Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
18 Sep, 2026
दार्चुला पावर लिमिटेडको दशौँ वार्षिक साधारण सभा बस्ने सूचना

दार्चुला पावर लिमिटेडको दशौँ वार्षिक साधारण सभा बस्ने सूचनाDarchula Power Limited: Notice of 10th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on September 18, 2026

दार्चुला पावर लिमिटेड

थापाथली, काठमाडौं

दशौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०८३ असोज २ गते शुक्रबार)

दार्चुला पावर लिमिटेडको मिति २०८३/०६/०१ मा बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको दशौँ वार्षिक साधारण सभा देहायका विषयहरुमा छलफल तथा निर्णय गर्नको लागि मिति २०८३/०६/२३ गते शुक्रबार बस्ने भएकोहुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई उपस्थितीका लागि यो सूचना प्रकाशित गरिएको छ।

दशौँ वार्षिक साधारण सभा हुने मिति, स्थान र समय:

मिति : २०८३ साल आश्विन २३ गते शुक्रबार (Friday, October 9, 2026)

स्थान : होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौं (Hotel Crystal Pashupati, Gaushala)

समय : विहान १०:०० बजे देखि (10:00 A.M. Onwards)

दशौँ वार्षिक साधारण सभाका छलफलका बिषयहरू :

क) सामान्य प्रस्ताव

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा।

२) कम्पनी ऐन २०६३ को दफा ११३ अनुसार नियुक्त लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२/०८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा।

३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व २०८३/०८४ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा।

ख) विशेष प्रस्ताव

१) कम्पनीको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) सम्बन्धमा।

२) कम्पनीको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गर्नका लागि पूँजी संरचनामा संशोधन सहित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा।

३) कम्पनीले निर्माण तथा विकास गरिरहेको आयोजनाहरुको लागि बैंक तथा वित्तीय संस्थाबाट लिईएको आवश्यक कर्जा कम्पनी ऐनको दफा १०५ (ख) अनुरुप तोकिएको सिमा भन्दा बढी रहेको हुँदा कर्जा अनुमोदन गर्ने तथा आयोजनाहरु विकास, निर्माण तथा संचालनको लागि थप कर्जा आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा।

४) सञ्चालकहरुको बैठक भत्ता, भ्रमण खर्च तथा अन्य पारिश्रमिक अनुमोदन गर्ने सम्बन्धमा।

५) कम्पनीको सहायक कम्पनीहरुमा गरिएको लगानी अनुमोदन गर्ने सम्बन्धमा।

६) कम्पनीको नियमनकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरुमा कम्पनीको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) गर्दा तथा कम्पनी अद्यावधिक गर्दा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन थपघट वा परिमार्जन गर्नुपर्ने भएमा कम्पनीको सञ्चालक समितिलाई आवश्यक कार्य गर्न अख्तियारी प्रदान गर्ने सम्बन्धमा।

ग) विविध।

दशौँ वार्षिक साधारण सभा सम्बन्धी जानकारीहरू:

१) साधारण सभामा उपस्थित हुने शेयरधनीहरुले अनिवार्य रुपमा आफ्नो परिचय स्पष्ट खुल्ने किसिमको फोटो सहितको प्रमाण पत्र तथा यस कम्पनीमा कायम शेयर विवरण वा साथमा शेयर प्रमाण पत्र लिई सभामा भाग लिन हुन अनुरोध छ।

२) शेयरधनीहरुको दरखास्तको लागि शेयरधनी उपस्थिति पुस्तिका विहान ०९:३० बजेबाट खुल्ला गरिनेछ।

३) दशौँ वार्षिक साधारण सभाको प्रयोजनका लागि मिति २०८३ साल आश्विन १६ गतेको अघिल्लो दिनसम्म कायम शेयरधनीहरु मात्र यस आ.व. २०८२/०८३ को यस सभामा भाग लिन योग्य हुनेछन्।

४) साधारण सभामा भाग लिन आफ्नो प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा वा वार्षिक प्रतिवेदन पुस्तिका अनुसारको प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्नुपर्नेछ। तर प्रतिनिधि नियुक्त गर्नु भएका शेयरधनी आफैँ उपस्थित भई हाजिर पुस्तिकामा दस्तखत गरेमा प्रतिनिधिपत्र स्वतःबदर हुनेछ।

५) एक भन्दा बढी व्यक्तिहरुको संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा सर्वसम्मतबाट प्रतिनिधि चयन गरिएको एक जनाले मात्र वा लागत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन सक्नु हुनेछ। कुनै संगठित संस्था वा कम्पनी शेयर खरिद गरेको हकमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले शेयरवालाको हैसियतले सभामा भागलिन सक्नु हुनेछ।

६) कुनै शेयरधनी महानुभावहरुले छलफलका विषयहरू मध्ये विविध शीर्षक अन्तर्गत कम्पनी सम्बन्धी कुनै विषयमा छलफल गर्न/गराउन चाहेमा सभा हुनु भन्दा ७ कार्यदिन अगावै कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रुपमा प्रस्ताव दिनुपर्नेछ। तर त्यस्तो प्रस्ताव साधारण सभामा छलफल वा बहसको रुपमा समावेस गर्ने वा नगर्ने अधिकार सञ्चालक समितिको अध्यक्षमा नीहित हुनेछ।

Darchula Power Limited

Thapathali, Kathmandu

Notice of the 10th Annual General Meeting

(First published date: 2083 Ashwin 2, Friday)

As per the decision of the meeting of the Board of Directors of Darchula Power Limited held on 2083/06/01, the 10th Annual General Meeting of the company is scheduled to be held on 2083/06/23, Friday, to discuss and decide on the following matters. Therefore, all respected shareholders are requested to attend the meeting.

Date, Venue and Time of the 10th Annual General Meeting:

Date: 2083 Ashwin 23, Friday (Friday, October 9, 2026)

Venue: Hotel Crystal Pashupati, Gaushala, Kathmandu

Time: From 10:00 AM onwards (10:00 A.M. Onwards)

Agendas of the 10th Annual General Meeting:

A) Ordinary Resolutions

1) Regarding the presentation, discussion, and approval of the Annual Report of the Fiscal Year 2082/083 by the Chairman on behalf of the Board of Directors.

2) Regarding the discussion and approval of the financial statements including the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement of the Fiscal Year 2082/083 along with the report of the Auditor appointed as per Section 113 of the Companies Act, 2063.

3) Regarding the appointment of the Auditor for the F.Y. 2083/084 and determination of their remuneration as per Section 111 of the Companies Act, 2063.

B) Special Resolutions

1) Regarding the Initial Public Offering (IPO) of the company's ordinary shares.

2) Regarding the necessary amendments to the company's Memorandum of Association and Articles of Association, including amendments to the capital structure, for issuing the Initial Public Offering (IPO) of the company's ordinary shares.

3) Since the necessary loans taken from banks and financial institutions for the projects being constructed and developed by the company exceed the limit specified under Section 105 (b) of the Companies Act, regarding the approval of the loans and authorizing the Board of Directors if additional loans are required for the development, construction, and operation of the projects.

4) Regarding the approval of meeting allowances, travel expenses, and other remunerations of the directors.

5) Regarding the approval of investments made in the subsidiary companies of the company.

6) Regarding authorizing the Board of Directors to carry out necessary tasks if any amendments, additions, or modifications are required in the company's Memorandum of Association and Articles of Association while conducting the Initial Public Offering (IPO) of ordinary shares and updating the company at regulatory bodies such as the Electricity Regulatory Commission, Securities Board of Nepal, Nepal Stock Exchange Limited, Office of the Company Registrar, etc.

C) Miscellaneous.

Information regarding the 10th Annual General Meeting:

1) Shareholders attending the Annual General Meeting are requested to bring a photo identity card clearly revealing their identity and the share details maintained in this company or the share certificate to participate in the meeting.

2) The shareholder attendance register will be open from 09:30 AM for the registration of shareholders.

3) For the purpose of the 10th Annual General Meeting, only the shareholders maintained until the day before 2083 Ashwin 16 will be eligible to participate in this meeting of F.Y. 2082/083.

4) Shareholders wishing to appoint a proxy to attend the Annual General Meeting must appoint a proxy in the format prescribed by the prevailing company law or as per the annual report booklet. However, if the shareholder who has appointed a proxy attends in person and signs the attendance register, the proxy form will be automatically cancelled.

5) In case of shares registered in joint names of more than one person, only one person selected by consensus or the person whose name is mentioned first in the share register can participate in the meeting. In the case of corporate bodies or companies that have purchased shares, the representative nominated by such corporate bodies or companies can participate in the meeting in the capacity of a shareholder.

6) If any respected shareholder wishes to discuss/cause discussion on any matter related to the company under the miscellaneous heading among the discussion topics, a written proposal must be submitted to the Chairman of the Board of Directors through the Company Secretary at least 7 working days before the meeting. However, the authority to include or not include such proposal for discussion or debate in the Annual General Meeting shall be vested in the Chairman of the Board of Directors.

Advertisement