Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
30 Oct, 2026
ग्रीनेदी इनर्जी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना

ग्रीनेदी इनर्जी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचनाGreenedi Energy Limited: Second Annual General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on October 30, 2026

दोस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८३/०७/१३ गते)

आदरणीय शेयरधनी महानुभावहरु,

यस कम्पनीको मिति २०८३/०७/१० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार देहायका विषयहरुमा छलफल तथा निर्णय गर्न निम्न लिखित मिति, समय र स्थानमा यस कम्पनीको दोस्रो वार्षिक साधारण सभा बस्ने भएकोले कम्पनी ऐन, २०६३ को दफा ६७ (२) अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध गरिन्छ।

सभा हुने मिति, स्थान र समय:

मिति : २०८३ साल मंसिर ०६ गते (तदनुसार नोभेम्बर २२, २०२६), आइतबार।

स्थान : कम्पनीको रजिष्टर्ड कार्यालय, पोखरा कास्की।

समय : बिहान ११:०० बजे।

छलफलका विषयहरु:

(क) सामान्य प्रस्तावहरु:

  1. आ.व. २०८२/०८३ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।
  2. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२/०८३ को वासलात, नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरु छलफल गरी पारित गर्ने।
  3. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तथा नियुक्तीका शर्त तोक्ने।
  4. सञ्चालक समितिको तर्फबाट आ.व. २०८२/०८३ मा भए गरेका निर्णयहरु अनुमोदन गर्ने।

(ख) विशेष प्रस्तावहरु:

  1. धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गर्ने सम्बन्धमा।
  2. धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गर्ने क्रममा नियमनकारी निकाय वा अन्य कारणबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, थपघट परिवर्तनको निर्देशन भएमा सोही बमोजिम थपघट, परिवर्तन या संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने बारे।
  3. उपयुक्त संस्थासँग मर्जर/प्राप्ति (Merger/ Acquisition) मा जाने सम्बन्धमा।

(ग) विविध ।

सञ्चालक समितिको आज्ञाले

कम्पनी सचिव

साधारण सभा सम्बन्धी जानकारी:

Notice Regarding Second Annual General Meeting

(First publication date: 2083/07/13)

Respected Shareholders,

As per the decision of the Board of Directors meeting of this company held on 2083/07/10, the Second Annual General Meeting of this company will be held on the following date, time and venue to discuss and decide on the following subjects. This notice is published for the information of all shareholders pursuant to Section 67 (2) of the Companies Act, 2063.

Date, Venue and Time of Meeting:

Date: 2083 Mangsir 06 (corresponding to November 22, 2026), Sunday.

Venue: Company's Registered Office, Pokhara Kaski.

Time: 11:00 AM.

Agendas for Discussion:

(a) Ordinary Resolutions:

1. To discuss and approve the Board of Directors' report for F.Y. 2082/083.

2. To discuss and approve the Balance Sheet, Profit and Loss Account, Cash Flow Statement for the same period along with the Auditor's Report for F.Y. 2082/083.

3. To appoint an Auditor to conduct the audit for fiscal year 2083/084 pursuant to Section 111 of the Companies Act, 2063, and fix their remuneration and terms of appointment.

4. To endorse the decisions made by the Board of Directors during F.Y. 2082/083.

(b) Special Resolutions:

1. Regarding the issuance of Initial Public Offering (IPO) of securities.

2. To authorize the Board of Directors to make necessary amendments, additions, or modifications to the Memorandum and Articles of Association if directed by regulatory bodies or due to other reasons during the process of issuing the Initial Public Offering (IPO).

3. Regarding going into Merger/Acquisition with suitable institutions.

(c) Miscellaneous.

By Order of the Board of Directors

Company Secretary

Information Regarding General Meeting:

Advertisement