Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
18 Sep, 2026
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको २०औं वार्षिक साधारण सभा बस्ने सूचना

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको २०औं वार्षिक साधारण सभा बस्ने सूचनाSuryakunda Hydro Electric Limited: Notice of 20th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on September 18, 2026

२०औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८३/०६/०२ गते)

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको मिति २०८३/०६/०१ मा बसेको संचालक समितिको बैठकको निर्णयानुसार कम्पनीको २०औं वार्षिक साधारण सभा देहायका विषयहरुमा छलफल तथा निर्णय गर्नको लागि मिति २०८३/०६/२३ गते शुक्रबार बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई उपस्थितीका लागि यो सूचना प्रकाशित गरिएको छ।

२०औं वार्षिक साधारण सभा हुने मिति, स्थान र समय:

मिति:- २०८३ साल असोज २३ गते शुक्रबार (Friday, October 09, 2026)

स्थान:- होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौं (Hotel Crystal Pashupati, Gaushala)

समय:- दिउँसो ०२:०० बजे देखि (02:00 P.M. Onwards)

२०औं वार्षिक साधारण सभाका छलफलका विषयहरु:

क) सामान्य प्रस्ताव:

१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा।

२) लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२/०८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा।

३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व २०८३/०८४ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा।

ख) विशेष प्रस्ताव:

१) प्रबन्ध संचालकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने सम्बन्धमा।

२) कम्पनीको नियमावली २३ मा आवश्यक संसोधन गर्ने सम्बन्धमा।

३) कम्पनीको नियमनकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरुमा कम्पनी अद्यावधिक गर्दा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन, आवश्यक थपघट वा परिमार्जन भएमा आवश्यक कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा।

४) कम्पनीको नियमावलीमा व्यवस्था भएबमोजिम संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना संचालकहरुको निर्वाचन गर्ने सम्बन्धमा।

ग) विविध।

२०औं वार्षिक साधारण सभा सम्बन्धी जानकारीहरु:

१) साधारण सभामा उपस्थित हुने शेयरधनीहरुले अनिवार्य रुपमा आफ्नो परिचय स्पष्ट खुल्ने किसिमको फोटो सहितको प्रमाण पत्र तथा यस कम्पनीमा कायम शेयर विवरण वा साथमा शेयर प्रमाण पत्र लिई सभामा भाग लिन हुन अनुरोध छ।

२) शेयरधनीहरुको दरखास्तको लागि शेयरधनी उपस्थिति पुस्तिका दिउँसो १:३० बजेबाट खुल्ला गरिनेछ।

३) २०औं वार्षिक साधारण सभाको प्रयोजनका लागि मिति २०८३ साल असोज १६ गते एक दिनका लागि शेयरको दर्ता किताब बन्द रहनेछ। मिति २०८३ साल असोज १६ गतेको अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई तीन कार्य दिनभित्र शेयर दाखिल खारेजका लागि प्राप्त शेयरहरुबाट कायम शेयरधनीहरु मात्र यस आ.व. २०८२/०८३ को यस सभामा भाग लिन योग्य हुनेछन्।

४) साधारण सभामा भाग लिन आफ्नो प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा वा वार्षिक प्रतिवेदन पुस्तिका अनुसारको प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्नुपर्नेछ। तर प्रतिनिधि नियुक्त गर्नु भएका शेयरधनी आफैं उपस्थित भई हाजिर पुस्तिकामा दस्तखत गरेमा प्रतिनिधिपत्र स्वतःबदर हुनेछ।

५) एक भन्दा बढी व्यक्तिहरुको संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा सर्वसम्मतबाट प्रतिनिधि चयन गरिएको एक जनाले मात्र वा लागत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन सक्नु हुनेछ। कुनै संगठित संस्था वा कम्पनी शेयर खरिद गरेको हकमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले शेयरवालाको हैसियतले सभामा भागलिन सक्नु हुनेछ।

६) कुनै शेयरधनी महानुभावहरुले छलफलका विषयहरु मध्ये विविध शीर्षक अन्तर्गत कम्पनी सम्बन्धी कुनै विषयमा छलफल गर्न/गराउन चाहेमा सभा हुनु भन्दा ७ कार्यदिन अगावै कम्पनी सचिव मार्फत संचालक समितिको अध्यक्षलाई लिखित रुपमा प्रस्ताव दिनुपर्नेछ। तर त्यस्तो प्रस्ताव साधारण सभामा छलफल वा बहसको रुपमा समावेस गर्ने वा नगर्ने अधिकार संचालक समितिको अध्यक्षमा नीहित हुनेछ।

Notice Regarding the 20th Annual General Meeting

(First Published Date: 2083/06/02)

As per the decision of the Board of Directors meeting of Suryakunda Hydro Electric Limited held on 2083/06/01, the 20th Annual General Meeting of the company is scheduled to be held on Friday, 2083/06/23 to discuss and decide on the following matters. Therefore, all shareholder gentlemen are requested to attend the meeting.

Date, Venue and Time of the 20th Annual General Meeting:

Date:- Friday, October 09, 2026 (2083 Asar 23)

Venue:- Hotel Crystal Pashupati, Gaushala, Kathmandu

Time:- From 02:00 P.M. Onwards

Agendas for Discussion at the 20th Annual General Meeting:

A) Ordinary Resolutions:

1) Presentation, discussion, and approval of the Annual Report of the fiscal year 2082/083 by the Chairman on behalf of the Board of Directors.

2) Discussion and approval of the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement along with other financial statements for the fiscal year 2082/083, together with the Auditor's Report.

3) Appointment of the Auditor for the fiscal year 2083/084 and determination of their remuneration as per Section 111 of the Companies Act, 2063.

B) Special Resolutions:

1) Appointment and approval of the remuneration of the Managing Director.

2) Necessary amendment to Article 23 of the Company's Articles of Association.

3) To authorize the Board of Directors to carry out necessary amendments, additions, or modifications to the Company's Memorandum of Association and Articles of Association while updating the company at regulatory bodies such as the Electricity Regulatory Commission, Securities Board of Nepal, Nepal Stock Exchange Limited, Office of the Company Registrar, etc.

4) Election of 3 directors from the promoter shareholders and 1 director from the public shareholders as per the provisions in the Company's Articles of Association.

C) Miscellaneous.

Information Regarding the 20th Annual General Meeting:

1) Shareholders attending the General Meeting are requested to bring a valid photo identity card clearly showing their identity, along with details of shares held in this company or the share certificate.

2) The shareholder attendance register for registration will be open from 1:30 P.M.

3) For the purpose of the 20th Annual General Meeting, the share registration book of the company will remain closed for one day on 2083 Asar 16. Only shareholders registered in the company's book based on transactions completed in Nepal Stock Exchange Limited until the day before 2083 Asar 16 and received for share transfer within three working days will be eligible to participate in this meeting of the fiscal year 2082/083.

4) Shareholders wishing to appoint a proxy to participate in the General Meeting must appoint a proxy in the format prescribed by the prevailing company law or as per the annual report booklet. However, if the shareholder appointing a proxy attends in person and signs the attendance register, the proxy form will be automatically cancelled.

5) In case of shares registered jointly in the name of more than one person, only one person unanimously selected as proxy or the person whose name is listed first in the register can participate in the meeting. In case of shares purchased by a corporate body or company, the representative nominated by such corporate body or company can participate in the meeting as a shareholder.

6) If any shareholder wishes to discuss/bring up any matter related to the company under the miscellaneous agenda, they must submit a written proposal to the Chairman of the Board of Directors through the Company Secretary at least 7 working days before the meeting. However, the authority to include or not include such proposal for discussion or debate in the General Meeting shall be vested in the Chairman of the Board of Directors.

Advertisement