
चम्पावती हाइड्रोपावर लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्बन्धी सूचनाChampawati Hydropower Limited: 17th Annual General Meeting Notice
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 23, 2026
चम्पावती हाइड्रोपावर लिमिटेड
नागार्जुन १, काठमाडौँको
१७औं वार्षिक साधारणसभासम्बन्धी सूचना
आदरणीय शेयरधनी महानुभावहरू !
यस कम्पनीको मिति २०८३/०६/०५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको १७औं वार्षिक साधारणसभा देहायका विषयमा छलफल तथा निर्णय गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएकाले सम्पूर्ण शेयरधनी महानुभावको जानकारी एवं उपस्थितिका लागि कम्पनी ऐन, २०६३ को दफा ६७ तथा कम्पनीको नियमावली २०७६ को नियम १८(३) बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।
साधारणसभा बस्ने मिति, समय र स्थान
- मिति : २०८३/०६/२८ गते बुधबार (१४ अक्टोबर, २०२६)
- समय : बिहान ८:३० बजे
- स्थान : अनुपम फुडल्यान्ड, बत्तीसपुतली, काठमाडौँ ।
छलफलका विषयहरू
(क) साधारण प्रस्ताव
- आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदनउपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- लेखापरीक्षणको प्रतिवेदनसहित २०८३ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८२/८३ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितका वित्तीय विवरणउपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- आर्थिक वर्ष २०८३/०८४ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
- सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पुँजी रु ४०,००,००,००० (चालिस करोड)को २० प्रतिशतले हुने रकमबाट नगद लाभांश १६ प्रतिशत ६,४०,००,०००।- अक्षरेपी छ करोड चालीस लाख (नगद तथा बोनस शेयरमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने ।
(ख) विशेष प्रस्ताव
१. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ४०,००,००,००० (चालिस करोड)को ४ प्रतिशतले हुने रकम रु १,६०,००,०००।- अक्षरेपी एक करोड साठी लाख बोनश शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने ।
(ग) विविध ।
आज्ञाले
कम्पनी सचिव
Champawati Hydropower Limited
Nagarjun 1, Kathmandu
Notice regarding the 17th Annual General Meeting
Respected Shareholders!
As per the decision of the Board of Directors meeting of this company held on 2083/06/05, the 17th Annual General Meeting of the company will be held on the following date, time, and venue to discuss and decide on the following matters. This notice is published for the information and attendance of all respected shareholders in accordance with Section 67 of the Companies Act, 2063 and Rule 18(3) of the Company's Articles of Association, 2076.
Date, Time, and Venue of the Annual General Meeting
1. Date: 2083/06/28, Wednesday (14 October, 2026)
2. Time: 8:30 AM
3. Venue: Anupam Foodland, Battisputali, Kathmandu.
Agenda for Discussion
(a) Ordinary Proposals
1. To discuss and approve the Board of Directors' report for the fiscal year 2082/83.
2. To discuss and approve the financial statements including the Balance Sheet as of end of Ashad 2083, Profit and Loss Account, and Cash Flow Statement for the fiscal year 2082/83 along with the Auditor's Report.
3. To appoint the Auditor for the fiscal year 2083/084 and determine their remuneration.
| 4. To approve the proposal to distribute a cash dividend of | 16 | 6,40,00,000 | 20 | 40,00,00,000 |
| (b) Special Proposals | ||||
| 1. To approve the proposal to distribute | 4 | 1,60,00,000 | 40,00,00,000 | |
(c) Miscellaneous.
By Order
Company Secretary