
चम्पावती हाइड्रोपावर लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्बन्धी सूचनाChampawati Hydropower Limited: Notice of 17th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on October 8, 2026
चम्पावती हाइड्रोपावर लिमिटेड
नागार्जुन-१, काठमाडौँको
१७औं वार्षिक साधारण सभासम्बन्धी सूचना
आदरणीय शेयरधनी महानुभावहरू,
यस कम्पनीको मिति २०८३/०६/२१ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार यस अगाडि २०८३ असोज २८ गतेका लागि तय भई स्थगित गरिएको कम्पनीको १७औं वार्षिक साधारण सभा देहायका विषयमा छलफल तथा निर्णय गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावको जानकारी एवं उपस्थितिका लागि कम्पनी ऐन, २०६३ को दफा ६७ तथा कम्पनीको नियमावली २०७६ को नियम १८ (३) बमोजिम यो सूचना प्रकाशित गरिएको छ।
साधारण सभा बस्ने मिति, समय र स्थान
- मिति: २०८३ कात्तिक २० शुक्रवार (६ नोभेम्बर, २०२६)
- समय: बिहान ८:३० बजे
- स्थान: अनुपम फुडल्याण्ड, बत्तीसपुतली, काठमाडौँ।
छलफलका विषयहरू
क) साधारण प्रस्ताव
- आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा।
- लेखापरीक्षणको प्रतिवेदनसहित २०८३ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८२/८३ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने सम्बन्धमा।
- आर्थिक वर्ष २०८३/०८४ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा।
- सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम वितरण योग्य संचित मुनाफाबाट चुक्ता पूँजी रू. ४०,००,००,००० (चालीस करोड) को १६ प्रतिशतले हुने रकम रू. ६,४०,००,०००/- अक्षरुपी छ करोड चालीस लाख (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने।
ख) विविध।
आज्ञाले,
कम्पनी सचिव
Champawati Hydropower Limited
Nagarjun-1, Kathmandu
Notice of the 17th Annual General Meeting
Respected Shareholders,
As per the decision of the Board of Directors' meeting of this company held on 2083/06/21, the 17th Annual General Meeting of the company, which was previously scheduled for 2083 Ashwin 28 and subsequently postponed, will now be held at the following date, time, and venue to discuss and decide on the matters listed below. This notice is published for the information and attendance of all shareholders in accordance with Section 67 of the Companies Act, 2063 and Rule 18 (3) of the Company's Articles of Association, 2076.
Date, Time, and Venue of the General Meeting
1. Date: 2083 Kartik 20 Friday (6 November, 2026)
2. Time: 8:30 AM
3. Venue: Anupam Foodland, Battisputali, Kathmandu.
Agenda for Discussion
A) Ordinary Resolutions
1. To discuss and approve the Board of Directors' report for the fiscal year 2082/83.
2. To discuss and approve the financial statements including the Balance Sheet as of Ashad end 2083, Profit and Loss Account, and Cash Flow Statement for the fiscal year 2082/83 along with the Auditor's Report.
3. To appoint the Auditor for the fiscal year 2083/084 and determine their remuneration.
4. To approve the proposal of the Board of Directors to distribute a cash dividend of 16 percent of the paid-up capital of Rs. 40,00,00,000 (Forty Crore), amounting to Rs. 6,40,00,000/- (in words, Six Crore Forty Lakh only, including tax) from the distributable accumulated profit.
B) Miscellaneous.
By Order,
Company Secretary