप्राइज न्युजलाई अनदेखा गर्नुहोस्: - बुल र्यालीमा आएका सप्राइज न्युजबाट आफु सप्राइज नहुनुहोस्।

    १६. आँखालाई विश्वास गर्नुहोस्: - बाहिर सुनेको हल्ला भन्दा पनि आफ्नो विश्लेषणलाई विश्वास गर्नुहोस्।

    १७. दिमागको कुरा सुन्नुहोस्: - कारोबार गर्दा मनको कुरा होइन दिमागको कुरा सुन्नुहोस्।

    १८. सेक्टर स्विच गर्न जान्नुहोस्: - बुलमा एउटा मात्र सेक्टर चल्ने भन्ने हुँदैन। जुनमा राम्रो स्ट्रेन्थ देखिन्छ, त्यसमा स्विच हुन जान्नुहोस्।

    १९. सुरक्षित इनभेस्टिङ स्ट्राटेजी: - इनभेस्टिङ स्ट्राटेजीलाई सुरक्षित ठानेर ट्रेडिङ स्ट्राटेजीमा प्रयोग नगर्नुहोस्।

    २०. डिसिप्लिन्ड ट्रेडर र धैर्यवान इनभेस्टर: - डिसिप्लिन्ड ट्रेडरले पैसा बनाउँछ भने धैर्यवान इनभेस्टरले सम्पत्ति जोड्छ।

    बुल बजारमा सबै कम्पनीहरू एकै किसिमले बढ्दैनन्। सेक्टर रोटेसनका कारण फरक-फरक समयमा फरक-फरक कम्पनीहरू बढ्न सक्छन्। त्यसैले सहि समयमा सहि कम्पनीहरूमा लगानी गर्नुपर्छ।

    बुल बजारको पूर्ण आनन्द लिनका लागि बियर बजारमा राम्रो तयारी गर्नुपर्छ। याद राख्नुहोस्, बुल बजारमा सफलताका लागि योजना, रणनीति, र सही मानसिकता आवश्यक हुन्छ।

    A bull market is a financial market in which the prices of securities are rising or are expected to rise. It is characterized by a sustained increase in market prices, which encourages investors to buy more. A market is considered a bull market when it rises by 20% or more from recent lows. Bull markets boost investor confidence and motivate them to buy more securities.

    The Journey of a Bull Market

    The journey of a bull market is similar to climbing a mountain. Before ascending, climbers need to acclimatize themselves to the weather conditions at the base camp. In the market, the base camp is a sideways market, where the market spends some time consolidating.

    Once the market establishes its base, the bull market begins. Small corrections may occur, preparing the market for the next rally.

    Bull, Bear, and Sideways Cycles

    The cycles of bull, bear, and sideways markets continuously repeat. In NEPSE (Nepal Stock Exchange), these cycles have been observed as follows:

    • 1997-2000-2004: Bull 40 months, Bear 16 months, Sideways 24 months.

    • 2004-2008-2012: Bull 52 months, Bear 34 months, Sideways 10 months.

    • 2012-2016-2019: Bull 52 months, Bear 29 months, Sideways 12 months.

    • 2019-2021-2024: Bull 20 months, Bear 10 months, Sideways 23 months.

    History of Bull Markets in NEPSE

    1. Bull 1 (1997-2000): NEPSE rose from 100 to 545, an increase of 445%.

    2. Bull 2 (2004-2008): NEPSE rose from 195 to 1175, an increase of 502%.

    3. Bull 3 (2012-2016): NEPSE rose from 300 to 1888, an increase of 530%.

    4. Bull 4 (2019-2021): NEPSE rose from 1109 to 3198, an increase of 188%.

    Leader Companies

    Leader companies play a significant role in a bull market. These companies show greater growth compared to others in the market. They should be identified through fundamental and technical analysis. A leader company does not stay undervalued for long.

    Some Bullish Tips

    1. Prepare in the Bear Market: Recall the events of the previous bull market. Each bull market is different but shares many similarities. Avoid past mistakes.

    2. Time and Growth May Vary: Markets always try to behave similarly, but many investors believe it will be different each time.

    3. Enter and Exit at the Right Time: If you can't enter or exit at the right time, you may miss the opportunity.

    4. Maintain a Winning Mindset: Your investing strategy and winning mindset determine your success.

    5. Look for Opposite Opportunities: The bull market often gives opportunities to sell, and the bear market to buy. Look for the opposite opportunities.

    6. Create a Template: Clearly define your buying and selling criteria. Maintain a journal of your trades.

    7. Plan for Worst Case Scenarios: Market outcomes are random. Have a plan for worst-case scenarios.

    8. Define Trader/Investor Role: Determine your holding period and risk capacity in advance.

    9. React to the Market: Learn to react to market movements rather than predicting them.

    10. Balance Technical and Fundamental Analysis: Do not rely solely on one type of analysis.

    11. Follow Smart Money: Do not criticize big money (smart money); follow them.

    12. Look for Multibagger Stocks: Try to find multibagger stocks (leaders).

    13. Set Stop Loss: Always trade with a stop loss before your target.

    14. Follow the Cockroach Effect: Like seeing one cockroach indicates many more, if one company in a sector is performing well, others may follow.

    15. Ignore Surprise News: Do not get surprised by news during a bull rally.

    16. Trust Your Eyes: Trust your analysis over external noise.

    17. Listen to Your Brain: Use logic over emotions while trading.

    18. Learn to Switch Sectors: Not all sectors perform at the same time. Switch to sectors showing strength.

    19. Use Safe Investing Strategies: Do not use safe investing strategies for trading.

    20. Be a Disciplined Trader and Patient Investor: A disciplined trader makes money, while a patient investor builds wealth.

    Not all companies rise equally in a bull market. Due to sector rotation, different companies may rise at different times. Therefore, it's crucial to invest in the right companies at the right time.

    To fully enjoy a bull market, prepare well during the bear market. Remember, success in a bull market requires planning, strategy, and the right mindset.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026