
एनआईएमबि एस क्यापिटल लिमिटेडको चौधौँ वार्षिक साधारण सभा बोलाउने सूचनाNIMB Ace Capital Limited Calls 14th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on October 14, 2026
एनआईएमबि एस क्यापिटल लिमिटेडको
चौधौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३ आश्विन २८ गते बुधबार)
आदरणीय शेयरधनी महानुभावहरु,
यस कम्पनीको मिति २०८३/०६/२७ गतेका दिन बसेको संचालक समितिको १५७औँ बैठकले निर्णय गरे अनुसार यस कम्पनीको चौधौँ वार्षिक साधारण सभा निम्न लिखित मिति, समय तथा स्थानमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, समय र स्थान :
मिति : २०८३/०७/२० गते (तदनुसार नोभेम्बर ६, २०२६), शुक्रबार ।
समय : बिहान ११:३० बजे ।
स्थान : एनआईएमबि एस क्यापिटल लि. को सभाहल, लाजिम्पाट, काठमाडौँ ।
छलफलका विषय
क) सामान्य प्रस्तावहरू :
१) आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२) लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३२, २०८३ मा समाप्त भएको आर्थिक वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०८२/०८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने ।
३) सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम शेयर चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रकम रु. २०,००,००,०००/- नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
४) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षण गर्न संचालक समितिको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने ।
ख) विशेष प्रस्तावहरू :
१) आर्थिक वर्ष २०८२/०८३ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको अनुदान रकम पारित गर्ने ।
ग) विविध ।
संचालक समितिको आज्ञाले
कम्पनी सचिव
NIMB Ace Capital Limited
Notice Regarding 14th Annual General Meeting
(First publication date: 2083 Ashwin 28, Wednesday)
Respected Shareholders,
As per the decision of the 157th meeting of the Board of Directors of this company held on 2083/06/27, the 14th Annual General Meeting of this company will be held on the following date, time, and location to discuss and decide upon the following matters. Hence, this notice is published for the information of all shareholders.
Meeting Date, Time, and Venue:
Date: 2083/07/20 (Corresponding to November 6, 2026), Friday.
Time: 11:30 AM.
Venue: NIMB Ace Capital Ltd.'s Hall, Lazimpat, Kathmandu.
Agenda for Discussion
a) Ordinary Resolutions:
1) To discuss and approve the Board of Directors' report for the fiscal year 2082/083.
2) To discuss and approve the Balance Sheet for the fiscal year ended Ashadh 32, 2083, along with the Auditor's Report, and the Profit and Loss Account and Cash Flow Statement for the fiscal year 2082/083 ended on the same date.
3) To approve the proposal recommended by the Board of Directors to distribute a cash dividend of 20 percent of the paid-up share capital, amounting to Rs. 20,00,00,000/-, including dividend tax.
4) To appoint an auditor for the audit of the fiscal year 2083/084 as per Section 111 of the Companies Act, 2063, based on the recommendation of the Board of Directors, and to fix their remuneration and terms of appointment.
b) Special Resolutions:
1) To approve the donation amount spent under the company's Corporate Social Responsibility (CSR) in the fiscal year 2082/083.
c) Miscellaneous.
By Order of the Board of Directors
Company Secretary