Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
9 Oct, 2026
बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको १८ औं वार्षिक साधारण सभा बस्ने सूचना

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको १८ औं वार्षिक साधारण सभा बस्ने सूचनाBuddhabhumi Nepal Hydropower Company: Notice of 18th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on October 9, 2026

१८ औं वार्षिक साधारण सभा बस्ने बारेको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८३/०६/२३ गते)

श्री आदरणीय शेयरधनी महानुभावहरू,

मिति २०८३ असोज २२ गते बिहीबार अपरान्ह ३ बजे बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस कम्पनीको १८औं वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा निम्न प्रस्तावहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएकोले कम्पनी ऐन २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।

सभा हुने मिति, स्थान र समय :

मिति : २०८३ साल कार्तिक २० गते शुक्रबार

स्थान : वालनट बिस्ट्रो, दोचा मार्ग, पानीपोखरी, काठमाडौं

समय : बिहान ११ बजे

१८ औं वार्षिक साधारण सभाका प्रस्तावहरू :

  1. संचालक समितिको तर्फबाट पेश गरेको आ. व. २०८२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने।
  2. लेखा परीक्षकको प्रतिवेदन सहितको २०८३ आषाढ मसान्त सम्मको वासलात तथा सोही मितिमा समाप्त आ. व. २०८२/८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरि पारित गर्ने।
  3. लेखा परीक्षण समितिको सिफारिस बमोजिम आ. व. २०८३/८४ को लागि लेखा परीक्षक नियुक्त गर्ने र नीजको पारिश्रमिक निर्धारण गर्ने।
  4. संचालकहरूको नियुक्ति अनुमोदन गर्ने।
  5. कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने।
  6. वार्षिक साधारण सभाको माईन्यूटमा हस्ताक्षर गर्ने प्रतिनिधिको नियुक्ति गर्ने।
  7. विविध।

संचालक समितिको आज्ञाले

कम्पनी सचिव

वार्षिक साधारण सभा सम्बन्धि जानकारीहरू :

  1. साधारण सभा प्रयोजनका लागि कम्पनीको शेयर दाखिल (शेयर दर्ता पुस्तिका) मिति २०८३/०७/१० गतेका दिन बन्द रहने छ। शेयर दाखिल बन्द हुनु भन्दा अघिल्लो दिन सम्म अर्थात् मिति २०८३/०७/०९ गते सम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम भएका शेयरधनीहरूले उक्त साधारण सभामा भाग लिन, मतदान गर्न पाउने व्यवस्था छ।
  2. कम्पनीको साधारण सभाको सूचना, वार्षिक प्रतिवेदन, वित्तीय विवरण आदि शेयरधनी महानुभावहरूले कम्पनीको वेबसाईट buddhabhumnepalhydro.com.np मा हेर्न र डाउनलोड गर्न सकिने छ।
  3. कम्पनीको कार्यालय महाराजगञ्ज, काठमाडौंमा ४८ घण्टा अगावै प्रोक्सी दर्ता गराई सक्नु पर्ने छ। यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको व्यक्ति कम्पनीको शेयरधनी हुनु आवश्यक छ।
  4. प्रतिनिधि (प्रोक्सी) नियुक्त गरि सक्नु भएको शेयरधनी आफै सभामा उपस्थित भई हाजिरी किताबमा दस्तखत गर्नु भएमा प्रोक्सी दिईएको भएता पनि स्वतः बदर हुनेछ।
  5. एकै शेयरधनीले एक भन्दा बढी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरि प्रोक्सी दिएमा सम्पूर्ण प्रोक्सीहरू स्वतः बदर हुनेछ।
  6. नाबालक वा विक्षिप्त शेयरधनीको तर्फबाट कम्पनीको शेयर लागत किताबमा संरक्षकको रूपमा नाम दर्ता भएको व्यक्तिले सभामा भाग लिन वा प्रतिनिधि तोक्न सक्नुहुनेछ।
  7. शेयरधनीहरूले व्यक्त गरेका मन्तव्य वा प्रश्नहरूको सम्बन्धमा संचालक समितिको तर्फबाट अध्यक्षज्यूले वा अध्यक्षको अनुमति पाएका व्यक्तिले उत्तर दिईने छ।
  8. साधारण सभामा भाग लिन प्रत्येक शेयरधनी महानुभावले सभा हुने स्थानमा उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्ने छ। हाजिरी पुस्तिका बिहान १०:०० बजे देखि सभा समय सम्म खुल्ला रहने छ।
  9. साधारण सभा सम्बन्धि थप जानकारीको लागि कम्पनीको रजिष्टर्ड कार्यालयको फोन नं. ०१-४५३०१५० मा वा यस कम्पनीको शेयर रजिष्ट्रार श्री प्रभु क्यापिटल लिमिटेड, कमलादीमा सम्पर्क गर्न सकिने छ।

Notice regarding the 18th Annual General Meeting

(First Date of Publication: 2083/06/23)

Dear respected Shareholders,

As per the decision of the meeting of the Board of Directors held on Thursday, 2083 Ashoj 22 at 3:00 PM, the 18th Annual General Meeting of this company will be held on the following date, venue, and time to discuss and decide upon the following agendas. Therefore, in accordance with Section 67 of the Companies Act, 2063, this notice is published for the information and attendance of all respected shareholders.

Date, Venue, and Time of the Meeting:

Date: Friday, 2083 Kartik 20

Venue: Walnut Bistro, Docha Marg, Panipokhari, Kathmandu

Time: 11:00 AM

Agendas of the 18th Annual General Meeting:

1. To discuss and approve the Annual Report of the Fiscal Year 2082/83 presented on behalf of the Board of Directors.

2. To discuss and approve the Balance Sheet as of Ashad end, 2083 along with the Auditor's Report, and the Profit and Loss Account and Cash Flow Statement for the Fiscal Year 2082/83 ended on the same date.

3. To appoint the Auditor for the Fiscal Year 2083/84 as per the recommendation of the Audit Committee and to determine their remuneration.

4. To approve the appointment of Directors.

5. To pass the proposal regarding necessary amendments to the Company's Memorandum of Association and Articles of Association, and to authorize the Board of Directors to make necessary adjustments/amendments if any changes or suggestions are received from the regulatory bodies.

6. To appoint a representative to sign the minutes of the Annual General Meeting.

7. Miscellaneous.

By Order of the Board of Directors

Company Secretary

Information regarding the Annual General Meeting:

1. For the purpose of the Annual General Meeting, the Share Register Book of the company will remain closed on 2083/07/10. Shareholders registered in Nepal Stock Exchange Limited until the day before the book closure, i.e., 2083/07/09, are eligible to attend and vote at the Annual General Meeting.

2. Shareholders can view and download the notice of the Annual General Meeting, Annual Report, Financial Statements, etc., from the company's website buddhabhumnepalhydro.com.np.

3. Proxy forms must be registered at the company's office in Maharajgunj, Kathmandu, at least 48 hours prior to the meeting. The person appointed as a proxy must be a shareholder of the company.

4. If a shareholder who has already appointed a proxy attends the meeting in person and signs the attendance register, the proxy appointed shall automatically be cancelled.

5. If a single shareholder appoints more than one proxy, all such proxies shall automatically be cancelled.

6. In the case of minor or mentally incapacitated shareholders, the person registered as the guardian in the company's share register book may attend the meeting or appoint a proxy.

7. The Chairperson or a person authorized by the Chairperson will address the queries or comments raised by the shareholders.

8. To participate in the Annual General Meeting, every shareholder must present themselves at the venue and sign the attendance register. The attendance register will remain open from 10:00 AM until the meeting concludes.

9. For further information regarding the Annual General Meeting, please contact the company's registered office at Phone No. 01-4530150 or the company's Share Registrar, Prabhu Capital Limited, Kamaladi.

Advertisement