NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Wholesale Inflation at 2.37%, Consumer Inflation at 1.68% in Shrawan
    साउनमा थोक मुद्रास्फीति २.३७ प्रतिशत, उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशतमा सीमित
    Investor
    1 min read
    Published on September 16, 2025
    NEPSE TRADING

    साउनमा थोक मुद्रास्फीति २.३७ प्रतिशत, उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशतमा सीमितWholesale Inflation at 2.37%, Consumer Inflation at 1.68% in Shrawan

    काठमाडौं, भदौ — नेपालमा आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा मुद्रास्फीति नियन्त्रणमा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.३७ प्रतिशत मात्र रह्यो। गत वर्ष सोही महिनामा यो दर ३.६६ प्रतिशत रहेको थियो।

    समीक्षा अवधिमा उपभोग्य वस्तुको थोक मुद्रास्फीति ६.५७ प्रतिशत रहेको छ। त्यसैगरी, मध्यवर्ती वस्तुमा ०.१२ प्रतिशत र पुँजीगत वस्तुमा २.९६ प्रतिशत को मुद्रास्फीति देखिएको छ। निर्माण क्षेत्रमा प्रयोग हुने सामग्रीतर्फ भने उल्लेखनीय वृद्धि भएको छ, जसमा थोक मूल्य सूचकाङ्क ४.०८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

    यस्तै, २०८२ साउन महिनामा नेपालको उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशत मात्र रहेको छ। गत वर्ष सोही महिनामा यो दर ४.०९ प्रतिशत थियो। मूल्य वृद्धि दर घट्नु उपभोक्ताका लागि राहत मानिएको छ।

    छिमेकी मुलुक भारतमा भने २०२५ अगस्ट महिनामा उपभोक्ता मुद्रास्फीति २.०७ प्रतिशत देखिएको छ। यसरी हेर्दा नेपालमा मुद्रास्फीति भारतभन्दा पनि कम रहँदा हालको अवस्थामा दुवै मुलुकमा मूल्य स्थिरता देखिएको छ।

    अर्थतन्त्रका जानकारहरूका अनुसार थोक मुद्रास्फीति घट्नु आपूर्ति सुधार, कृषि उत्पादन वृद्धि र आयातमा सहजताका कारण हो। तर, निर्माण सामग्री महँगो भइरहनु आगामी महिनामा पूँजीगत खर्च बढ्दा निर्माण लागतमा दबाब सिर्जना हुने सम्भावना रहेको बताइन्छ।
    समग्रमा, थोक र उपभोक्ता दुवै मुद्रास्फीति न्यून स्तरमा सीमित रहनु अर्थतन्त्रको स्थिरताका लागि सकारात्मक संकेत भए पनि उत्पादन र आयातमा निर्भरता कायमै रहेकाले दीर्घकालीन चुनौती कायम नै रहने विश्लेषण गरिएको छ।

    Nepal’s inflation remained largely under control in the first month of FY 2082/83. According to Nepal Rastra Bank, the country’s annual point-to-point wholesale inflation stood at 2.37 percent in Shrawan, down from 3.66 percent in the same month last year.

    Within wholesale inflation, consumer goods recorded 6.57 percent inflation, while intermediate goods rose only 0.12 percent. Capital goods inflation was measured at 2.96 percent. Construction-related materials, however, saw a notable increase, with their wholesale price index rising by 4.08 percent.

    At the consumer level, inflation remained minimal. In Shrawan, Nepal’s annual consumer inflation stood at just 1.68 percent, compared to 4.09 percent in the same month last year. The decline reflects improved supply conditions and stable food prices, offering relief to households.

    In neighboring India, consumer inflation in August 2025 stood at 2.07 percent. This indicates that Nepal’s inflation rate is even lower than India’s, showing relative price stability across the region.

    Economists note that falling wholesale inflation reflects better supply, higher agricultural output, and smoother imports. However, the rise in construction material prices could put upward pressure on infrastructure and capital project costs in the coming months.

    Overall, both wholesale and consumer inflation being at low levels signals short-term macroeconomic stability. Yet, experts caution that Nepal’s heavy reliance on imports and seasonal agricultural outputs continues to pose long-term structural challenges for price stability.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026