Go Premium — real-time NEPSE signals & analyticsAdvertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
5 Aug, 2026
गृह लक्ष्मी रियल्ट लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्बन्धी सूचना

गृह लक्ष्मी रियल्ट लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्बन्धी सूचनाGriha Laxmi Realty Limited: Notice Regarding 4th AGM

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on August 5, 2026

गृह लक्ष्मी रियल्ट लिमिटेड

का.जि. का. म.न.पा. वडा नं. २, लाजिम्पाट, काठमाडौँ

चौथो वार्षिक साधारण सभा सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति : २०८३/०४/२०

आदरणीय शेयरधनी महानुभावहरू,

यस गृह लक्ष्मी रियल्ट लिमिटेडको सञ्चालक समितिको मिति २०८३/०४/१५ गतेको बैठकको निर्णयानुसार यस कम्पनीको चौथो वार्षिक साधारणसभा निम्न लिखित मिति, समय र स्थानमा देहायका विषयहरू उपर छलफल गरी निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ।

सभा हुने मिति, समय र स्थान:

मिति : २०८३ साल भाद्र ९ गते, मंगलबार (तदनुसार २०२६/०८/२५)

स्थान : कम्पनीको रजिष्टर्ड कार्यालय, का.जि. का. म.न.पा. वडा नं. २, लाजिम्पाट, काठमाडौँ।

समय : बिहानको ११:०० बजे।

छलफलका विषयहरू

क) साधारण प्रस्तावहरू:

१ सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा।

२ आ.व. २०८२/०८३ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आसाढ मसान्त सम्मको वित्तीय विवरण, सोही अवधिको वार्षिक विवरण सँग सम्बद्ध अनुसूची छलफल गरी पारित गर्ने सम्बन्धमा।

३ कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८३/८४ को लागि लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा।

ख) विशेष प्रस्तावहरू:

१ कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा।

२ सर्वसाधारणलाई कम्पनीको साधारण शेयर जारी गर्ने सम्बन्धमा।

३ साधारण शेयर जारी पश्चात् प्राप्त पूँजीको उपयोग सम्बन्धमा।

४ माथि प्रस्ताव गरिए अनुसार कम्पनीको साधारण शेयर जारी गर्ने लगायत सोसँग सम्बन्धित कार्यहरू स्वीकृतिका क्रममा कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियमनकारी निकायहरूबाट कुनै विषय, शर्तहरू लगायतमा संसोधन/फेरबदल गर्न निर्देशन प्राप्त भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन, संशोधन, भाषागत लगायतका अन्य सुधार समेत गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा।

५ सञ्चालकहरूको बैठक भत्ता लगायतका सुविधा निर्धारण गर्ने सम्बन्धमा।

ग) विविध।

सञ्चालक समितिको निर्णयानुसार

कम्पनी सचिव

Griha Laxmi Realty Limited

Kathmandu District, K.M.C. Ward No. 2, Lazimpat, Kathmandu

Notice Regarding the 4th Annual General Meeting

First Date of Publication: 2083/04/20

Dear Shareholders,

In accordance with the decision of the meeting of the Board of Directors of Griha Laxmi Realty Limited held on 2083/04/15, the 4th Annual General Meeting of this company will be held on the following date, time, and location to discuss and decide upon the following agendas. Therefore, all respected shareholders are cordially requested to attend.

Date, Time, and Location of the Meeting:

Date: 2083 Bhadra 9, Tuesday (Corresponding to 2026/08/25)

Location: Registered Office of the Company, Kathmandu District, K.M.C. Ward No. 2, Lazimpat, Kathmandu.

Time: 11:00 AM.

Agendas for Discussion

A) Ordinary Resolutions:

1 Regarding the discussion and approval of the Board of Directors' report for F.Y. 2082/83 to be presented by the Chairman on behalf of the Board of Directors.

2 Regarding the discussion and approval of the financial statements up to Ashadh end 2083 along with the auditor's report for F.Y. 2082/083, and the schedules related to the annual statements of the same period.

3 Regarding the appointment of the auditor for F.Y. 2083/84 pursuant to Section 111 of the Companies Act, 2063 and fixing their remuneration.

B) Special Resolutions:

1 Regarding the amendment of the Memorandum and Articles of Association of the company.

2 Regarding the issuance of ordinary shares to the general public.

3 Regarding the utilization of capital raised after the issuance of ordinary shares.

4 Regarding authorizing the Board of Directors to make necessary additions, modifications, amendments, linguistic and other improvements as required if directives are received from regulatory bodies, including the Office of the Company Registrar, to amend/alter any matters, terms, etc., during the approval process of issuing ordinary shares and related tasks as proposed above.

5 Regarding determining the meeting allowances and other facilities of the directors.

C) Miscellaneous.

By Order of the Board of Directors

Company Secretary

Advertisement