Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
16 Sep, 2026
प्रभु स्टक मार्केट लिमिटेडको तेस्रो वार्षिक साधारणसभा बस्ने सम्बन्धी सूचना

प्रभु स्टक मार्केट लिमिटेडको तेस्रो वार्षिक साधारणसभा बस्ने सम्बन्धी सूचनाPrabhu Stock Market Limited: Notice of 3rd Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on September 16, 2026

प्रभु स्टक मार्केट लिमिटेड

बुद्धनगर, का.म.न.पा.-१०, काठमाडौं

तेस्रो वार्षिक साधारणसभा बस्ने सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/३१ गते बुधबार)

आदरणीय शेयरधनी महानुभावहरू,

मिति २०८३ साल भाद्र २९ गते बसेको सञ्चालक समितिको ७१औं बैठकको निर्णयबमोजिम यस प्रभु स्टक मार्केट लिमिटेडको तेस्रो वार्षिक साधारणसभा देहायको मिति, स्थान र समयमा निम्नलिखित विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएकोले उक्त साधारण सभामा शेयरधनी महानुभावहरूको उपस्थितिको लागि अनुरोध छ।

सभा हुने मिति, स्थान र समय:

सभा हुने मिति : २०८३ साल आश्विन २३ गते शुक्रबार (तदनुसार २०२६ अक्टोबर ९ तारीख)

स्थान : कम्पनीको कार्यालय, बुद्धनगर, नयाँबानेश्वर, का.म.न.पा.-१०, काठमाडौं।

समय : अपरान्ह ४:०० बजे।

छलफलका प्रस्तावहरू:

(क) साधारण प्रस्तावहरू

  1. आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने।
  2. आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका लेखापरीक्षण प्रतिवेदनमा छलफल गरी पारित गर्ने।
  3. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।
  4. कम्पनीको सञ्चालक समितिले समितिको रिक्त स्थानमा गरेको सञ्चालकहरूको नियुक्तिलाई अनुमोदन गर्ने।
  5. कम्पनीको आ.व. २०८२/८३ को मुनाफा तथा रिजर्ब कोषबाट कम्पनीको चुक्तापूँजीको ५ प्रतिशतले हुने रकम रु. १ करोड कम्पनीको शेयरधनीलाई नगद लाभांश वितरण गर्ने।
  6. विविध।

(ख) विशेष प्रस्तावहरू

  1. कम्पनीको सञ्चालक समितिको संख्या परिवर्तन गर्न नियमावलीको नियम २७ (१) (क) मा संशोधन गर्ने।
  2. सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी व्यवस्थामा संशोधन गर्न कम्पनीको नियमावलीको नियम ३२ (२) संशोधन गर्ने।
  3. कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने।

Prabhu Stock Market Limited

Buddhanagar, K.M.C.-10, Kathmandu

Notice regarding the 3rd Annual General Meeting

(First Date of Publication: 2083/05/31, Wednesday)

Dear Shareholders,

As per the decision of the 71st meeting of the Board of Directors held on 2083 Bhadra 29, the 3rd Annual General Meeting of this Prabhu Stock Market Limited is scheduled to be held at the following date, venue, and time to discuss and decide on the following matters. Therefore, the presence of all shareholders at the said general meeting is highly requested.

Date, Venue, and Time of the Meeting:

Meeting Date: 2083 Ashwin 23, Friday (corresponding to October 9, 2026)

Venue: Company's Office, Buddhanagar, New Baneshwor, K.M.C.-10, Kathmandu.

Time: 4:00 PM.

Agendas for Discussion:

(A) Ordinary Resolutions

1. To discuss and approve the Annual Report of the Board of Directors for the Fiscal Year 2082/83.

2. To discuss and approve the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement along with the Auditor's Report for the same period of the Fiscal Year 2082/83.

3. To appoint the Auditor for the Fiscal Year 2083/84 pursuant to Section 111 of the Companies Act, 2063 and determine their remuneration.

4. To approve the appointment of directors made by the Board of Directors to fill the vacant positions in the Board.

5. To distribute a cash dividend of 5 percent of the company's paid-up capital, amounting to Rs. 1 crore, to the shareholders from the profit and reserve fund of the company for the F.Y. 2082/83.

6. Miscellaneous.

(B) Special Resolutions

1. To amend Rule 27 (1) (a) of the Articles of Association to change the number of members in the Board of Directors of the company.

2. To amend Rule 32 (2) of the Articles of Association of the company to revise the provisions regarding directors' remuneration, allowances, and facilities.

3. To delegate full authority to the Board of Directors to make necessary amendments to the Memorandum of Association and Articles of Association of the company.

Advertisement