Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementDividend, Bonus & Rights
29 Oct, 2026
नबिल बैंकको नगद लाभांश वितरण सम्बन्धी सूचना

नबिल बैंकको नगद लाभांश वितरण सम्बन्धी सूचनाNabil Bank Cash Dividend Distribution Notice

वर्ग:Category:
Dividend, Bonus & Rights
प्रकाशित मिति:Published:
Published on October 29, 2026

नगद लाभांश वितरण गरिएको सम्बन्धी सूचना

नबिल बैंक लिमिटेडको मिति २०८३ आश्विन २२ गते, बिहीबार सम्पन्न ४२औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १०.८० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर समेत कुल १५.८० प्रतिशत लाभांश (नगद लाभांश तथा बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेसँगै मिति २०८३/०६/२२ गतेका दिनदेखि नै शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने कार्य भइरहेको व्यहोरा सम्पूर्ण शेयरधनी महानुभावहरूमा जानकारी गराउँदछौं। यद्यपि कतिपय शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने क्रममा शेयरहरू अभौतिकीकरण नभएको, डिम्याट खातामा रहेको बैंक खाता सम्बन्धी लगायतका विवरण मेल नखाएको, शेयर धितोमा रहेको वा अन्य विविध कारणहरूले शेयरधनीहरूलाई नगद लाभांश वितरण हुन नसकेको/भुक्तानी गर्न नसकिएको व्यहोरा जानकारी गराउँदै शेयरधनी महानुभावहरूले यस सम्बन्धमा आवश्यक कार्य सम्पन्न गरी बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौँमा सम्पर्क गर्नुहुन अनुरोध छ। साथै, नगद लाभांश भुक्तानी प्राप्त गर्ने सम्बन्धमा सहज रुपमा थप जानकारी तथा सहयोग प्राप्त गर्नको लागि बैंकको शेयर रजिष्ट्रारको कार्यालयमा देहायमा उल्लेखित कर्मचारीलाई सिधै सम्पर्क राख्नुहुन अनुरोध छ।

कर्मचारीको नाम : नेहा प्रजापति

सम्पर्क नं. : ४५११६०४ । ४५११७३३ (एक्सटेन्सन नं. १४३)

मोबाइल नं. : ९८०२३२२८८५

साथै, बैंक (साविक युनाइटेड फाइनान्स लिमिटेड र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेड समेत) ले यस अघि वितरण गरेको नगद लाभांशहरू समेत केही शेयरधनी वा निजको हकवालाहरूले दाबी गरी लिन नआउनुभएको हुँदा बैंकको शेयर रजिष्ट्रारको कार्यालयमा सम्पर्क गरी नगद लाभांश बुझिलिनुहुन अनुरोध गर्दछौं।

Additionally, since some shareholders or their legal heirs have not yet claimed and received the cash dividends previously distributed by the bank (including the former United Finance Limited and former Nepal Bangladesh Bank Limited), they are requested to contact the Share Registrar's office and collect their cash dividend.

Advertisement