Go Premium — real-time NEPSE signals & analyticsAdvertisement
आधिकारिक सूचनाOfficial AnnouncementDividend, Bonus & Rights
4 Aug, 2026
एनएमबि बैंकको बक्यौता लाभांश सङ्कलन सम्बन्धी सूचना

एनएमबि बैंकको बक्यौता लाभांश सङ्कलन सम्बन्धी सूचनाNMB Bank Notice to Claim Uncollected Dividend

वर्ग:Category:
Dividend, Bonus & Rights
प्रकाशित मिति:Published:
Published on August 4, 2026

शेयरधनी महानुभावहरुका लागि लाभांश लिन आउने बारेको सूचना

कम्पनी ऐन, २०६३ को दफा १८२ उपदफा (९) र (१०) मा भएको व्यवस्था र लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि २०७३ को दफा ७ बमोजिम लाभांश वितरण गर्ने निर्णय भएको मितिले ५ बर्षसम्म लगानीकर्ताले बुझी नलिएको लाभांश रकम वा लगानीकर्ताको दावी प्रस्तुत हुन नआएको रकम ऐ. ऐनको दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नु पर्ने व्यवस्था भए बमोजिम यस बैंकका आ.व. २०७५/०७६ र आ.व. २०७६/०७७ (साविक कञ्चन डेभलपमेन्ट बैंक समेतको) तथा सो भन्दा अधिकका आर्थिक वर्षहरूको लाभांश रकम बुझिलिन बाँकी भएका सम्बन्धित शेयरधनीले वा निजको हकवालाले यस बैंकको शेयर रजिष्ट्रारको कार्यालय श्री एनएमबि क्यापिटल लि. बालुवाटार, काठमाडौँमा सम्पर्क गरी बुझिलिन प्रचलित कम्पनी ऐन तथा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागद्वारा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन-२०८० को निर्देशन नं. १६ को बुंदा नं. ३ (५) बमोजिम यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले एक महिना भित्र शेयरधनीहरूले बुझिलिन बाँकी उल्लेखित आ.व.को लाभांशको रकम बुझी लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा पठाईने व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछौं ।

साथै,

यस बैंकका आ.व. २०७५/०७६ र आ.व. २०७६/०७७ (साविक कञ्चन डेभलपमेन्ट बैंक समेतको) आर्थिक वर्षहरूको लाभांश रकम लिन बाँकी रहनु भएका शेयरधनीहरूको नाम नामेसीको विवरण यस बैंकको Website: www.nmb.com.np मा Notice मेनुमा गई हेर्न सकिने व्यहोरा समेत सहर्ष जानकारी गराउँदछौं ।

Notice to Shareholders Regarding Collection of Dividend

As per the provisions in Section 182 Subsection (9) and (10) of the Companies Act, 2063 and Section 7 of the Investor Protection Fund Management and Operation Procedure, 2073, dividend amount not claimed or received by investors within 5 years from the date of decision to distribute dividend is required to be deposited into the Investor Protection Fund established pursuant to Section 183 of the same Act. Accordingly, this notice has been published pursuant to Point No. 3 (5) of Directive No. 16 of the Unified Directive-2080 issued by Nepal Rastra Bank, Bank and Financial Institution Regulation Department to licensed banks and financial institutions, as well as the prevailing Companies Act, requesting concerned shareholders or their legal heirs who have unpaid dividend amounts remaining to be collected for FY 2075/076 and FY 2076/07 (including former Kanchan Development Bank) and financial years prior to that, to contact the office of this bank's Share Registrar, NMB Capital Ltd., Baluwatar, Kathmandu to receive the amount. Please be informed that if shareholders do not collect the unpaid dividend amount for the specified financial years within one month from the date of publication of this notice, the amount will be sent to the Investor Protection Fund.

Also,

We are pleased to inform that the details of shareholders who have uncollected dividend amounts remaining for the financial years FY 2075/076 and FY 2076/077 (including former Kanchan Development Bank) can be viewed by visiting the Notice menu on this bank's Website: www.nmb.com.np.

Advertisement