
ग्लोबल आइएमई बैंकको २० औं वार्षिक साधारण सभाको माइन्यूट सूचनाGlobal IME Bank: Minutes of 20th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on October 29, 2026
ग्लोबल आइएमई बैंक लिमिटेड
२० औं वार्षिक साधारण सभाको काम कारवाहीको विवरण (माईन्यूट) कम्पनी ऐन, २०६३ को दफा ७५ (३) को व्यवस्था बमोजिमको सार्वजनिक सूचना
वैधानिक सभा :
कम्पनी ऐन, २०६३ र बैंकको नियमावली बमोजिम बैंकको २० औं वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालज्यूको अध्यक्षतामा निम्न उल्लेखित मिति, स्थान र समयमा बसी देहायका विषयहरु उपर छलफल गरी देहाय बमोजिम निर्णय भयो ।
२. सभाको मिति, स्थान र समय :
मिति : २०८३ साल आश्विन १६ गते शुक्रबार (तदनुसार २, अक्टोबर २०२६)
स्थान : नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौं ।
समय : बिहान ९.०० बजे ।
३. सभाको सूचना :
कम्पनी ऐन, २०६३ को दफा ६७ (२) बमोजिम २० औं वार्षिक साधारण सभा हुने स्थान, मिति, समय र छलफलका विषय खुलाई सभामा उपस्थितिको लागि मिति २०८३/०५/२३ गतेको अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र मिति २०८३/०५/२५ गतेको आर्थिक अभियान राष्ट्रिय दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । साथै, सो सूचनासँगै कम्पनी ऐन, २०६३ को दफा ८४ (४) बमोजिम आ.व. २०८२/८३ को संक्षिप्त वार्षिक आर्थिक विवरण समेत प्रकाशित गरिएको थियो ।
४. छलफलको विषयहरु :
क. सामान्य प्रस्ताव:
१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने वार्षिक प्रतिवेदन पारित गर्ने ।
२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्ने ।
३) बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लि., ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्लोबल आइएमई सेक्यूरिटीज लि. समेतको आ.व. २०८२/८३ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण (Consolidated Financial Statement) पारित गर्ने ।
४) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८२/८३ को मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) स्वीकृत गर्ने ।
५) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८३/८४ को लेखापरीक्षण कार्यका लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
६) स्वतन्त्र सञ्चालकको नियुक्ती सम्बन्धी जानकारी गराउने ।
ख) विशेष प्रस्ताव :
१) संचालक समितिले प्रस्ताव गरे बमोजिम २०८३ साल आषाढ मसान्तसम्म कायम रहेको सञ्चित मुनाफाबाट बैंकको चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने र सोही हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
२) बैंकको प्रबन्धपत्र/नियमावली संशोधनमा नियमनकारी निकायहरुबाट कुनै थपघट वा संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।
ग) विविध ।
सभाको वैधानिकता :
कम्पनी ऐन, २०६३ तथा बैंकको नियमावली बमोजिम सभा बोलाइएको र कम्पनी ऐन ७३ (२) अनुसार साधारण सभाको गणपूरक संख्या बाँडफाँड भएको कुल शेयर संख्याको ५० प्रतिशत भन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी कुल शेयरधनीहरु मध्ये कम्तीमा ३ जना शेयरधनीको उपस्थिति हुनुपर्ने प्रावधान रहेकोमा बैंकको २० औं वार्षिक साधारण सभामा राखिएको शेयरधनी हाजिरी पुस्तिकामा हाजिरी जनाउने शेयरधनीहरुको संख्या १,७९९ भएको र कुल शेयर संख्याको ५१.०२ प्रतिशत रहेकोले साधारण सभाको गणपूरक संख्या पुगेको कम्पनी सचिवले जानकारी गराउनु भयो ।
सभाको निर्णय :
क) सामान्य प्रस्तावहरु :
१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन पारित गर्ने :
संचालक समितिको तर्फबाट अध्यक्षज्यूले २० औं वार्षिक साधारण सभामा प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन छलफल पश्चात् पारित गर्न अध्यक्षज्यूले निर्णयार्थ सभामा प्रस्तुत गर्नु हुँदा उक्त प्रतिवेदन सर्वसम्मतिबाट पारित गरियो । साथै बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आ.व. २०८२/८३ मा प्रदान गरिएको आर्थिक सहायता / चन्दा समेत जम्मा रु. ३,७८,४२,१३६/- (तीन करोड ७८ लाख बयालिस हजार एक सय छत्तीस) सभाले स्वीकृति तथा अनुमोदन गर्यो ।
२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/०८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्ने ।
लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण समेत पारित गरियोस् भनी अध्यक्षज्यूले सभा समक्ष प्रस्ताव पेश गर्नु भएकोमा सभाले सर्वसम्मतिबाट उक्त प्रस्ताव पारित गर्यो ।
३) बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लि., ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्लोबल आइएमई सेक्यूरिटीज लि. समेतको आ.व. २०८२/८३ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण (Consolidated Financial Statement) पारित गर्ने :
बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लि., ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. र ग्लोबल आइएमई सेक्यूरिटीज लि.समेतको आ.व. २०८२/८३ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण (Consolidated Financial Statement) पारित गरियोस् भनी अध्यक्षज्यूले सभा समक्ष प्रस्ताव पेश गर्नु भएकोमा सभाले सर्वसम्मतिबाट उक्त प्रस्ताव पारित गर्यो ।
४) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८२/८३ को मुनाफा समेतबाट चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश (कर सहित) स्वीकृत गर्ने ।
बैंकको चुक्ता पूँजी रु. ३८,११,५८,५२,६१५.८६ (अठतिस् अर्ब एघार करोड अठाउन्न लाख बाउन्न हजार छ सय पन्ध्र र पैसा छ्यासी) को ६.०० प्रतिशत (नगद लाभांश र बोनस शेयरमा लाग्ने कर सहित) अर्थात रु. २,२८,६९,५१,१५६.९६ (दुई अर्ब अठ्याइस करोड उनान्सत्तरी लाख एकाउन्न हजार एक सय छप्पन्न र पैसा छ्यानब्बे) बराबरको नगद लाभांश शेयरधनीहरुलाई वितरण गर्न स्वीकृत गरियोस् भनी अध्यक्षज्यूले सभा समक्ष प्रस्ताव पेश गर्नु भएकोमा सभाले सर्वसम्मतिबाट उक्त प्रस्ताव पारित गर्यो ।
५) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८२/८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने :
कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८३/८४ को लेखापरीक्षण कार्यको लागि एस.ए.आर. एशोसिऐट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई बैंकको लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक समेत निर्धारण गरियोस् भनी अध्यक्षज्यूले सभा समक्ष प्रस्ताव राख्नु भएकोमा सभाले मु.अ.कर बाहेक एकमुष्ठ पारिश्रमिक रु. ४८,००,०००/- (अड्चालिस लाख) दिने गरी एस.ए.आर. एशोसिऐट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई बैंकको लेखापरीक्षकमा नियुक्त गर्न सभाले सर्वसम्मतिबाट स्वीकृति प्रदान गर्यो ।
६) स्वतन्त्र सञ्चालकको नियुक्ति सम्बन्धी जानकारी :
बैंकको स्वतन्त्र सञ्चालकमा मिति २०८३/०२/२९ गतेको सञ्चालक समितिको बैठकको निर्णयानुसार यस बैंकको स्वतन्त्र सञ्चालकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १७ (क) बमोजिमको योग्यता र अनुभव प्राप्त का.जि. का.म.न.पा. वडा नं. १४ बस्ने नेपाल सरकारको पूर्व सचिव श्रीमती बिन्द्रा हाडा भट्टराईलाई नियुक्त गरिएको सभामा जानकारी गराइयो र सभाले निजको नियुक्तिलाई सर्वसम्मतिले स्वीकृति/अनुमोदन गर्यो ।
ख) विशेष प्रस्ताव :
१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०८३ साल आषाढ मसान्तसम्म कायम रहेको सञ्चित मुनाफाबाट बैंकको चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने र सोही हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८३ साल आषाढ मसान्तसम्म कायम रहेको सञ्चित मुनाफा समेतबाट बैंकको चुक्ता पूँजी रु. ३८,११,५८,५२,६१५.८६ को ४ प्रतिशत अर्थात रु. १,५२,४६,३४,१०४.६४ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव स्वीकृत गरियोस् भनी अध्यक्षज्यूले सभा समक्ष प्रस्ताव पेश गर्नु भएकोमा उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गर्यो । साथै खण्डीकृत शेयर पूर्णाकृत नभए सम्म सम्बन्धित शेयरधनीकै नाउँमा यथावत राख्ने निर्णय गरियो । बोनस शेयर जारी पछी बैंकको जारी तथा चुक्ता पूँजी रु. ३९,६४,०४,८६,७२०.५० (उनान्चालिस अर्ब चौसाठ्ठी करोड चार लाख छ्यासी हजार सात सय बिस र पैसा पचास मात्र) कायम गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरियो साथै सोही अनुसार बैंकको प्रबन्धपत्र/नियमावली संशोधन गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख गर्ने गराउने निर्णय भयो ।
प्रबन्धपत्रको दफा ५ (ख) मा देहाय बमोजिम थप तथा संशोधन गर्ने :
बैंकले तत्काल जारी गर्ने शेयर पूँजी रु. ३९,६४,०४,८६,७२०.५० (उनान्चालिस अर्ब चौसाठ्ठी करोड चार लाख छ्यासी हजार सात सय बीस रुपैया र पैसा पचास मात्र) हुनेछ ।
प्रबन्धपत्रको दफा ५ (ग) मा देहाय बमोजिम थप तथा संशोधन गर्ने :
बैंकको तत्काल चुक्ता गर्ने शेयर पूँजी रु. ३९,६४,०४,८६,७२०.५० (उनान्चालिस अर्ब चौसाठ्ठी करोड चार लाख छ्यासी हजार सात सय बीस रुपैया र पैसा पचास मात्र) हुने छ । जारी पूँजी चुक्ता भएको आधारमा चुक्ता पूँजी वृद्धि हुँदै जानेछ ।
२) बैंकको प्रबन्धपत्र/नियमावली संशोधनमा नियमनकारी निकायहरुबाट कुनै थपघट वा संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।
बैंकको प्रबन्धपत्र/नियमावली संशोधनमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै हेरफेर वा संशोधन गर्न सुझाव वा निर्देशन दिएमा सोही बमोजिम गर्ने गरी संचालक समितिलाई अख्तियारी प्रदान गरियोस् भनी अध्यक्षज्यूले प्रस्ताव पेश गर्नु भएकोमा सभाले सर्वसम्मतिबाट स्वीकृत गर्यो ।
धन्यवाद ज्ञापन तथा सभा विसर्जन :
छलफलका लागि प्रस्तावित सम्पूर्ण प्रस्तावहरु सभाबाट पारित भएको घोषणा सहित अध्यक्षज्यूले सभामा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नु भयो ।
Global IME Bank Limited
Details of Proceedings (Minutes) of the 20th Annual General Meeting Public Notice as per Section 75 (3) of the Companies Act, 2006
Statutory Meeting :
In accordance with the Companies Act, 2006 and the Articles of Association of the Bank, the 20th Annual General Meeting of the Bank was held under the chairmanship of the Chairman of the Board of Directors, Mr. Chandra Prasad Dhakal, on the following date, place, and time, discussing the following matters and arriving at the following decisions.
2. Date, Place, and Time of the Meeting :
Date : Friday, Ashwin 16, 2083 (Corresponding to October 2, 2026)
Place : Nepal Police Club, Bhrikutimandap, Kathmandu.
Time : 9.00 AM.
3. Notice of the Meeting :
As per Section 67 (2) of the Companies Act, 2006, a public notice specifying the place, date, time, and agenda of the 20th Annual General Meeting for attendance was published in Annapurna Post National Daily on 2083/05/23 and in Aarthik Abhiyan National Daily on 2083/05/25. Along with the notice, an abridged annual financial statement for F.Y. 2082/83 was also published as per Section 84 (4) of the Companies Act, 2006.
4. Agenda Items :
a. Ordinary Proposals:
1) To adopt the Annual Report presented by the Chairman on behalf of the Board of Directors.
2) To adopt the financial statements including the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement for F.Y. 2082/83 along with the Auditor's Report.
3) To adopt the Consolidated Financial Statement including the financial statements of subsidiary companies Global IME Capital Ltd., Global IME Laghubitta Bittiya Sanstha Limited, and Global IME Securities Ltd. for F.Y. 2082/83.
4) To approve 6 percent cash dividend (including tax purpose) from the profit of F.Y. 2082/83 as proposed by the Board of Directors.
5) To appoint an external auditor for the audit work of F.Y. 2083/84 as per Section 111 of the Companies Act, 2006 and fix their remuneration.
6) To inform regarding the appointment of Independent Director.
b) Special Proposals :
1) To approve the distribution of 4 percent bonus shares of paid-up capital from the retained earnings up to the end of Ashad 2083 as proposed by the Board of Directors, and to increase the issued and paid-up capital to that extent and amend the Memorandum and Articles of Association.
2) To delegate full authority to the Board of Directors to carry out or cause to carry out any additions, deletions, or amendments to the Memorandum and Articles of Association if directed by regulatory bodies.
c) Miscellaneous.
Quorum of the Meeting :
The meeting was convened as per the Companies Act, 2006 and the Articles of Association of the Bank. Pursuant to Section 73 (2) of the Companies Act, shareholders representing more than 50 percent of the total allotted shares out of at least 3 shareholders must be present. The Company Secretary informed that 1,799 shareholders signed the attendance register at the 20th Annual General Meeting, representing 51.02 percent of the total share count, thereby fulfilling the required quorum for the general meeting.
Decisions of the Meeting :
a) Ordinary Proposals :
1) To adopt the Annual Report presented by the Chairman on behalf of the Board of Directors :
After discussion on the Annual Report presented by the Chairman on behalf of the Board of Directors at the 20th Annual General Meeting, the Chairman submitted it for decision, and the report was passed unanimously. Furthermore, the meeting approved and ratified the financial assistance / donations amounting to a total of Rs. 3,78,42,136/- (Three Crore Seventy Eight Lakh Forty Two Thousand One Hundred Thirty Six) provided by the Bank under Corporate Social Responsibility during F.Y. 2082/83.
2) To pass the financial statements including the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement along with the Auditor's Report for the fiscal year 2082/083.
When the Chairperson presented the proposal before the assembly to pass the financial statements including the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement along with the Auditor's Report for the fiscal year 2082/83, the assembly unanimously passed the said proposal.
3) To pass the consolidated financial statements (Consolidated Financial Statement) including the financial statements for the fiscal year 2082/83 of the Bank's subsidiary companies Global IME Capital Ltd., Global IME Laghubitta Bittiya Sanstha Limited, and Global IME Securities Ltd.:
When the Chairperson presented the proposal before the assembly to pass the consolidated financial statements (Consolidated Financial Statement) including the financial statements for the fiscal year 2082/83 of the Bank's subsidiary companies Global IME Capital Ltd., Global IME Laghubitta Bittiya Sanstha Ltd., and Global IME Securities Ltd., the assembly unanimously passed the said proposal.
4) To approve a 6 percent cash dividend (including tax) out of profits, as proposed by the Board of Directors for the fiscal year 2082/83.
When the Chairperson presented the proposal before the assembly to approve the distribution of a cash dividend equal to 6.00 percent (including tax applicable on cash dividend and bonus shares), i.e., Rs. 2,28,69,51,156.96 (Two Billion Two Hundred Eighty-Six Million Nine Hundred Fifty-One Thousand One Hundred Fifty-Six and Paisa Ninety-Six only) out of the Bank's paid-up capital of Rs. 38,11,58,52,615.86 (Thirty-Eight Billion One Hundred Eleven Million Five Hundred Fifty-Eight Thousand Two Hundred Fifty-Six and Paisa Eighty-Six only) to shareholders, the assembly unanimously passed the said proposal.
5) To appoint an Auditor and fix their remuneration for the audit work of fiscal year 2082/83 pursuant to Section 111 of the Companies Act, 2006:
Pursuant to Section 111 of the Companies Act, 2006, as per the recommendation of the Audit Committee, when the Chairperson presented the proposal to appoint S.A.R. Associates, Chartered Accountants as the auditor of the Bank for the audit work of fiscal year 2083/84 and fix their remuneration, the assembly unanimously approved the appointment of S.A.R. Associates, Chartered Accountants as the auditor of the Bank with a lump-sum remuneration of Rs. 48,00,000/- (Forty-Eight Lakhs) excluding VAT.
6) Information regarding the appointment of an Independent Director:
In accordance with the decision of the Board of Directors meeting held on 2083/02/29, information was shared in the assembly regarding the appointment of former Government of Nepal Secretary Mrs. Bindra Hada Bhattarai, residing at Kathmandu District, KMC Ward No. 14, who possesses the qualifications and experience as per Section 17 (a) of the Banks and Financial Institutions Act, 2017, as an Independent Director of the Bank, and the assembly unanimously approved/endorsed her appointment.
B) Special Proposals:
1) To approve the distribution of a 4 percent bonus share out of accumulated profits maintained as of the end of Ashadh 2083, as proposed by the Board of Directors, and to increase the issued and paid-up capital to that extent and amend the Memorandum and Articles of Association.
When the Chairperson presented the special proposal before the assembly to approve the distribution of bonus shares equal to 4 percent of the Bank's paid-up capital of Rs. 38,11,58,52,615.86, i.e., Rs. 1,52,46,34,104.64, out of accumulated profits maintained as of the end of Ashadh 2083 as proposed by the Board of Directors, the said proposal was unanimously approved. Additionally, it was decided to keep fractional shares in the name of the respective shareholders until they are fully integrated. The proposal to maintain the Bank's issued and paid-up capital after the bonus share issuance at Rs. 39,64,04,86,720.50 (Thirty-Nine Billion Six Hundred Forty-Four Million Forty-Eight Thousand Six Hundred Seven Hundred Twenty and Paisa Fifty only) was unanimously approved, and it was decided to amend the Bank's Memorandum/Articles of Association accordingly and record it at the Office of the Company Registrar.
To add and amend Clause 5 (b) of the Memorandum of Association as follows:
The share capital to be issued immediately by the Bank shall be Rs. 39,64,04,86,720.50 (Thirty-Nine Billion Six Hundred Forty-Four Million Forty-Eight Thousand Six Hundred Seven Hundred Twenty Rupees and Paisa Fifty only).
To add and amend Clause 5 (c) of the Memorandum of Association as follows:
The paid-up share capital to be paid immediately by the Bank shall be Rs. 39,64,04,86,720.50 (Thirty-Nine Billion Six Hundred Forty-Four Million Forty-Eight Thousand Six Hundred Seven Hundred Twenty Rupees and Paisa Fifty only). Paid-up capital will increase progressively as issued capital is paid up.
2) To delegate full authority to the Board of Directors to make additions, deletions, or amendments to the Bank's Memorandum/Articles of Association if directed by regulatory authorities.
When the Chairperson presented the proposal to grant full authority to the Board of Directors to make modifications or amendments as suggested or directed by regulatory bodies or offices regarding the amendment of the Bank's Memorandum/Articles of Association, the assembly unanimously approved it.
Vote of Thanks and Adjournment of Meeting:
With the announcement that all proposals presented for discussion were passed by the assembly, the Chairperson expressed gratitude to everyone present and adjourned the meeting.