Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
14 Sep, 2026
अरुण भ्याली हाइड्रोपावरको २९औं वार्षिक साधारण सभा बस्ने सूचना

अरुण भ्याली हाइड्रोपावरको २९औं वार्षिक साधारण सभा बस्ने सूचनाArun Valley Hydropower: Notice of 29th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on September 14, 2026

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

को

२९औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

प्रथम प्रकाशित मिति २०८३/०५/२९ गते

यस कम्पनीको मिति २०८३/०५/२८ मा बसेको सञ्चालक समितिको बैठक (बैठक संख्या २८-०७) को निर्णय अनुसार कम्पनीको २९औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा देहायका विषयहरूमा छलफल गरि निर्णय गर्न सभा बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनीहरूको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।

वार्षिक साधारण सभा हुने मिति, समय र स्थान:

मिति: २०८३ असोज २७ गते मंगलबार (13th October, 2026)

समय बिहान १०:०० बजे।

स्थान: होटल क्रिस्टल पशुपती, गौशाला, काठमाडौं।

छलफल तथा निर्णयका लागि निर्धारित विषय सूची:

क) सामान्य प्रस्ताव :

  1. अध्यक्षज्यूको मन्तव्य सहितको उन्तीसौं वार्षिक साधारण सभा (आ.व. २०८२/०८३) को प्रयोजनको लागि सञ्चालक समितिले तयार पारेको वार्षिक प्रतिवेदन पारित गर्ने सम्बन्धमा।
  2. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/०८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमा छलफल गरी पारित गर्ने सम्बन्धमा।
  3. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८३/०८४ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा।
  4. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८२/०८३ सम्मको संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ०.२६३ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने सम्बन्धमा।
  5. कम्पनीको लगानी रहेका सहायक कम्पनीहरूले निर्माण गर्ने आयोजनाहरूका लागि कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा।

ख) विशेष प्रस्ताव :

  1. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८२/०८३ सम्मको संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने रकम बराबरको बोनश शेयर वितरण गर्ने सम्बन्धमा।
  2. बोनश शेयर जारी गर्दा खण्डिकृत भएमा खण्डिकृत शेयर सम्बन्धित शेयरधनीको नाममा जगेडा राख्ने सम्बन्धमा।
  3. बोनश शेयर वितरण पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका आवश्यक दफाहरू संशोधन गर्ने सम्बन्धमा।
  4. कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन गरि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत लिने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्नु परेमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा।

वार्षिक साधारण सभा सम्बन्धी जानकारीहरू:

१) शेयरधनीहरूको दस्तखतको लागि शेयरधनी उपस्थिति पुस्तिका बिहान ९:०० बजेबाट खुल्ला गरिनेछ।

२) साधारण सभामा उपस्थित हुने शेयरधनीहरूले आफ्नो परिचय स्पष्ट खुल्ने किसिमको फोटो सहितको कुनै प्रमाण पत्र वा हितग्राही खाता (Demat Account Statement) खोली शेयरको अभौतिकरण गरिएको विवरण देखिने (Demat Account Statement) वा साथमा शेयर प्रमाण पत्र लिई सभामा भाग लिन हुन अनुरोध छ।

३) २९औं वार्षिक साधारण सभा प्रयोजनको लागि मिति २०८३ असोज १३ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द रहनेछ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३ असोज १२ गते सम्म कारोबार भई म्याद भित्र यस कम्पनीको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले मात्र सो सभामा भाग लिन र आ.व. २०८२/०८३ को बोनश तथा नगद लाभांश पाउन योग्य हुनेछन्।

४) साधारण सभामा भाग लिन आफ्नो प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरूले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा वा वार्षिक प्रतिवेदन पुस्तिका अनुसारको प्रतिनिधिपत्र (प्रोक्सी) नियुक्त गर्नु पर्नेछ।

५) एक भन्दा बढी व्यक्तिहरूको संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा सर्वसम्मतबाट प्रतिनिधि चयन गरिएको एक जनाले मात्र वा लगत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन सक्नु हुनेछ। कुनै संगठित संस्था वा कम्पनीले शेयर खरिद गरेको हकमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले शेयरवालाको हैसियतले सभामा भाग लिन सक्नु हुनेछ।

६) कुनै शेयरधनी महानुभावहरूले छलफलका विषयहरू मध्ये विविध शीर्षक अन्तर्गत कम्पनी सम्बन्धी कुनै विषयमा छलफल गर्न/गराउन चाहेमा सभा हुनु भन्दा ७ कार्य दिन अगावै कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रुपमा प्रस्ताव दिनु पर्नेछ। तर त्यस्तो प्रस्ताव साधारण सभामा छलफल वा बहसको रुपमा समावेश गर्ने वा नगर्ने अधिकार सञ्चालक समितिको अध्यक्षमा नीहित हुनेछ।

Arun Valley Hydropower Development Company Limited

Notice of the 29th Annual General Meeting

First Published Date: 2083/05/29

As per the decision of the Board of Directors' meeting (Meeting No. 28-07) of this company held on 2083/05/28, the 29th Annual General Meeting of the company will be held on the following date, time, and venue to discuss and decide on the matters listed below. Therefore, this notice is published for the presence of all shareholders.

Date, Time, and Venue of the Annual General Meeting:

Date: 2083 Ashoj 27, Tuesday (13th October, 2026)

Time: 10:00 AM

Venue: Hotel Crystal Pashupati, Gaushala, Kathmandu.

Agenda Scheduled for Discussion and Decision:

a) Ordinary Resolutions:

1. Regarding the approval of the annual report prepared by the Board of Directors for the purpose of the twenty-ninth Annual General Meeting (F.Y. 2082/083) along with the Chairperson's address.

2. Regarding the discussion and approval of the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement along with other financial statements for the F.Y. 2082/083, together with the Auditor's report.

3. Regarding the appointment of the Auditor for the F.Y. 2083/084 and determination of their remuneration as per Section 111 of the Companies Act, 2063.

4. Regarding the distribution of cash dividend (for tax purposes) amounting to 0.263 percent of the current paid-up capital from the accumulated profit up to F.Y. 2082/083 as proposed by the Board of Directors.

5. Regarding the provision of corporate guarantees for projects constructed by subsidiary companies in which the company has investments.

b) Special Resolutions:

1. Regarding the distribution of bonus shares equivalent to 5 percent of the current paid-up capital from the accumulated profit up to F.Y. 2082/083 as proposed by the Board of Directors.

2. Regarding keeping fractional shares in reserve in the name of the respective shareholder in case fractional shares arise during the issuance of bonus shares.

3. Regarding the necessary amendments to the Memorandum of Association and Articles of Association of the company as the issued and paid-up capital of the company will increase after the distribution of bonus shares.

4. Regarding authorizing the Board of Directors to make necessary additions, deletions, or modifications to the Articles of Association and Memorandum of Association of the company if required during the process of obtaining approval from the Office of the Company Registrar.

Information Regarding the Annual General Meeting:

1) The shareholders' attendance register will be open from 9:00 AM for the signature of shareholders.

2) Shareholders attending the Annual General Meeting are requested to bring a clear photo identity card or a Demat Account Statement showing the dematerialization of shares, or the share certificate to participate in the meeting.

3) For the purpose of the 29th Annual General Meeting, the Shareholder Registration Book will remain closed for one day on 2083 Ashoj 13. Only shareholders registered in the Shareholder Registration Book based on the share transfer documents received by the company's Share Registrar Muktinath Capital Limited, Narayanchaur, Naxal, Kathmandu within the deadline after trading on Nepal Stock Exchange Limited until 2083 Ashoj 12 will be eligible to participate in the meeting and receive the bonus and cash dividend for F.Y. 2082/083.

4) Shareholders wishing to appoint a proxy to attend the meeting on their behalf must appoint a proxy in the format prescribed by the prevailing company law or as per the annual report booklet.

5) In case of joint share registration in the names of more than one person, only one person unanimously selected as a representative or the person whose name is listed first in the register book can participate in the meeting. In the case of shares purchased by a corporate body or company, the representative nominated by such corporate body or company can participate in the meeting in the capacity of a shareholder.

6) If any shareholder wishes to discuss/cause discussion on any matter related to the company under the miscellaneous agenda among the discussion topics, they must submit a written proposal to the Chairperson of the Board of Directors through the Company Secretary at least 7 working days before the meeting. However, the authority to include or not include such proposal for discussion or debate in the Annual General Meeting shall be vested in the Chairperson of the Board of Directors.

Advertisement