Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
24 Sep, 2026
नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा बस्ने सूचना

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा बस्ने सूचनाNepal Clearing House: 15th Annual General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on September 24, 2026

पन्ध्रौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

(पहिलो पटक कम्पनीको वेबसाइटमा प्रकाशित मिति: २०८३/०६/०७)

श्री शेयरधनी महानुभावहरू,

यस कम्पनीको सञ्चालक समितिको मिति २०८३/०६/०७ मा बसेको २९०औं बैठकको निर्णय बमोजिम यस कम्पनीको पन्ध्रौं वार्षिक साधारण सभा देहाय बमोजिमका मिति, स्थान र समयमा निम्न विषयहरूमा छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ (२) अनुसार सबै शेयरधनी महानुभावहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, स्थान र समय :-

मिति : २०८३ साल असोज महिना २८, बुधबार (तदनुसार 14th October 2026, Wednesday)

स्थान : होटल याक एण्ड यति, दरबार मार्ग, काठमाडौं ।

समय : बिहान १०:३० बजे

छलफल गर्ने विषयहरू :-

क. साधारण प्रस्ताव :-

  1. सञ्चालक समितिको आ.व. २०८२/८३ को प्रतिवेदन पारित गर्ने ।
  2. लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ आषाढ मसान्त सम्मको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८२/८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने ।
  3. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ०.७८९४७४ प्रतिशत नगद लाभांश (रु. १,१५,१४,५६९।-) बोनस शेयर बापतको कर प्रयोजनका लागि स्वीकृत गर्ने ।
  4. आ.व. २०८३/८४ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

ख. विशेष प्रस्ताव :-

  1. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १५ प्रतिशत बोनस शेयर (दशमलवलाई राउण्ड गर्दा हुन आउने २१,८७,७६७ कित्ता) स्वीकृत गर्ने ।
  2. कम्पनीको मुख्य उद्देश्य थप गर्न र बोनस शेयर बराबर चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्रको संशोधन स्वीकृत गर्ने ।
  3. प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक फेरबदल गर्न कम्पनीको सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने अख्तियारी दिने ।
  4. बैंकिङ्ग/वित्तीय तथा भुक्तानी लगायतका प्रविधिहरूमा अनुसन्धान, प्रणाली र सफ्टवेयर विकास, जडान एवं सो सम्बन्धी आवश्यक कार्य गर्ने उद्देश्यसहित कम्पनीको सहायक/सम्बद्ध कम्पनीको रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी स्थापना गर्न आवश्यक स्वीकृति तथा प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

ग. विविध ।

सञ्चालक समितिको आज्ञाले

कम्पनी सचिव

साधारण सभा सम्बन्धी अन्य जानकारी

Notice of the 15th Annual General Meeting

(First published on the company's website on: 2083/06/07)

Dear Shareholders,

As per the decision of the 290th meeting of the Board of Directors of this company held on 2083/06/07, the 15th Annual General Meeting of this company will be held on the following date, venue, and time to discuss and decide on the following matters. Therefore, in accordance with Section 67 (2) of the Companies Act, 2063, this notice is published for the information of all shareholders.

Date, Venue, and Time of the Meeting:-

Date: 2083 Ashwin 28, Wednesday (corresponding to 14th October 2026, Wednesday)

Venue: Hotel Yak & Yeti, Durbar Marg, Kathmandu.

Time: 10:30 AM

Agenda for Discussion:-

A. Ordinary Resolutions:-

1. To approve the Board of Directors' report for the F.Y. 2082/83.

2. To approve the Balance Sheet as of Ashadh end 2083, along with the Auditor's Report, and the Profit and Loss Account and Cash Flow Statement for the F.Y. 2082/83 ended on the same date.

3. To approve a cash dividend of 0.789474 percent (Rs. 1,15,14,569।-) as proposed by the Board of Directors for tax purposes on bonus shares.

4. To appoint the external auditor for the F.Y. 2083/84 and determine their remuneration.

B. Special Resolutions:-

1. To approve a 15 percent bonus share (21,87,767 kitta after rounding off decimals) as proposed by the Board of Directors.

2. To approve amendments to the Memorandum of Association to add the main objectives of the company and to increase the paid-up capital equivalent to the bonus shares.

3. To authorize the Board of Directors or any official designated by the Board of Directors to make necessary modifications to the proposed amendments if any changes or suggestions are received from regulatory bodies.

4. To authorize the Board of Directors to establish a separate public limited company as a subsidiary/associate company with the objective of conducting research, system and software development, installation, and other necessary works in banking/financial and payment technologies, and to proceed with the necessary approvals and processes.

C. Miscellaneous.

By Order of the Board of Directors

Company Secretary

Other Information Regarding the Annual General Meeting

Advertisement