
काबेली हाइड्रोपावर कम्पनीको पाँचौँ वार्षिक साधारण सभा आह्वानKabeli Hydropower Company Calls 5th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on August 23, 2026
को
पाँचौ वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३/०५/०६ गते)
श्री आदरणीय शेयरधनीमहानुभावहरु,
यस काबेली हाइड्रोपावर कम्पनी लिमिटेडको मिति २०८३/०५/०३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस कम्पनीको पाँचौँ वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, समय र स्थानमा देहायका प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएकोले कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा (२) तथा कम्पनी नियमावलीको नियम १८ को उपनियम (३) अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, समय र स्थान:
सभा हुने मिति : २०८३ साल भाद्र २७ गते शनिबार (तदनुसार सेप्टेम्बर १२, २०२६) ।
सभा शुरु हुने समय : बिहान १०:०० बजे ।
सभा हुने स्थान : द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँ ।
छलफलका विषयहरु:
क) साधारण प्रस्तावहरु :
- सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
- लेखापरीक्षण प्रतिवेदन सहित आ.व. २०८२/८३ को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने ।
- कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८३/८४ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
- सञ्चालक समिति बैठकमा उपस्थित सदस्यहरुको बैठक भत्ता परिमार्जन गर्ने ।
- सञ्चालक समिति बैठकको सिफारिश बमोजिम आ.व. २०८२/८३ को मुनाफाबाट चुक्ता पूँजीको कर सहित १६.३१५८% (सोह्र दशमलव तीन एक पाँच आठ प्रतिशत) नगद लाभांश वितरण गर्ने ।
- सञ्चालक समितिको मिति २०८२/११/१० को बैठकको निर्णय बमोजिम एनएमबी बैंक लिमिटेडबाट Loan Against IPO स्वीकार गर्ने सम्बन्धी निर्णय अनुमोदन गर्ने ।
- कम्पनीले अन्य कम्पनी जलविद्युत आयोजना/कम्पनीमा शेयर लगानी गर्नको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने
- सञ्चालक समितिको मिति २०८३/०२/२५ को बैठकको निर्णय बमोजिम ओभर ड्राफ्ट खाता नवीकरण गर्ने सम्बन्धी गरेको निर्णय अनुमोदन गर्ने ।
ख) विविध ।
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव
साधारण सभा सम्बन्धी अन्य जानकारीहरु :
- प्रतिनिधि (प्रोक्सी) मार्फत साधारण सभामा भाग लिन चाहने शेयरधनीहरुले कम्तीमा ४८ घण्टा अगावै कम्पनीको केन्द्रिय कार्यालयमा कम्पनीले तोकेको प्रोक्सी फाराम भरेर पेश गरिसक्नु पर्नेछ । एक भन्दा बढी प्रोक्सीको नाम उल्लेख गरेमा प्रोक्सी फाराम रद्द गरिनेछ ।
- मिति २०८३/०५/१९ गते देखि साधारण सभा नभईञ्जेलसम्म शेयर दाखिल खारेज बन्द गरिनेछ ।
- छलफलका विषयसूची मध्ये विविध शिर्षक अर्न्तगत छलफल गर्न इच्छुक शेयरधनीले सभा हुनु भन्दा ७ (सात) दिन अगावै सो सम्बन्धी प्रस्ताव कारण सहित उल्लेख गरी कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रुपमा दिनु पर्नेछ ।
- सभामा भाग लिन आउनु हुने महानुभावहरुले प्रवेश पत्र वा आफ्नो शेयर प्रमाणपत्र प्रस्तुत गरेपछि मात्र सभा कक्षमा प्रवेश गर्न पाउनु हुनेछ । कुनै महानुभावले कुनै कारणवश प्रवेश पत्र वा शेयर प्रमाणपत्र प्राप्त गर्न नसक्नु भएमा कम्पनीको केन्द्रिय कार्यालयमा सम्पर्क राखि साधारण सभा हुने मिति अगावै प्रवेश पत्र प्राप्त गर्नुहुन अनुरोध गरिन्छ ।
- अन्य जानकारीको लागि कम्पनीको केन्द्रिय कार्यालय, ज्ञानेश्वर, काठमाडौँमा फोन नं. ०१-४४४२७८२ मा सम्पर्क राख्नुहुन अनुरोध छ ।
Notice Regarding the 5th Annual General Meeting
(First publication date: 2083/05/06)
Respected Shareholders,
As per the decision of the Board of Directors meeting held on 2083/05/03, the 5th Annual General Meeting of this Kabeli Hydropower Company Limited is scheduled to be held at the date, time, and venue mentioned below to discuss and decide upon the following agendas. Therefore, this notice is published for the information and attendance of all respected shareholders pursuant to Section 67 Sub-section (2) of the Companies Act, 2063, and Rule 18 Sub-rule (3) of the Company Rules.
Date, Time, and Venue of the Meeting:
Date of Meeting: Saturday, 2083 Bhadra 27 (corresponding to September 12, 2026).
Meeting Commencement Time: 10:00 AM.
Meeting Venue: The Everest Hotel, New Baneshwor, Kathmandu.
Agendas for Discussion:
A) Ordinary Agendas:
1. To discuss and approve the Annual Report for the fiscal year 2082/83 presented by the Chairperson on behalf of the Board of Directors.
2. To discuss and approve the financial statements including the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement along with the Auditor's Report for the fiscal year 2082/83.
3. To appoint an external auditor for the fiscal year 2083/84 pursuant to Section 111 of the Companies Act, 2063, and fix their remuneration.
4. To revise the meeting allowance of the members attending the Board of Directors meetings.
5. To distribute a cash dividend of 16.3158% (sixteen point three one five eight percent) including tax on paid-up capital from the profits of fiscal year 2082/83 as recommended by the Board of Directors meeting.
6. To endorse the decision regarding accepting a Loan Against IPO from NMB Bank Limited as per the Board of Directors meeting decision dated 2082/11/10.
7. To grant full authority to the Board of Directors for the company to make share investments in other hydropower projects/companies.
8. To endorse the decision made regarding the renewal of the Overdraft account as per the Board of Directors meeting decision dated 2083/02/25.
B) Miscellaneous.
By Order of the Board of Directors,
Company Secretary
Other Information Regarding the Annual General Meeting:
1. Shareholders wishing to participate in the Annual General Meeting through a proxy must fill out and submit the company-prescribed proxy form to the company's central office at least 48 hours before the meeting. If more than one proxy name is mentioned, the proxy form will be canceled.
2. The share transfer register (book closure) will remain closed from 2083/05/19 until the conclusion of the Annual General Meeting.
3. Shareholders desiring to discuss under the "Miscellaneous" agenda must submit their proposal with reasons in writing to the Chairperson of the Board of Directors through the Company Secretary at least 7 (seven) days prior to the date of the meeting.
4. Attendees wishing to participate in the meeting will be allowed entry into the meeting hall only upon presenting their entry pass or share certificate. Any shareholder who has not received an entry pass or share certificate for any reason is requested to contact the company's central office and obtain an entry pass prior to the meeting date.
5. For further information, please contact the company's central office at Gyaneshwor, Kathmandu, Phone No. 01-4442782.