Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
5 Oct, 2026
हिमालय उर्जा विकास कम्पनीको २६औं वार्षिक साधारण सभा बस्ने सूचना

हिमालय उर्जा विकास कम्पनीको २६औं वार्षिक साधारण सभा बस्ने सूचनाHimalaya Urja Bikas Company: 26th Annual General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on October 5, 2026

छब्बीसौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति-२०८३-०६-१९)

आदरणीय शेयरधनी महानुभावहरु,

यस कम्पनीको मिति २०८३ असोज १८ मा बसेको सञ्चालक समितिको १३४ औं बैठकको निर्णयानुसार कम्पनीको वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा देहायका विषयहरूमा छलफल गर्न बस्ने भएको हुँदा सबै शेयरधनी महानुभावहरूको उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।

वार्षिक साधारण सभा हुने मिति, स्थान र समय:

मिति - २०८३ कार्तिक १६ गते, सोमबार (Nov 2, 2026)

समय - बिहानको ११ बजे

स्थान - अर्पण बैंक्वेट, थापागाउँ, नयाँबानेश्वर, काठमाडौँ ।

छलफलका विषयहरु:

क) सामान्य प्रस्तावहरु

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/०८३ को वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।

३) आ.व.२०८३/०८४ को लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक सम्बन्धमा ।

४) सञ्चालकको पारिश्रमिक घटाइएको सम्बन्धमा ।

५) बाँकी अवधिका लागि भएको स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने सम्बन्धमा ।

ख. विविध

वार्षिक साधारण सभासम्बन्धी सामान्य जानकारी :

१) साधारण सभा प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता किताब मिति २०८३।०६।२८ गतेलाई मानिएको छ ।

२) नेपाल स्टक एक्सचेन्जमा मिति २०८३।०६।२७ गते सम्म शेयर कारोबार गरी नामसारीमा आएका शेयरधनीहरू मात्र सभामा भाग लिन तथा मतदानका लागि योग्य हुनेछन् ।

३) वार्षिक साधारणसभामा भाग लिन आउनु हुने शेयरधनी महानुभावहरुले आफ्नो परिचय खुल्ने प्रमाण कागज तथा हितग्राही खाता खोलि शेयर अभौतिकीकरण गरिएको विवरण देखिने DEMAT Account Statement वा शेयर प्रमाणपत्र साथमा लिई आउनुहुन अनुरोध छ, अन्यथा सभाकक्ष भित्र प्रवेश गर्न पाइने छैन ।

४) शेयरधनीहरूको दस्तखतका लागि शेयरधनी उपस्थिति पुस्तिका बिहान १०:०० बजेबाट खुल्ला गरिनेछ ।

५) उपस्थित गणपुरक संख्या सभा सञ्चालनको निमित्त निर्दिष्ट सङ्ख्यानुसार पर्याप्त भएमा मात्र सभा सञ्चालन हुने छ ।

६) साधारण सभामा भाग लिन आफ्नो प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरूले प्रचलित कम्पनी ऐनको ढाँचामा वा वार्षिक प्रतिवेदन पुस्तिका अनुसारको प्रतिनिधि पत्र (प्रोक्सी) नियुक्त गर्नुपर्नेछ । यस्तो प्रोक्सी फाराम साधारण सभा हुनु भन्दा ४८ घण्टा अगावै कम्पनीको प्रधान कार्यालयमा पेश गरी सक्नुपर्ने छ । एकै शेयरधनीले एकभन्दा बढी प्रतिनिधि (प्रोक्सी) मुकरर गर्नु भएमा जुन मुकरित प्रोक्सि कम्पनीको रजिष्टर्ड कार्यालयमा पहिला प्राप्त भई दर्ता हुन्छ सो मात्र मान्य हुनेछ र त्यो बाहेकको प्रोक्सी मान्य हुने छैन तर प्रतिनिधि नियुक्त गर्नु भएका शेयरधनी आफैँ उपस्थित भएमा प्रतिनिधि पत्र (प्रोक्सी) स्वतः बदर हुनेछ ।

७) कुनै संगठित संस्था वा कम्पनीले शेयर खरिद गरेको हकमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले शेयरवालाको हैसियतले सभामा भाग लिन सक्नेछन् ।

८) कुनै शेयरधनी महानुभावहरूले छलफलका विषयहरू विविध शीर्षकअन्तर्गत कम्पनी सम्बन्धी कुनै विषयमा छलफल गर्न/गराउन चाहेमा सभा हुनुभन्दा ७ दिन अगावै कम्पनी सचिवमार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रूपमा प्रस्ताव दिनुपर्ने छ । तर त्यस्तो प्रस्ताव साधारण सभामा छलफल वा पारित गर्नका लागि समावेश गर्ने वा नगर्ने अधिकार सञ्चालक समितिको अध्यक्षमा निहित हुनेछ ।

९) साधारण सभासम्बन्धी थप जानकारी आवश्यक परेमा कार्यालय समय भित्र कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा.-३२, सुविधानगर, तिनकुने, काठमाडौँमा सम्पर्क राख्नुहुन अनुरोध छ ।

सञ्चालक समितिको आज्ञाले

कम्पनी सचिव

Notice Regarding the 26th Annual General Meeting

(First published date-2083-06-19)

Dear Shareholders,

As per the decision of the 134th meeting of the Board of Directors of this company held on Ashoj 18, 2083, the Annual General Meeting of the company is scheduled to be held on the following date, time, and venue to discuss the matters listed below. Therefore, this notice is published for the presence of all respected shareholders.

Date, Venue, and Time of the Annual General Meeting:

Date - Kartik 16, 2083, Monday (Nov 2, 2026)

Time - 11:00 AM

Venue - Arpan Banquet, Thapagaun, New Baneshwor, Kathmandu.

Agenda for Discussion:

A) Ordinary Resolutions

1) Regarding the presentation, discussion, and approval of the Annual Report of the Fiscal Year 2082/083 by the Chairman on behalf of the Board of Directors.

2) Regarding the discussion and approval of the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement along with other financial statements of the Fiscal Year 2082/083 together with the Auditor's Report.

3) Regarding the appointment of the Auditor for the Fiscal Year 2083/084 and fixing their remuneration.

4) Regarding the reduction of the Director's remuneration.

5) Regarding the approval of the appointment of an Independent Director for the remaining tenure.

B) Miscellaneous

General Information Regarding the Annual General Meeting:

1) For the purpose of the Annual General Meeting, the Shareholder Registration Book of the company shall remain closed on 2083।06।28.

2) Only those shareholders who have traded shares on the Nepal Stock Exchange and have their names registered in the shareholder register by 2083।06।27 will be eligible to attend and vote at the meeting.

3) Shareholders attending the Annual General Meeting are requested to bring identity-disclosing documents and a DEMAT Account Statement showing dematerialized shares or share certificates, otherwise entry into the meeting hall will not be permitted.

4) The attendance register for shareholders' signatures will be open from 10:00 AM.

5) The meeting will proceed only if the quorum present meets the specified number required for conducting the meeting.

6) Shareholders wishing to appoint a proxy to attend the Annual General Meeting must appoint a proxy in the format prescribed by the prevailing Companies Act or as per the Annual Report booklet. Such proxy form must be submitted to the registered office of the company at least 48 hours before the commencement of the Annual General Meeting. If a single shareholder appoints more than one proxy, only the proxy first received and registered at the registered office of the company will be valid, and other proxies will not be recognized. However, if the shareholder who appointed the proxy attends in person, the proxy form shall automatically be cancelled.

7) In the case of shares purchased by a corporate body or company, the representative nominated by such corporate body or company may participate in the meeting in the capacity of a shareholder.

8) If any shareholder wishes to discuss/raise any matter related to the company under the miscellaneous agenda, they must submit a written proposal to the Chairman of the Board of Directors through the Company Secretary at least 7 days prior to the meeting. However, the authority to include or exclude such proposal for discussion or approval in the Annual General Meeting shall vest in the Chairman of the Board of Directors.

9) For further information regarding the Annual General Meeting, please contact the registered office of the company at K.M.C.-32, Subidhanagar, Tinkune, Kathmandu during office hours.

By Order of the Board of Directors

Company Secretary

Advertisement