Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementIPO/FPO News
28 Oct, 2026
हिम पर्वत हाइड्रोपावरको आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि शेयर निष्काशन

हिम पर्वत हाइड्रोपावरको आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि शेयर निष्काशनHim Parbat Hydropower IPO Issue for Project Affected Locals & Foreign Employed Nepalese

वर्ग:Category:
IPO/FPO News
प्रकाशित मिति:Published:
Published on October 28, 2026

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र विदेशमा बसी रोजगार गरी रहेका नेपालीहरूको निमित्त साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरिएको बारे सूचना

हिम पर्वत हाइड्रोपावर लिमिटेडले कम्पनीले आफ्नो जारी पूँजी रु. १,६९,००,००,०००/- (अक्षरेपी एक अर्ब उनान्सत्तरी करोड मात्र) को ३५% अर्थात रु. ५९,१५,००,०००/- (अक्षरेपी उनान्साठी करोड पन्ध्र लाख मात्र) रकम बराबर प्रति शेयर रु. १००/- अंकित मूल्यको ५९,१५,००० (उनान्साठी लाख पन्ध्र हजार) कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि छुट्ट्याएको मध्ये जारी पूँजीको १०% अर्थात रु. १६,९०,००,०००/- (अक्षरेपी सोह्र करोड नब्बे लाख मात्र) रकम बराबरको रु. १००/- अंकित दरको १६,९०,००० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई देहायको तालिका बमोजिम तथा बाँकी रहेको २५% अर्थात रु. ४२,२५,००,०००/- (अक्षरेपी बयालिस करोड पच्चिस लाख मात्र) रकम बराबरको रु. १००/- अंकित दरको ४२,२५,००० कित्ता शेयरको १०% अर्थात ४,२२,५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरी रहेका नेपालीहरुको लागि आज मिति २०८३ कात्तिक ११ गते बुधबारदेखि निष्काशन तथा बिक्री खुल्ला गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई छुट्ट्याएको शेयर सम्बन्धी विवरण

अति प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ : जारी पूँजीको १०% को ६०% अर्थात १०,१४,००० कित्ता

प्रभावित क्षेत्र माथि उल्लेखित गाउँपालिकाका वडाहरु बाहेक दुबै गाउँपालिकाका अन्य वडाहरु : जारी पूँजीको १०% को ४०% अर्थात ६७६,००० कित्ता

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई छुट्ट्याएको शेयर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि

दरखास्त दिनुपर्ने न्यूनतम शेयर संख्या : १० कित्ता

दरखास्त दिन पाउने अधिकतम शेयर संख्या : १०,००० कित्ता

विदेशमा बसी रोजगार गरी रहेका नेपालीहरुका लागि

दरखास्त दिनुपर्ने न्यूनतम शेयर संख्या : १० कित्ता

दरखास्त दिन पाउने अधिकतम शेयर संख्या : १०,००० कित्ता

दरखास्तसाथ भुक्तानी गर्नुपर्ने रु. १००/- प्रति शेयरको दरले

विवरण पत्र हेर्न तथा प्राप्त गर्न सकिने स्थान :

क्र.सं. विवरण पत्र हेर्न तथा प्राप्त गर्न सकिने स्थान :

१ सिटिजन्स क्यापिटल लिमिटेड, डिल्लीबजार, काठमाडौं र वेभसाइट : www.citizenscapital.com.np

२ हिम पर्वत हाइड्रोपावर लिमिटेड, वडा नं. ११, त्रिपुरेश्वर, काठमाडौं र वेभसाइट : www.himparbathydro.com.np

साथै, नेपाल धितोपत्र बोर्डको वेभसाइट : www.sebon.gov.np बाट समेत यस निष्काशनको स्वीकृत विवरणपत्र हेर्न सकिनेछ ।

दरखास्त फाराम प्राप्त गर्ने र बुझाउने स्थान : वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि

क्र.सं. दरखास्त फाराम प्राप्त गर्ने र बुझाउने स्थान : वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि

१ नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो शेयर" (Mero Share) अनलाईन प्रयोग गरि सि-आश्वा प्रणाली मार्फत आवेदन दिन सकिने छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि देहाय बमोजिमका स्थानहरुबाट भौतिक रुपमा दरखास्त फाराम लिने व्यवस्था गरिएको छ :

क्र.सं. संकलन केन्द्रको नाम र ठेगाना

१ नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, सिंगटी शाखा, दोलखा

२ सिन्धु विकास बैंक लिमिटेड, सिंगटी शाखा, दोलखा

३ लक्ष्मी सनराइज बैंक लिमिटेड, सुनखानी एक्सटेन्सन काउन्टर, दोलखा

४ प्रभु बैंक लिमिटेड, सिंगटी शाखा, दोलखा

५ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, चरिकोट शाखा, दोलखा

भविष्यमा आवश्यकता अनुसार नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएर अन्य संकलन केन्द्रहरु थप गर्न सकिनेछ ।

आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु तथा कालिन्चोक गाउँपालिकामा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाले शेयर खरीद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम वापत रु. २/- (दुई रुपैयाँ) शुल्क बुझाउनु पर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि दरखास्त फाराम हिम पर्वत हाइड्रोपावर लिमिटेडको वेभसाइट : www.himparbathydro.com.np तथा सिटिजन्स क्यापिटल लिमिटेडको वेभसाइट : www.citizenscapital.com.np बाट समेत डाउनलोड गर्न सकिन्छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि साधारण शेयरको बिक्री खुल्ला अवधि

निष्काशन खुल्ला मिति : २०८३/०७/११

निष्काशन बन्द हुने मिति (छिटोमा) : २०८३/०७/२५ (बैकिङ्ग समय पश्चात्)

निष्काशन बन्द हुने मिति (ढिलोमा) : २०८३/०८/१० (बैकिङ्ग समय पश्चात्)

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण शेयरको बिक्री खुल्ला अवधि

निष्काशन खुल्ला मिति : २०८३/०७/११

निष्काशन बन्द हुने मिति (छिटोमा) : २०८३/०७/१६ (बैकिङ्ग समय पश्चात्)

निष्काशन बन्द हुने मिति (ढिलोमा) : २०८३/०७/२५ (बैकिङ्ग समय पश्चात्)

कम्पनीको संक्षिप्त वित्तीय विवरण :

वास्तविक

विवरण आ.व. २०८०/८१ आ.व. २०८१/८२
प्रति शेयर नेटवर्थ (रु.)९९.७३९९.६८
प्रति शेयर आम्दानी (रु.)०.००(०.०५)
संचित नाफा/नोक्सान (रु. हजारमा)-३,०००-३,५६५
प्रक्षेपित
विवरण आ.व. २०८२/८३ आ.व. २०८३/८४ आ.व. २०८४/८५ आ.व. २०८५/८६
प्रति शेयर नेटवर्थ (रु.)११५.०५१२१.१११३२.०६१४६.१६
प्रति शेयर आम्दानी (रु.)१५.४८१५.१७२२.९५२६.१०
संचित नाफा/नोक्सान (रु. हजारमा)१६५,२७४३५६,७४२५४९,८४५७८०,९०८

आयोजनाको नाम विद्युत उत्पादन क्षमता कुल लागत प्रति मे.वा. लागत विद्युत उत्पादन अनुमतिको बाँकी अवधि सम्बन्धी विवरण लगानी फिर्ता हुने अवधि (Pay Back Period) साधारण (Normal) डिस्काउन्टमा (Discounted)

साँगू खोला जलविद्युत आयोजना२०६.०९९.०८
साँगू खोला-१ जलविद्युत आयोजना५.५६.२९९.५६

अनुमतिपत्रको अवधि समाप्त भएपछि विद्युत ऐन, २०४९ मा भएको व्यवस्था र सोमा समय समयमा हुने संशोधन अनुसार आयोजना चालु हालतमा निःशुल्क नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।

रेटिङ्ग सम्बन्धी व्यवस्था

स्वीकृत विवरणपत्र अनुसार निष्काशन गरिने साधारण शेयरको लागि “धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३” (तेस्रो संशोधन सहित) मा भएको व्यवस्था बमोजिम कम्पनीले इश्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लि., डिल्लीबजार, काठमाडौंबाट क्रेडिट रेटिङ्ग गराई मिति १३/०८/२०२६ मा "[ICRANP-IR] BB+" प्राप्त गरेको छ । [ICRANP-IR] BB+ (Pronounced as ICRANP Issuer Rating Double B Plus) ले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता औसत जोखिम "Moderate Risk of Default Regarding Timely Servicing of Financial Obligations" रहेको जनाउँदछ । ईक्रा नेपाल लिमिटेडले "[ICRANP- IR] AAA" देखि "[ICRANP- IR] D" सम्मको रेटिङ्ग प्रदान गर्दछ । जसमा रेटिङ्ग "[ICRANP- IR]AAA" ले बलियो आधार जनाउँछ भने "[ICRANP- IR]D" ले कमजोर आधार जनाउँछ ।

रेटिङ्ग प्रदान गरेको मिति : १३/०८/२०२६

रेटिङ्ग बहाल रहने मिति : १३/०८/२०२७

लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिँदा अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरेको विवरणपत्र पढी आफ्नो स्वविवेकले दरखास्त दिनुहुन अनुरोध गर्दछौँ ।

Notice Regarding Opening of Public Issue and Sale of Shares for Local Residents of Project-Affected Area and Foreign Employed Nepalese

Him Parbat Hydropower Limited hereby informs all concerned that out of thirty-five percent of its issued capital Rs. 1,69,00,00,000/- (In words, One Billion Six Hundred Ninety Million Rupees only), amounting to Rs. 59,15,00,000/- (In words, Fifty-Nine Crore Fifteen Lakh Rupees only) equivalent to 59,15,000 (Fifty-Nine Lakh Fifteen Thousand) units of ordinary shares allocated for the general public, ten percent of the issued capital amounting to Rs. 16,90,00,000/- (In words, Sixteen Crore Ninety Lakh Rupees only) equivalent to 16,90,000 units at par value of Rs. 100/- each for local residents of project-affected area as per the table below, and out of the remaining twenty-five percent amounting to Rs. 42,25,00,000/- (In words, Forty-Two Crore Twenty-Five Lakh Rupees only) equivalent to 42,25,000 units of ordinary shares, ten percent amounting to 4,22,500 units of ordinary shares for Nepalese currently employed abroad after obtaining labor approval from relevant agencies of the Government of Nepal, are issued and opened for sale with effect from today, Wednesday, Kartik 11, 2083.

Details Regarding Shares Allocated to Local Residents of Project-Affected Area

Severely Affected Area Dolakha District, Bigu Rural Municipality Ward No. 5, 6, 7 and 8 and Kalinchowk Rural Municipality Ward No. 2, 3 and 4: 60% of 10% of Issued Capital, equivalent to 10,14,000 units

Affected Area All other wards of both Rural Municipalities except the wards mentioned above: 40% of 10% of Issued Capital, equivalent to 6,76,000 units

The share allocation for project-affected local residents is in accordance with the Environmental Impact Assessment Report.

For Local Residents of Project-Affected Area

Minimum shares to apply for: 10 units

Maximum shares to apply for: 10,000 units

For Nepalese Currently Employed Abroad

Minimum shares to apply for: 10 units

Maximum shares to apply for: 10,000 units

Payment to be made along with application at the rate of Rs. 100/- per share

Location to view and obtain Prospectus:

S.N. Location to view and obtain Prospectus:

1 Citizens Capital Limited, Dillibazar, Kathmandu and Website: www.citizenscapital.com.np

2 Him Parbat Hydropower Limited, Ward No. 11, Tripureshwor, Kathmandu and Website: www.himparbathydro.com.np

Additionally, the approved prospectus for this issue can also be viewed at the Securities Board of Nepal website: www.sebon.gov.np.

Location to obtain and submit Application Form: For Nepalese in Foreign Employment

S.N. Location to obtain and submit Application Form: For Nepalese in Foreign Employment

1 Applications can be submitted through C-ASBA system using "Mero Share" online software developed by CDS and Clearing Limited, through all ASBA member banks and financial institutions approved by the Securities Board of Nepal and their designated branch offices.

Arrangements have been made to obtain application forms physically from the following locations for residents of the project-affected area:

S.N. Collection Center Name and Address

1 Nepal Investment Bank Limited, Singati Branch, Dolakha

2 Sindhu Bikas Bank Limited, Singati Branch, Dolakha

3 Laxmi Sunrise Bank Limited, Sunkhani Extension Counter, Dolakha

4 Prabhu Bank Limited, Singati Branch, Dolakha

5 Citizens Bank International Limited, Charikot Branch, Dolakha

In the future, additional collection centers may be added upon informing the Securities Board of Nepal as necessary.

Local residents permanently residing in Bigu and Kalinchowk Rural Municipalities of Dolakha District in the project-affected area must pay a fee of Rs. 2/- (Two Rupees) for obtaining the share application form. Application forms for residents of the project-affected area can also be downloaded from the website of Him Parbat Hydropower Limited: www.himparbathydro.com.np and the website of Citizens Capital Limited: www.citizenscapital.com.np.

Public Issue Opening Period of Ordinary Shares for Locals of Project Affected Area

Issue Open Date : 2083/07/11

Issue Close Date (Earliest) : 2083/07/25 (After banking hours)

Issue Close Date (Latest) : 2083/08/10 (After banking hours)

Public Issue Opening Period of Ordinary Shares for Nepalese Employed Abroad

Issue Open Date : 2083/07/11

Issue Close Date (Earliest) : 2083/07/16 (After banking hours)

Issue Close Date (Latest) : 2083/07/25 (After banking hours)

Brief Financial Information of the Company :

Actual

Details F.Y. 2080/81 F.Y. 2081/82

Net Worth Per Share (Rs.)99.7399.68
Earnings Per Share (Rs.)0.00(0.05)
Retained Earnings/Loss (Rs. in thousand)-3,000-3,565

Projected

Details F.Y. 2082/83 F.Y. 2083/84 F.Y. 2084/85 F.Y. 2085/86

Net Worth Per Share (Rs.)115.05121.11132.06146.16
Earnings Per Share (Rs.)15.4815.1722.9526.10
Retained Earnings/Loss (Rs. in thousand)165,274356,742549,845780,908

Project Name Electricity Generation Capacity Total Cost Per MW Cost Details of Remaining Electricity Generation License Period Investment Pay Back Period Normal Discounted

Sangu Khola Hydropower Project206.099.08
Sangu Khola-1 Hydropower Project5.56.299.56

After expiry of the license period, as per the Electricity Act, 2049 and its amendments from time to time, the project will be handed over to the Government of Nepal in running condition free of cost.

Rating Provision

According to the approved prospectus, as per the provision in the "Securities Registration and Issue Regulations, 2073" (including the Third Amendment), the company required an Issuer Rating. Thus, as per the provision in Rule 3 of the "Credit Rating Regulations, 2068", credit rating was conducted by ICRA Nepal Ltd., Dillibazar, Kathmandu, obtaining "[ICRANP-IR] BB+" on date 13/08/2026. [ICRANP-IR] BB+ (Pronounced as ICRANP Issuer Rating Double B Plus) indicates that the company's financial obligation carrying capacity is at moderate risk "Moderate Risk of Default Regarding Timely Servicing of Financial Obligations". ICRA Nepal Limited provides ratings from "[ICRANP- IR] AAA" to "[ICRANP- IR] D". Where rating "[ICRANP- IR]AAA" indicates strong fundamentals while "[ICRANP- IR]D" indicates weak fundamentals.

Rating Issued Date : 13/08/2026

Rating Validity Date : 13/08/2027

Investors are requested to apply at their own discretion only after compulsorily reading the prospectus prepared for the said issue when applying for public issue of securities through written or electronic medium.

Advertisement