
प्रिमियर स्टिल लिमिटेडको चौथो वार्षिक साधारण सभा बस्ने सूचनाPremier Steel Limited: Notice of 4th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 23, 2026
प्रिमियर स्टिल लिमिटेड
वार्षिक साधारण सभाको सूचना
प्रथम पटक प्रकाशित मिति : २०८३/०६/०७ गते
श्री शेयरधनी महानुभाव ज्यूहरु,
मिति २०८३।०६।०६ मा बसेको यस कम्पनिको संचालक समितिको बैठकको निर्णयानुसार यस कम्पनिको चौथो वार्षिक साधारण सभा निम्नलिखित मिति, स्थान र समयमा देहायका विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी एवं उपस्थितिका लागि यो सूचना प्रेषित गरिएको छ ।
सभा हुने मिति, स्थान र समय:
मिति : २०८३ साल अशोज २८ गते बुधबार (october 14, 2026)
स्थान : कम्पनीकै रजिस्ट्रर्ड कार्यालय, विराटनगर महानगरपालिका वडा नं ६
समय: दिउसो ३:०० बजे ।
छलफलका विषयहरु
(क) साधारण प्रस्तावहरु:
- संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्ने आ.व. ०८२।८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि उक्त प्रतिवेदन पारित गर्ने ।
- लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व. ०८२।८३ को वासलात, नाफा नोक्सान, हिसाब र नगद प्रवाह विवरण माथि छलफल गरि पारित गर्ने ।
- आगामि आ.व. ०८३।०८४ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।
- संचालक समितिले आ.व. ०८२।८३ मा गरेका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धमा ।
- सभाको माइन्युट प्रमाणीत गर्न प्रतिनिधी चयन गर्ने ।
- विविध ।
(क) विशेष प्रस्ताव:
- प्रारम्भिक सार्वजनिक निष्काषण सम्बन्धमा गर्नु पर्ने कार्यहरु तथा साधारण सभाबाट भएको निर्णयको कार्यान्वयनका लागि आवश्यक कुनै थप निर्णय वा कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
- कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्काषण गरे पश्चात संसोधित प्रबन्ध पत्र तथा नियमावली उल्लेख भए बमोजिम हुने गरि संचालक समिति संरचना परिवर्तन गर्ने ।
- संचालक समितिको पारिश्रमिक तथा भत्ता निर्धारण गर्ने र सोहि बमोजिम नियमावलीमा आवश्यक संसोधन गर्ने ।
- नयाँ सञ्चालक समिति गठन तथा स्वतन्त्र सञ्चालकको छनोटसम्बन्धमा ।
वार्षिक साधारण सभा सम्बन्धी अन्य जानकारी
(क) वार्षिक साधारण सभाको सूचना तथा संक्षिप्त प्रतिवेदन प्रत्येक शेयरधनीलाई राष्ट्रिय दैनिक पत्रिकामार्फत् पठाईने छ । वार्षिक साधारण सभा सम्बन्धी कुनै जानकारी आवश्यक भएमा कम्पनीको कार्यालय, थापाथली ११, काठमाडौं अथवा कम्पनीको सम्पर्क कार्यालय, थापाथली ११, काठमाडौंमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
(ख) साधारण सभामा उपस्थित हुँदा प्रवेशपत्र वा शेयर प्रमाणपत्र लिई उपस्थित हुन अनुरोध गरिन्छ ।
(ग) शेयरधनी पुस्तिका बिहान २:३० बजे देखि खुल्ला गरिनेछ ।
(घ) प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीले प्रतिनिधि पत्र (प्रोक्सी) सभा शुरु हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै कम्पनीको सम्पर्क कार्यालय, सम्पर्क कार्यालय, थापाथली ११, काठमाडौंमा दर्ता गराई सक्नु पर्नेछ ।
संचालक समितिका आज्ञाले,
कम्पनि सचिव
Premier Steel Limited
Notice of Annual General Meeting
First Date of Publication: 2083/06/07
Dear Shareholders,
As per the decision of the Board of Directors meeting of this company held on 2083।06।06, the 4th Annual General Meeting of this company will be held on the following date, time, and venue to discuss and decide on the matters listed below. This notice is hereby issued for the information and presence of all shareholders.
Date, Venue and Time of the Meeting:
Date: 2083 Ashwin 28, Wednesday (October 14, 2026)
Venue: Registered Office of the Company, Biratnagar Metropolitan City Ward No. 6
Time: 3:00 PM
Agenda for Discussion
(A) Ordinary Resolutions:
1. To discuss and approve the Annual Report of the Fiscal Year 082।83 presented by the Chairman on behalf of the Board of Directors.
2. To discuss and approve the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement of the Fiscal Year 082।83 along with the Auditor's Report.
3. To appoint the Auditor for the upcoming Fiscal Year 083।084 and determine their remuneration.
4. Regarding the approval of decisions made by the Board of Directors in the Fiscal Year 082।83.
5. To select representatives to certify the minutes of the meeting.
6. Miscellaneous.
(B) Special Resolutions:
1. To delegate authority to the Board of Directors to make any additional decisions or perform necessary actions for the implementation of decisions made by the General Meeting and tasks related to the Initial Public Offering (IPO).
2. To change the structure of the Board of Directors in accordance with the amended Memorandum of Association and Articles of Association after the company issues shares to the general public.
3. To determine the remuneration and allowances of the Board of Directors and make necessary amendments to the Articles of Association accordingly.
4. Regarding the formation of a new Board of Directors and selection of independent directors.
Other Information Regarding the Annual General Meeting
(A) The notice of the Annual General Meeting and the summary report will be sent to each shareholder through a national daily newspaper. If any information regarding the Annual General Meeting is required, please contact the company's office at Thapathali 11, Kathmandu, or the company's contact office at Thapathali 11, Kathmandu.
(B) Shareholders are requested to bring their entry pass or share certificate when attending the Annual General Meeting.
(C) The shareholders' book will be open from 2:30 AM.
(D) Shareholders wishing to appoint a proxy must register the proxy form at the company's contact office, Thapathali 11, Kathmandu, at least 48 hours before the commencement of the meeting.
By Order of the Board of Directors,
Company Secretary