
रिज लाइन इनर्जी लिमिटेडको दोस्रो विशेष साधारण सभाको काम कारवाहीको विवरणRidge Line Energy Ltd.: Proceedings of the 2nd Extraordinary General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 22, 2026
दोस्रो विशेष साधारण सभाको काम कारवाहीको विवरण
(कम्पनी ऐन, २०६३ को दफा ७५(३) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम प्रकाशित)
१. वैधानिक सभा: रिज लाइन इनर्जी लिमिटेडको मिति २०८३ साल भाद्र महिना १० गते तदनुसार सन् २०२६ अगस्ट २६ बुधबार बसेको सञ्चालक समितिको ११९ औं बैठकको निर्णयानुसार कम्पनी ऐन, २०६३ तथा कम्पनीको प्रबन्धपत्र र नियमावली बमोजिम यस कम्पनीको दोस्रो विशेष साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. बसन्त गिरीज्यूको अध्यक्षतामा निम्न लिखित मिति, समय र स्थानमा बसी निर्धारित विषयमा छलफल तथा निर्णय देहाय बमोजिम काम कारवाही सुसम्पन्न भयो ।
२. सभाको मिति, समय र स्थान:
मिति: २०८३ साल आश्विन २ गते (तदनुसार सन् २०२६ सेप्टेम्बर १८) शुक्रवार ।
समय: बिहान ११:०० बजे ।
स्थान: काठमाडौं जिल्ला, चन्द्रागिरी नगरपालिका वडा नं. ७ स्थित ग्रीन ल्यान्ड ब्याङ्क्वेट एन्ड रेष्टुरेन्ट प्रा.लि. ।
३. सभाको सूचना: यस कम्पनीको मिति २०८३ साल भाद्र महिना १० गते तदनुसार सन् २०२६ अगस्ट २६ बुधबार बसेको सञ्चालक समितिको ११९ औं बैठकको निर्णयानुसार कम्पनीको दोस्रो विशेष साधारण सभाको सूचना (स्थान, मिति, समय र छलफल हुने विषय समेत) कम्पनी ऐन, २०६३ को दफा ६७(२) को प्रावधान अनुसार मिति २०८३/०५/११ र मिति २०८३/०५/१२ गते नेपाल समाचारपत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्नुका साथै कम्पनीको वेवसाईटमा राखी शेयरधनी महानुभावहरुमा सार्वजनिक रुपमा सूचित गरिएको थियो ।
४. छलफल तथा निर्णयका लागि निर्धारित विषयसूची:
क) विशेष प्रस्ताव:
(१) कम्पनीको नियमावलीमा संशोधन गर्ने बारे ।
ख) विविध ।
५. सभामा उपस्थिति:
(१) कूल शेयर संख्यामा: १,१८,५०,००० थान ।
(२) जम्मा शेयरधनी: ८०,९६० जना ।
(३) सभा सञ्चालन गर्न आवश्यक न्यूनतम गणपूरक संख्या (शेयरमा): ५९,२५,००१ थान ।
(४) कूल शेयरको प्रतिनिधित्व (प्रतिशतमा): ५३.७७ प्रतिशत ।
(५) कूल शेयरको प्रतिनिधित्व (संख्यामा): ६३,७१,५९९ थान ।
(६) सभामा उपस्थित शेयरधनीको संख्या: १३८ जना ।
६. सभाको वैधानिकता र सभा संचालन:
कम्पनीको दोस्रो विशेष साधारण सभा कम्पनी ऐन, २०६३ को दफा ६७(२) को प्रावधान अनुसार बोलाइएको र सभाको गणपूरक संख्याको हकमा कम्पनी ऐन, २०६३ को दफा ७३(२) को प्रावधान अनुसार साधारण सभाको गणपूरक संख्या बाँडफाँड भएको कूल शेयर संख्याको कम्तीमा ५० (पचास) प्रतिशत भन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी कुल शेयर धनीहरु मध्ये कम्तीमा ३ (तीन) जना शेयरधनीको उपस्थिति हुनुपर्ने प्रावधान बमोजिम कम्पनीको दोस्रो विशेष साधारण सभामा राखिएको शेयरधनीहरुको हाजिरी पुस्तिकामा हाजिरी जनाउने शेयरधनीको संख्या ३ (तीन) जना भन्दा बढी रहेको र शेयर संख्या बाँडफाँड भएको शेयरको ५० (पचास) प्रतिशत भन्दा बढी भएको हुँदा कम्पनी सचिवले साधारण सभाको गणपूरक संख्या पुगेको र प्रचलित कम्पनी कानून अनुसार सभा वैधानिक भएको जानकारी गराउनु भयो। तद् पश्चात् कम्पनीको नियमावलीको व्यवस्था अनुसार सञ्चालक समितिको अध्यक्षले सभाको अध्यक्षता ग्रहण गर्दै कानूनतः आवश्यक प्रक्रिया पूरा भएकोले निर्धारित छलफलका विषयहरु उपर छलफल तथा निर्णय गर्न सभा सञ्चालन गर्न अनुरोध गर्नुभयो । तद् पश्चात् कम्पनी सचिवले सभा सञ्चालन गर्नु पूर्व उपस्थित सबै शेयरधनी महानुभावहरुलाई स्वागत एवं अभिवादन गर्नुभयो र सभाको कार्य अगाडि बढाउनु भयो। साथै सञ्चालक समितिका सदस्यहरु, कम्पनीका पदाधिकारी, आमन्त्रित व्यक्तित्वहरु र उपस्थित सबै शेयरधनीहरुलाई आसन ग्रहण गराई सभा सञ्चालित भएको थियो ।
७. सभाको निर्णय:
(क) विशेष प्रस्ताव र निर्णय:
(१) कम्पनीको नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने विषय उपर सभामा छलफल हुँदा सञ्चालक समितिको सिफारिस अनुसार कम्पनीको नियमावलीमा देहाय बमोजिम रहने गरी संशोधनहरु कायम गर्ने निर्णय सभामा उपस्थित शेयरधनीबाट सर्वसम्मतबाट पारित भयो । कम्पनीको नियमावलीको संशोधन उपर नियमनकारी निकाय वा कम्पनी रजिष्ट्रारको कार्यालयबाट कुनै पनि निर्देशन प्राप्त भएमा सोही बमोजिम कम्पनीको नियमावलीमा संशोधन, परिवर्तन, थपघट वा परिमार्जन गर्नु परेमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय सभामा उपस्थित शेयरधनीहरुबाट सर्वसम्मतबाट भयो ।
रिज लाइन इनर्जी लिमिटेडको नियमावलीमा भएको संशोधनहरु
नियमावलीमा संशोधन
साविक व्यवस्था संशोधन भए पश्चात् हुने व्यवस्था
नियम २८. - सञ्चालक हुन लिनु पर्ने न्यूनतम शेयर संख्या: यस कम्पनीको सञ्चालकको पदमा नियुक्त हुनको लागि कुनै पनि शेयरधनीले आफ्नो नाममा १०००० कित्ता शेयर लिएको हुनु पर्नेछ । तर स्वतन्त्र सञ्चालक र संगठित संस्थाको प्रतिनिधित्व गर्ने सञ्चालकको हकमा यो व्यवस्था लागू हुने छैन ।
नियम २८. - सञ्चालक हुन लिनु पर्ने न्यूनतम शेयर संख्या: यस कम्पनीको सञ्चालकको पदमा नियुक्त हुनको लागि कुनै पनि शेयरधनीले आफ्नो नाममा १०० कित्ता शेयर लिएको हुनु पर्नेछ । तर स्वतन्त्र सञ्चालक र संगठित संस्थाको प्रतिनिधित्व गर्ने सञ्चालकको हकमा यो व्यवस्था लागू हुने छैन ।
(ख) विविध: विविध अन्तर्गत छलफलको अन्य कुनै विषयमा नभएकोले यस सम्बन्धित कुनै छलफल तथा निर्णय भएन ।
८. धन्यवाद ज्ञापन तथा सभा विसर्जन:
छलफल तथा निर्णयको क्रम समाप्त भएपछि अध्यक्षज्यूले सभामा उपस्थित सम्पूर्णलाई महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नुभयो ।
Proceedings of the Second Extraordinary General Meeting
(Published in accordance with the restrictive clause of Section 75(3) of the Companies Act, 2063)
1. Statutory Meeting: In accordance with the decision of the 119th meeting of the Board of Directors of Ridge Line Energy Ltd. held on Wednesday, 10th Bhadra 2083 (corresponding to August 26, 2026), and pursuant to the Companies Act, 2063 and the Company's Memorandum and Articles of Association, the Second Extraordinary General Meeting of this Company was successfully conducted under the chairmanship of Dr. Basant Giri, Chairman of the Board of Directors, at the following date, time, and venue to discuss and decide upon the designated agenda items.
2. Date, Time, and Venue of the Meeting:
Date: Friday, 2nd Ashwin 2083 (corresponding to September 18, 2026).
Time: 11:00 AM.
Venue: Green Land Banquet and Restaurant Pvt. Ltd., Ward No. 7, Chandragiri Municipality, Kathmandu District.
3. Notice of the Meeting: In accordance with the decision of the 119th meeting of the Board of Directors held on Wednesday, 10th Bhadra 2083 (corresponding to August 26, 2026), the notice of the Second Extraordinary General Meeting (including venue, date, time, and agenda items) was published in the Nepal Samacharpatra National Daily newspaper on 11/05/2083 and 12/05/2083 as per the provisions of Section 67(2) of the Companies Act, 2063, and was also made publicly available on the Company's website for the information of all shareholders.
4. Agenda for Discussion and Decision:
a) Special Resolution:
(1) Regarding the amendment of the Company's Articles of Association.
b) Miscellaneous.
5. Attendance at the Meeting:
(1) Total number of shares: 1,18,50,000 units.
(2) Total number of shareholders: 80,960 persons.
(3) Minimum quorum required to conduct the meeting (in shares): 59,25,001 units.
(4) Representation of total shares (in percentage): 53.77 percent.
(5) Representation of total shares (in number): 63,71,599 units.
(6) Number of shareholders present in the meeting: 138 persons.
6. Validity and Conduct of the Meeting:
The Second Extraordinary General Meeting of the Company was called in accordance with the provisions of Section 67(2) of the Companies Act, 2063. Regarding the quorum of the meeting, as per the provisions of Section 73(2) of the Companies Act, 2063, the quorum for a general meeting requires the presence of at least 3 (three) shareholders representing more than 50 (fifty) percent of the total allocated shares. Since the number of shareholders signing the attendance register at the Second Extraordinary General Meeting was more than 3 (three) and represented more than 50 (fifty) percent of the allocated shares, the Company Secretary informed that the quorum for the general meeting was met and the meeting was legally constituted under the prevailing company law. Thereafter, in accordance with the provisions of the Company's Articles of Association, the Chairman of the Board of Directors took the chair and, noting that the legally required procedures had been completed, requested the meeting to proceed with the discussion and decision on the designated agenda items. Following this, the Company Secretary welcomed and greeted all the shareholders present before proceeding with the meeting's agenda. Additionally, members of the Board of Directors, company officers, invitees, and all attending shareholders were seated, and the meeting was conducted.
7. Decisions of the Meeting:
(a) Special Resolution and Decision:
(1) During the discussion on the proposal to amend the Company's Articles of Association, the resolution to make amendments to the Company's Articles of Association as recommended by the Board of Directors was unanimously passed by the shareholders present. Furthermore, a resolution was unanimously passed by the attending shareholders to authorize the Board of Directors to make any necessary amendments, alterations, additions, or modifications to the Company's Articles of Association if any directives to that effect are received from regulatory bodies or the Office of the Company Registrar.
Amendments to the Articles of Association of Ridge Line Energy Ltd.
Amendments to the Articles of Association
Existing Provision Provision after Amendment
Rule 28. - Minimum number of shares required to be a Director: To be appointed to the post of Director of this Company, any shareholder must hold 10000 units of shares in their name. However, this provision shall not apply to independent directors and directors representing corporate bodies. Rule 28. - Minimum number of shares required to be a Director: To be appointed to the post of Director of this Company, any shareholder must hold 100 units of shares in their name. However, this provision shall not apply to independent directors and directors representing corporate bodies.
(b) Miscellaneous: Since there were no other matters for discussion under miscellaneous, no discussions or decisions were made regarding this.
8. Vote of Thanks and Adjournment of the Meeting:
After the conclusion of the discussions and decisions, the Chairman expressed his gratitude to all the dignitaries present at the meeting and adjourned the meeting.